जिन्दगीको यात्रामा धेरै थोरै असल आत्महरु भेटेको छु देखेको छु | ती थोरै महान आत्महरुमा इन्जिनियर हिम प्रसाद गौतम सर अहिले जिन्दगीको कठिन मोडमा हुनुहुन्छ | हिम प्रसाद गौतम खानेपानी बिभागमा सिनियर डिभिजनल इन्जिनियर , नेपाल सरकारको छात्रवृत्तिमा पाकिस्तानबाट सिभिल इन्जिनियरिंग र पुल्चोक क्याम्पसबाट मास्टर्स | मास्टर्स को थेसिस गर्दा गर्दै एक बिहान रात संगै अँध्यारो मा ब्युँझनु भयो | आँखा नदेख्ने हुनु भयो | धमिलो आकृति बाहेक नदेख्ने गरी ब्युँझ नु भयो | उपचारको अनेक प्रयास गर्दा पनि संसार मै बिरलै हुने रोगले ग्रसित भए पछी अन्धो जीवनमा हार मानेर जिन्दगी संग लम्पसार पर्ने वा संघर्ष गर्ने दुइ बिकप्ल रह्यो | हार मान्नु भएन, अंग्रेजीमा कम्पुटरमा टाइप गरेको शब्द ध्वनि मा परिवर्तन हुने सफ्ट वेर बनीसकेको थाहा पाउनु भयो र त्यसैको साहरामा जीवन अघि बढाउनु भयो | नेपाली अक्षर र शब्द पढ्न सक्ने \ चिन्न सक्ने किन बनाउन नसकिने भनेर आँखा नदेख्ने हिम सर लाग्नु भयो र सफल हुनु भयो | दृष्टिवाचक नामक सफ्टवेर बनाइ सार्बजनिक गर्नु भयो र निशुल्क सबैमा बाड्नु भयो | २०१३ मा नेपाल जाँदा उहाँ लाई आफ्नै कार्यक्षमा भेटें | आँखा देख्नेले भन्दा छिटो छरितो काम गरेको देख्दा अचम्ममा परेको थिएँ | बिना कसै /कुनै साहरा घर देखि बस चढेर कार्यालय आउनु हुन्थ्यो | एउटा शाखाको प्रमुख को हैसियतले सबै प्राशासनिक देखि प्राबिधिक काम गर्नु हुन्थ्यो | दृष्टि वाचक को सहयोग मा | त्यतिकैमा उहाँले विश्रान्ति लिनु भएन | संस्कृत उद्गम भएका भाषाहरु -गुजराती , बंगालीमा दृष्टि वाचक बनाउनु भयो | गुजरात सरकारले सम्मान गरे | सिंहली . असामी , तमिल भाषा नि बनाउनु भयो | मंगोलियन, भुटानी भाषाको बनाउनु भयो र ठाउँ ठाउँ मा नागरिक अभिनन्दित हुनु भयो | लाखौँ आँखा नदेख्नेहरुले उहाँको सहयोगमा कम्प्युटर चलाउँदै जीवन सहज गर्दै छन् | तर बिपत्ति रोकिएन | हालै मात्र उहाँ कार्यालयमा काम गर्दा गर्दै ढल्नु भयो | ब्रेन ट्युमर भाको रहेछ | शल्यक्रिया पनि भयो , ट्युमर पनि निकालियो | तर पनि घाउ बल्झिदै छ | जिन्दगीमा कहिलेइ इमान नछोडेका , सरकारी साधन समेत प्रयोग नगर्ने हिम सरको महिनाको तलबले २-३ दिन को पनि अस्पतालको खर्च धान्न सकिन्न | साथी भाई, सहकर्मीहरुले सहयोग संकलन गर्दै सम्भव भए सम्म को उपचार हुँदै छ | हिम सर जस्तो असल मान्छे बाच्नु पर्छ , बचाउन सहयोग गर्नु पर्छ | प्राबिधिक कारणले गो-फण्ड जस्तो चन्दा संकलन सामाग्री प्रयोग गर्न असमर्थ छु | नेपालमा रहनु भएका शुभ चिन्तकहरुले निम्न बैंक खातामा सक्दो सहयोग गरिदिन हुन आग्रह गर्दछु | इन्जिनियर राजीब घिमिरे / नन्द लाल बन्जाडे राष्ट्रीय बाणिज्य बैंक थापाथली शाखा; बचत खाता नं: १४३००२४१२११० https://www.facebook.com/him.g... सबै सहयोगी मनहरु लाई नमन गर्दै हिम सर को स्वास्थ लाभको कामना गर्दछु | Last edited: 05-May-16 10:08 AM
rahulvai · May 4, 2016 9:36 AM · 15,317 views
Hope someone will open an account @ go-fund and we can help.
magorkhe1 · May 4, 2016 10:20 AM
Can someone open go-fund account please?
newbieLearner · May 7, 2016 1:13 AM
इन्जिनियर हिम प्रसाद गौतमजी जति इमानका धनी हुनुहुन्छ त्यति नै वहाँका परिवार | कुनै अलौकिक चमत्कार नभई उहाँलाई बचाउन नसक्ने भन्ने डाक्टरी रिपोर्ट भएकोले आर्थिक सहयोगको लागि गो-फण्ड वा अन्य माध्यम न अपनाउने जानकारी उहाँको परिवारजनले दिनु भएको छ : तै पनि इमान हराएको देशका बिरलै भेटिने "इमान" लाई इश्वरले चमत्कारी गरि देउन् - यही प्रार्थना हामी गर्न सक्छौ | सबैमा हार्दिक धन्यबाद |
rahulvai · May 9, 2016 12:37 PM
That is a story of living the life and making the most of it. The duration doesn't matter. May he always be in peace. Last edited: 09-May-16 01:18 PM
sidhasojhoketo · May 9, 2016 1:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion