माल्पोत तिर्न नागरिकताको प्रतिलिपी चाहिने !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नागरिकता बिना जाग्गा किन बेच नै हुँदैन अब माल्पोत तिर्न नागरिकता चाहिने ? के ब्यबस्था आउन लागेको हो यो वा कमाउने नयाँ बाटो निकालेको हो कि ?

magorkhe1 · May 18, 2016 9:55 AM · 2,071 views

1 Reply

दिदीले माल्पोत् तिर्नलाई नागरिकता मागेको हुनाले नागरिकता पठाई दिए | मालपोत कार्यालयमा फोटो पनि चाहिन्छ जग्गा धनीको फोटो लिएर आउनुस भनेर पठाउन खोज्दा यो नागरिकतामै छ नि फोटो तेसैले काम चलाउनुस | जग्गा धनि यहा भए मैले आइ रहनु पर्थ्यो ? मिलाई दिन्छु भन्यो रे ? मिलाउन मिल्ने भए किन मिल्दैन भन्नु ? गाउ घर देखि मन्त्रालय सम्म सबै भन्दा पहिलो भनाइ "यो " कारणले मिल्दैन | अर्को दिन मिलाएर ल्याउन सक्ने भए भोलि जाउला भन्नु , मिलाउने तरखर मा लाग्नु श्रम , समय र खर्च बचाउनु हो तेसैले भेटि चढाउनु तिर नलागी अर्को उपाय नै छैन | चेक काट्नेको भनाइ " माडसाब बाल बच्चा छन् अलिकति मिलाउनुस है" घुस माग्नलाई पनि बाल बच्चा लाइ तेर्स्याउन पछि नपर्ने ? मेरो तरुनी श्रीमतीलाई उपहार किन्नु छ भने कसो होला ? लौ फोटो देखा भनेर २-४ ओटा गैडा फ्यालिन्थ्यो होला ?

magorkhe1 · Jul 25, 2016 10:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion