कुलचन्द्र गौतमसंग न्यूयोर्कको ज्याक्शन हाईट्स मा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सम्प्रेषण ह्वाईटहिमालले ‘Lost in Transition’ का लेखक तथा संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमसंग न्यूयोर्कको ज्याक्शन हाईट्स मा स्थानीय नेपाली समुदायको उपस्थितीमा एकअन्तरकृया कार्यक्रमको आयोजना गर्यो । “नेपालको विकासका चुनौती र सम्भावना” बिषयक सो अन्तरकृया कार्यक्रममा उहांहरुको प्रश्नको उत्तर दिनु हुदै अतिथी कुलचन्द्र गौतमले निम्न कुराहरु भन्नु भयो – देश को सिस्टम र कानुन कार्यन्वयन नहुँदा नैहाम्रो देश बिकास हुन नसके को कुरा उहा ले भन्नु भयो ।   “प्रचण्ड प्रम हुदा संरासंघका महासचिव वान कि मुनको नेपाल भ्रमणलाई रोक्न कुलचन्द्र गौतम पटुकी कसेर किन लाग्नु भो ?” भन्ने पुरुषोत्तम बोहराको फेसबुक प्रश्नको उत्तर दिनु हुदै उहांले भन्नु भयो- “त्यसबेलाप्रचण्ड सरकार प्रमुखको हैसियतले लुम्बिनी विकास समितिको संयोजक हुनुभएको हुदा सशस्त्र युद्धको पृष्ठभूमि भएको प्रचण्डले पूर्णत: हिंसा त्यागेर शान्तिमा रुपान्तरित भएको घोषणा गरिनसकेकोले त्यस्तो व्यक्तिलुम्बिनी विकास समितिको संयोजक हुन बान्छनिय हुन्न भनेर मेरो बिमती रहेको थियो, मैले वानकी मुनको भ्रमण रोकेको होईन, मेरो त्यसो गर्न सक्ने हैसियत पनि थिएन ।” -नेपालमा संघियता भएर वा नभएर देशको विकास हुने नहुने कुरा होईन । संघियताको बिषयले पनि संबिधान बन्न ढीला भयो । ढीला भएपनि संबिधान बन्यो, तर अझैपनि 

shivanatarajan · May 2, 2016 12:01 PM · 8,187 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all