रतिपक्षी लेबरका तर्फबाट प्रतिष्पर्धी सदिक खानलाई खुलेर समर्थन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् । आगामी ५ मेमा हुने लन्डन मेयरको चुनावमा नेपालीले प्रतिपक्षी लेबरका तर्फबाट प्रतिष्पर्धी सदिक खानलाई खुलेर समर्थन गरेका छन् । प्रधानमन्त्रीपछि शक्तिशाली मानिने महानगरको मेयर पदको चुनावमा सदिक र कन्जरभेटिभका तर्फबाट ज्याक गोल्डस्मिथको कडा प्रतिष्पर्धा छ । लेबर पार्टी आप्रवासीका लागि अलिक उदार मानिन्छ । विशेष गरि लन्डनको यातायात र सवारी चाप व्यवस्थापन, सुरक्षा एवं समग्र आर्थिक विकास खानका एजेन्डामा रहेकाले पनि उनलाई समर्थन गरिएको नेपालीको धारणा छ । लेबर र सदिक दुवै लन्डनका आप्रवासीहरुको समस्यासँग परिचित भएका र त्यो समस्या समाधान गर्न पहल गर्ने खानको अठोटबाट नेपालीहरु प्रभावित देखिएका छन् । बेलायतका सफल व्यवसायी एनआरएनए युरोप संयोजक कुल आचार्यले चुनावी अभियानका क्रममा बेलायती नेता तथा नेपाली जनप्रतिनिधिमाझ एउटा भेला नै गरेर त्यस्तो कार्य अघि बढाएका हुन् । भेलामा सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मा, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता, नेपालीहरु रामशरण सिम्खडा, चिरन्जीवी ढकाल, राजु थापा लगायतका नेपालीहरु छलफलमा जुटेका हुन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाका अध्यक्ष नरेश खपांगीमगर सदिक खानको परिवार केही दशकअघि पाकिस्तानबाट बेलायत आएकाले खान जस्तो आम आप्रवासी पृष्ठभूमिबाट आएका व्यक्ति मेयर बने नेपाली र आम आप्रवासीका लागि ठूलो प्रेरणा मिल्ने बताउँछन् । सदिकका मुख्य प्राथमिकता लन्डन यातायात र सवारी चाप व्यवस्थापन, सुरक्षा एवं समग्र आर्थिक विकास भएकाले पनि उनी आफ्नो छनौटको उम्मेदवार रहेको काउन्सिलर डा. बच्चु कैलाश कैनीले बताए । कन्जरभेटिभले ९० को दशकमा आप्रवासीहरुप्रति देखाएको असहिष्णुता अझै पनि कतिपय मानिसहरु स्मरणमा ताजै रहेकोले अधिकांश आप्रवासी बेलायतमा स्थापित हुन कै लागि लेबर पार्टी विजयी भए सहज हुने भन्दै त्यसमा बढि आकर्षित भएका हुन् । खानले उठाएका कतियप एजेन्डा मध्यम आयश्रोत भएका लन्डनवासीका लागि मनै छुने खाले रहेको छलफलमा सहभागी सिम्खडाको धारणा छ ।

barnard · May 3, 2016 3:21 PM · 13,707 views

1 Reply

Khaobaadi · May 3, 2016 3:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all