Change to Tourist and Student Visa Processing May 17, 2016 U.S Embassy Kathmandu will begin reduced-document processing for tourist and student visa applicants. Beginning June 1, applicants for tourist and student visas only need to bring a few required documents to their visa interview.In order to protect applicants from potential scams as well as save them money and time, applicants no longer need to bring bank statements, land titles, letters of invitation, or any similar documents. You will be asked to leave these types of documents with security. Starting June 1, tourist visa and student visa applicants will only need to bring the following documents: Passport Any prior passports DS-160 confirmation page Application fee payment receipt Photos- I-20 (for student visa applicants) Transcripts (for student visa applicants) The U.S. Embassy verifies the authenticity of all academic transcripts brought to interviews. In recent months, the U.S. Embassy Kathmandu has received complaints from applicants who paid consultancies to organize or obtain documents for their interview, only to discover that consular officers do not need these documents. The Embassy has also received reports of consultancies using the promise of a visa to obtain documents that could be used to steal an applicant’s identity. पर्यटक तथा विद्यार्थी भिसा प्रक्रियामा परिवर्तन २०७३ जेठ ४ काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्नेछ । आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन । यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइनेछ । जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा निम्न कागजपत्रहरू मात्र ल्याउनु पर्नेछ : राहदानी पुराना राहदानी DS-160 कन्फर्मेशन पेज आवेदन शुल्क भुक्तानी रसिद फोटो I-20 (विद्यार्थी भिसा आवेदकका लागि) ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका छन् । कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेको छ । Source: http://nepal.usembassy.gov/pr-...
sajha info · May 17, 2016 8:22 AM · 13,813 views
So how will they validate the Income ?
fdpower · May 17, 2016 2:13 PM
@fdpower They don't need to. They know all Nepalese are filthy rich, well at least that's what our paperwork shows. :)
Haina ho Serey · May 17, 2016 2:19 PM
very good, please refund the application fee(at least partial refund)for visa denial applicant.
submark · May 17, 2016 2:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion