अल्छे तिग्र्हो स्वादे जिब्रो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरो सानिमा को छोरो जाठो अमेरिका आको छ इस्तुदेंत भिसा मा. मुजी बच्चा देखि नै पुल्पुलिएको. आए देखि मोज मात्र गर्ने हैन दुख गर्नु पर्छ मेहनत गर्नु पर्छ भनेर कान फुकेको फ़ुकेइ थिएँ मैले. मास्टर्स गर्न आको मान्छे, १ सेमेस्टर पछि Texas तिर ट्रान्सफर गर्यो. सय चोटी भने अब १ बर्ष मा पढाई सक्किन्छ, त्येही (Utah)बसेर सक्का, tuition फी तिर्न नसके म हेल्प गर्दिम्ला भनेर. मुजी कुरै सुन्दैन. साथि को लहै लहै मा लगेर Texas पुग्या छ. अस्ति फोन गरेर दाई Lexus किन्नु लाको क्यास मा पैसा हल्दिनु पर्यो र्रे त्यो नि सात हजार. पैसा छैन भनेको, त्येसो भए को-साइन गर्देउ भन्छ. आफु आको २ बर्ष सम्म हजार डलर को त्यो नि AC नभाको गाडी कुदाको मान्छे, आउना बित्तिकै त्येसो भन्दा गाला चाद्कैदिम जस्तो. अनि फेरी १ महिना भो texas पुगेको, ब्रो काम खोज्न तम्सेको पनि छैन. समर मा नगरेको काम कहिले गर्ने हो जठो ले मैले बुझ्न सक्या छैन. Texas मा भाको साथी लै भनेर काम मिलाइदेको, गाडी छैन भनेर काम मा गएन. अहिले सम्म अत least १०००-१५०० salary पाकिसक्थ्यो. ब्रो लाई मतलब नै छैन. उसले मेहनत गर्दा गर्दै पनि tuition , रेन्ट , या खान बस्न नै पैसा नपुगेको भए हेल्प गर्नु नै पर्छ तर अल्छे तिग्र्हो स्वादे जिब्रो को सौख पुरा गर्न हेल्प गर्न सकिन्छ र? सानिमा ले फोन गरेर भाई लाई तिमि संग राख राख भनेर रोको रोइ. आफु तिर बोलाउँ भने धेरै नै दुख दिन्छ पक्का छ. अनि फेरी उसले कहिले सिक्ने? एस्तो situation मा क गर्दा राम्रो होला त बन्धु हरु?

BondJamesBond · May 16, 2016 9:47 AM · 9,255 views

6 Replies

बोन्ड ब्रो, एक दुइ चोटी चिक्ने लै टेक्सास मा हण्डर खान देउ...अनि मुजी जाठो ठेगान मा आउछ आफै, तिमि लै केहि गर्ने पर्दैन! :)

dkhanal · May 16, 2016 10:02 AM

अरुलाई सल्लाह दिदा जस भन्दा अपजस धेरै पाइने हुनाले त्यो काम गर्न छाडेको धेरै भयो, तर आफैलाई परेजस्तो समस्या देखिएकोले केहि लेख्न मन लाग्यो। फेरी फोन गरेछ भने, एक मिनेटमा कृपया सानीमाको छोरोलाई स्पस्ट भनिदिनुस कि अब तपाइंबाट केहि आस नगरे हुन्छ। त्यसपछि सानिमालाई आपत परेर दुख पाए पनि बिजोक भएर मर्दैन भन्ने सम्म बुझाउन चाही समय लाग्छ होला। त्यस्तै अवस्थामा परियो एक पटक. एउटा नजिकै नाता पर्ने बजियाले यस्तै हर्कत गरेर इल्लिगल सम्म भएपछी कता छ भन्ने सम्म पत्ता लगाउन निकै दुख भयो। उसका बाले बाबु टिकट काटेर नेपालसम्म पठाइदिनुस भनेपछि केहि गर्न करै लाग्यो। सम्झाई बुझाइ गरेपछि पासपोर्ट लिएर ग्रेहाउण्डमा आयो तर लगाएको लुगा बाहेक केहि छैन, के गर्ने? थ्रिफ्त स्टोरमा एइटा सुटकेस र ह्याण्ड्क्यारी किनेर लटरपटर लुगाफाटो, पुरानो ल्याप्टप र २-३ किलो चकलेट हालेर बिदा गरियो। भीरवाट लडेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न

lamjung · May 16, 2016 10:12 AM

dkhanal bro: मैले नि त्येही सोचेको छु. अब काम गर्न सुरु नगरी मलाई फोन पनि नगर भन्या छु. संगै हुर्केको जाठो दुख नपाओस चाहिं हुने रैछ मन मा Last edited: 16-May-16 11:30 AM

BondJamesBond · May 16, 2016 11:28 AM

@lamjung दाजु: २२-२३ उमेर भैसक्यो अझै बुध्ही न आउने रैछ कत्ति को. अब काम सुरु नगरी फोन नगरेस भंदेको छु. आफ्नो तर्फा बाट तरी गरेको छैनस भने चाहिं मैले केहि मा पनि हेल्प गर्न सक्दिन भंदियें. People want nicest things in life but they do not want to work for it. अब आफ्नै खुट्टा मा आफै ले बन्चरो हन्छन भने त के गर्न सक्किन्छ र हैन? मैले नि कलेज मा तिर्न गार्हो भए हेल्प गर्छु सम्म भनेको थिएँ, र सुरु सुरु पढेर गर्दा गर्दा नसकेको भए सायद गर्थें पनि. हामी लाई त्येही भन्ने मान्छे पनि थिएन. ब्रो लाई त झन् धेरै पो दुख देको रैछ त. अनि त्यो ब्रो अहिले नेपाल मा क गर्दै छ त लम्जुङ्ग दाजु?

BondJamesBond · May 16, 2016 11:38 AM

ठीक गर्नुभो तपाइंले, अब धेरै टाउको त्यसकलागी नदुखाउनुस। यो ठाउँमा अरुको नसुन्नेले बेला आएपछि आफैले सिक्छन्, माथि खनाल ब्रोले भनेजस्तै हाम्रो केटो, धेरै दुख त उसैले पायो, मैले तिर्देको टिकटको पनि हिसाब नेपालमा मिलाइयो, एक्दुइटा विकेन्द र यताउति समय चाहिं खेर गयो नालायकलाइ. अमेरिकाबाट फर्केको मान्छे, ल्याप्टप र चकलेट नबोकी कसरि जाओस, फेरी आफ्नै नातेदार, भनेर मनैले दिएको हुँ. केटाको अहिले ठिकै छ जस्तो छ, ट्राभल टुर को ब्यापार, फेसबुकमा ठाउँ ठाउँको फोटो पोस्ट गरेको हुन्छ।

lamjung · May 16, 2016 1:12 PM

चिठठा परेर पाएको भए जती दिए पनि हुन्छ तर आफुले दु:ख गरेको भए त्यो गुलेले पनि सिक्नु पर्‍यो | बाउको मोटेल र आमाको होटेल छोडेर आए पछी पढाई र काम छोडि Lexus किन्न लाई पैसा माग्छ भने डुबाउने भयो है एस्ले | एउटा थियो : एक सेमेस्टर पछी डिसी हानियो : खानै पाईन भने पछी आफुले कमाएको एक साताको जम्मा जम्मी दिएको थिए , कुकुरलाई हड्डी दिए झै भयो | १४-१५ बर्ष के गरेर बस्यो अहिले नेपाल फर्किएको छ |  Last edited: 16-May-16 03:38 PM

magorkhe1 · May 16, 2016 2:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all