नेपाली विद्यार्थीलाई अमेरिकामा पाँच लाख रुपैयाँको पुरस्कार लुइभेल (केन्टकी) अमेरिका, जेठ ४ print नेपाली विद्यार्थी चन्द्रा खरेलले अमेरिकाको केन्टकी राज्यस्थित लुइभेलमा पाँच हजार डलरको पुरस्कार प्राप्त गरेकी छिन्। ल्याव कर्प जुव्ली स्कलरसीपको प्रायोजनमा जेफर्सन कम्युनिटी एण्ड टेक्निकल कलेज (जेसिटिसी) फाउण्डेशनले स्थापना गरेको सो पुरस्कार हरेक वर्ष उत्कृष्ट विद्यार्थीमध्येबाट छनोट गरेर दिइदै आएको छ। नर्सिङकी विद्यार्थी खरेलले यसैवर्ष डिन अवार्ड समेत प्राप्त गरेकी थिइन्। जेफर्सन फाउण्डेशनले शुक्रबार एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गर्यो। समारोहलाई सम्वोधन गर्दै खरेलले यस्ता पुरस्कारले आफूलाई र अन्य नेपाली विद्यार्थीलाई अझ प्रोत्साहन प्रदान गरेको बताइन्। तस्विर : जेफर्सन कम्युनिटी एण्ड टेक्निकल कलेज प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७३ १०:५४:३६
_____ · May 17, 2016 8:00 AM · 2,436 views
५ लाख रुपैया नै किन , पाएको ५ हजार डलर भनेको भए हुदैन थियो ? पुरस्कार पाए भन्दा पनि बढी लाख मा जोड दीइएको पाए है ?
magorkhe1 · May 17, 2016 3:56 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion