सुन्तला भनेको Englishमा Orange रहेनछ? पत्याउनु भयो?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Rastra Timalsena · May 16, 2016 7:58 PM · 11,868 views

5 Replies

हरेक गोरो छाला भएको बिदेसीलाई अमेरिकन भन्ने अनि कालो र घुग्रिएको कपाल भाको मानिस देख्ना साथ् अफ्रिकन भन्ने अनि कोरियन , चाइनिज लाइ छुट्याउन नसकी चाईनिज भन्ने, सबै चार पाग्रे गाडि भन्ने हाम्रो चलन छ | बिस्तारै सानो टमाटर लाइ Cheeri र ठुलो मधिसे टमाटरलाइ मात्रै टमाटर भन्ने चलन ल्याईएला ? हामीले खाने रामतोरिया लाइ Lady Finger भन्ने गरेको त्यो त अरकै रहेछ " OKRA भनौला ? आफु भन्दा ठुलालाई दाई दिदि , अलिक पाका हरुलाई काका काकी , सहरियाले अङ्कल आंटी भन्ने गरेका छौ | गुगल गरेर हेर अनि टास : बाउको दाजुभाइ दिदि बैनी लाइ मात्र काका काकी वा अङ्कल आन्टी भनिन्छ , हामि त झुटो संसारमा बसेका रहेछौ भनौला ? तिम्रो हाम्रो समाजमा जन्मिएको बच्चालाई स्कुल नजाउञ्जेल नाम दिदैनौ : माइलो साइलो काइलो भन्छौ, तर अरुको समाजमा बच्चा को मात्र हैन खेलौना किनेर ल्याउना साथ् नाम दिने चलन छ : तेसैले हरेक चिजको नाम दिने चलन अनुसार कागती मात्र मा सिमित नरहेर न्वारान गरिदी हाले ? हामीले नवारान गर्नु पर्यो भने गुरु बोलाउनु पर्ने भएर पनि पछाडी परेका हौला ?

magorkhe1 · May 17, 2016 6:13 AM

Gorkhe bro take it easy man. The guy just wanted to be funny.

mangale · May 17, 2016 9:07 AM

ओरिजिनल भिडियो को धेरै कुरो थाहा तिएन, खसीको मासुलाई mutton होइन chevon भन्नु पर्दो रहेछ भन्ने १० क्लास पास गरेपछि थाहा पाइयो त्यो पनि परिवारमै मासु बिग्य भएकोले; जबकि गोर्खे, इण्डिया, पाकिस्तान, बंगाली सप्पैले अझै पनि मट्टन भनेको सुनेको छु. खासमा, भाषा भनेको कुरो बुझ्नु हो. यस्तै डाइभर्सॆती त हो नि रमाइलो अब अलिक नेपाली कुरो___स्कुलमा बस्दा तलका शब्दमा रमाइलो विवाद हुन्थ्यो, नेपालभित्रकै भौगालिक भिन्नताले कण्डो - कतै पुठो कतै ढाड माड्तोल - कतै ह्यामर कतै पेचकस (स्क्र्यु ड्राइभर) पाली - कतै patio कतै shade , माइत - कतैकतै ससुरालीलाई माइत भन्ने रहेछन, अरु पनि थियो बिर्सियो अझ प्रचलित शब्द नै पुरै फरक भएको त कति हो कति: तिहुन बुझ्नेले सब्जी नबुझ्ने, कोहि रेला गर्ने कोहि झिँजो लाउनी, कोहि माया गर्ने कोहि माया मान्नी। केटि शब्दका सिनोनिम मात्र जिल्ला पिच्छे फरक. डोट्याल र तराइतिर बस्ने साथीहरूको झन् फन्नी हुन्थ्यो अरुका लागि। जस्तै, सप्पै बाख्रालाई खसी, अनि गाईलाई त गोरु अरे झन्। कालेबुङ्ग तिरका बोर्डिङ्गमा ७५रै जिल्ला, नर्थइस्ट, भुटान, बर्मासम्मका नेपाली हुन्थे। हिजोआज त्यत्तिको छैनकि खोइ?

lamjung · May 17, 2016 10:29 AM

लम्जुंगे: मिठो गयो नि ?

magorkhe1 · May 17, 2016 12:52 PM

biscuit -> Cookies carpet -> rug chai -> different chai (tea) vitamin (veetaamin) -> vitamin (vytamin) rape (even if not forceful but if sex with minor) -> rape (or statutory rape) cock -> rooster etc.

ramas · May 17, 2016 8:34 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all