Where and How to Apply for a Nursing Job

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

व्यक्तिपुजा अनि स्तुतीमा हाम्रो अषिम अनि चरम रुचि छ | सरकार परिवर्तनको कसरत अनि सम्भावना ह्वात्तै बढेपछि अहिले वर्तमान प्रधानमन्त्री ओलीलाई देवत्वकरण गर्ने अनि सत्तारोहणको कसरतमा लाग्नेहरुलाई चाँही राष्ट्रद्रोही देखाउने दलीय कसरतको आरम्भ भएको छ | अहिले एमाले समर्थक अनि पार्टीका स्वदेश अनि विदेशका कार्यकर्ताहरुले आफ्नो प्रोफायल पिक्चरमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको तस्विर टाँस्न थालेका छन | आहा! कत्रो नेता मोह आफुलाई बिर्सिएर आफ्नो तस्विर हटाएर आफ्नो महान नेताको तस्विर !!अब यिनका चेला, कार्यकर्ता अनि भारदारहरुले महिनौं "नेपालकै ईतिहासमा राष्ट्रवादी अडान भएका पहिलो प्रधानमन्त्री" भनेर एकोहोरो राग अलाप्ने छन भने अर्को तिर मुलुक अनि ढुकुटी लुट्न नपाएर लाखापाखा लागेका कांग्रेसी अनि माओबादीहरु सत्ता अनि स्वार्थको लागि मुलुक फर्कने छन | मेरो सिधा श्याम स्वेत प्रश्न यिनीहरुलाई: प्रवासमा बसेर त्यसरी चाकरी चाप्लुसी अनि तावेदारीमा रमाउने भात्री संगठन खोलेर बसेका कार्यकर्ताहरुले हिजो नयाँ संबिधान लेख्ने क्रममा "प्रत्यक्ष निर्वाचित प्रणालीद्वारा राष्ट्रप्रमुखको चयन हुनुपर्छ" भन्ने माग अनि विचार आफ्ना पार्टी अनि नेता समक्ष किन पुर्याउन सकेनन?  अब दृश्य प्रष्ट भयो, हामी त्यहि चुक्यौं तर भागबण्डा गरेर देश दोहन गर्ने अनि गर्ने अभिष्ट राख्ने तपाईका नेताहरु सफल भए अनि किन अरण्यरोदन गर्नु हुन्छ ? प्रभुको कृपाले अब श्री पाँच पुष्पकमल दाहाल प्रधानमन्त्री होलान अनि अर्को छ महिना पछि प्रजातन्त्र दरवारमा बुझाउने श्री चार शेर बहादुर देउबाको पालो आउँछ अनि घुमीफिरी राजाको पाऊमा दाम चढाउने अनि दरवारमा बिन्तीपत्र हाल्ने श्री तीन माधब कुमार नेपालको रोलक्रम आउँछ | 

shivanatarajan · May 4, 2016 12:10 PM · 9,315 views

1 Reply

Hello Mitra Haru, One of my relative is asking me to provide some helpful information regarding applying for a Nursing job (staff nurse not a registered nurse) in New Zealand or Canada and i seem to have no clue. Can someone who has experience in such issue help me out? I tried the internet search and all that, but its getting me nowhere.It will be helpful if i can get some definitive answers to how to apply and what are the process involved. Much appreciated the help.

619Mysterio · May 4, 2016 12:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all