नेपालको हवाइ यात्रा कति सुरक्षित ? सबैमा एउटा आशंका जन्माएको छ, नेपालको हवाई सेवा असुरक्षित हुँदै गएको त होइन? सरकारी अधिकारी, वायुसेवा सञ्चालक, पाइलटलगायत विज्ञहरू लगातार भएका पछिल्ला तीन दुर्घटनालाई 'दुःखद संयोग' को संज्ञा दिन्छन्। तर, दुर्घटनालाई संयोगै मानेर आँखा चिम्लने अवस्था छैन। आन्तरिक हवाई सेवाका कमी-कमजोरी औंल्याउँदै दुर्घटनातर्फ सचेत गराइएका उदाहरण पनि प्रशस्तै छन्। विज्ञहरूका भनाइमा नेपालको भौगोलिक अवस्था, आन्तरिक उडानमा प्रयोग हुने पुराना जहाज, पर्याप्त उपकरण अभाव र मौसम नै दुर्घटना दर बढ्नुका मुख्य कारण हुन्। पाइलटको गल्ती, नियमन निकायको बेवास्ता, वायुसेवा 'असुरक्षित हुँदो हो त २७ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले काठमाडौं उडान गर्थेनन्,' उनले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि विश्वका अप्ठ्यारा विमानस्थलभित्र पर्छ। समुद्र सतहबाट यसको उचाइ ४ हजार ३ सय ९० फिट छ।' निजी क्षेत्रको एक वायुसेवा कम्पनीका वरिष्ठ पाइलटको धारणा पनि उस्तै छ। 'वायुसेवा सञ्चालकले सकेसम्म जहाज उडाउन पाइलटलाई दबाब दिने गरेका छन्,' ती पाइलटले नाम उल्लेख नगर्ने सर्तमा भने, 'नियम-कानुनले पाइलटलाई दबाब दिन मिल्दैन। अन्तिम निर्णय हाम्रो भए पनि जागिरको सवाल भएपछि उडाउन बाध्य हुन्छौं।' प्राधिकरणले यस्तो विषयमा नियमित अनुगमन गर्नुपर्ने उनको सुझाव छ। वायुसेवा सञ्चालकको 'चाहना' अनुसार प्राधिकरणको महानिर्देशक, हवाई उड्डयन सुरक्षा विभागका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक नियुक्त हुने गरेको दाबी ती अधिकारीले गरे। 'यस्तो भएपछि नियमन निकायमै जहाज सञ्चालकको हस्तक्षेप हुन्छ,' उनले भने, 'अनि त्यस्ता सञ्चालकका जहाज समयमै मर्मतसम्भार भएका छन् वा छैनन्, उडान नियम मानेका छन् वा छैनन् भन्ने अनुगमन कम हुनु स्वाभाविक हो।' तर, उनी पनि नेपाली आकाश हवाई उडानका लागि सुरक्षित रहेको बताउँछन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार उडान हुने गरेकाका कारण सुरक्षाका दृष्टिले यहाँको उडान औसतभन्दा तल नरहेको उनले जानकारी दिए। प्राधिकरणको निर्देशन अवज्ञा गरी जहाज उडाउने कम्पनी कारबाहीमा परेका उदाहरण रहेको उनले बताए। सुरक्षा प्रक्रिया अवलम्बन नगरेपछि जतिसुकै दक्ष पाइलटले उडाए पनि जहाज दुर्घटनामा पर्न सक्ने उनको भनाइ छ। यता, फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत तथा वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाण्डेको भनाइमा दुर्घटना हुनुमा चुनौतिपूर्ण मौसम र भौगोलिक अवस्था प्रमुख कारण हुन्। उनी पुराना जहाजका कारण दुर्घटना हुने गरेको 'आरोप' मान्न तयार छैनन्। त्यसमाथि तोकिएभन्दा बढी सामान राखेर (ओभरलोड) उडान गर्ने गरिएको भनाइ र पाइलटलाई दबाब दिएर उडाउने गरिएको भनाइप्रति उनी पूर्ण असहमति जनाउँछन्। 'हामीसँग साना जहाज धेरै भएकाले यिनका आवागमन बढी हुनु स्वाभाविक हो। बरू, विमानस्थल साँघुरो छ,' उनले भने, 'तै पनि हाम्रो आकाश सुरक्षित छ।' तोकिएको समयमै मर्मतसम्भार गरे जहाज जति वर्ष पुरानो भए पनि कुनै समस्या नहुने दाबी उनले गरे। सन् १९४० मा अमेरिकामा बनेको जहाज अहिले पनि त्यहाँ उडिरहेको उदाहरण उनी दिन्छन्। उड्डयन क्षेत्रबाहिरका व्यक्तिले सोचेभन्दा बिल्कुल भिन्न अवस्था रहेको उनको भनाइ छ। प्रत्येक उडानअघि इन्जिनियरले सबै परीक्षण गरेपछि मात्र पाइलटले जहाज उडाउने गरेको उनले जानकारी दिए। 'पाइलटलाई सञ्चालकले कहिल्यै दबाब दिँदैनन्, यसमा जहाजसहित यात्रुको सुरक्षाको सवाल हुन्छ,' उनले भने, 'कसैले कसैलाई जबर्जस्ती गर्न मिल्दैन। टोटल वेट नहेरी पाइलटले उडाउँदैन। विगतमा ओभरलोड गरिएका जहाज उडेको १०-१२ मिनेटपछि फिर्ता गरिएका उदाहरणछन्।' पुराना जहाज उडाउनु सञ्चालकको बाध्यता भएको तर्क उनको छ। ४०-५० मिनेटको उडान यहाँजस्तो ३ हजार/३५ सय रुपैयाँमा संसारमा अन्त कतै पनि उड्न नपाइने दाबी उनले गरे। 'त्यसैले पुराना जहाज ल्याउनु नौलो होइन,' उनले भने, 'हाम्रा अधिकांश कम्पनीले उडाइरहेका <span style="font-family: Mangal, serif;"
shivanatarajan · May 1, 2016 3:47 PM · 5,827 views
झारा तिर्न टासे झैँ गरौ नि ?
magorkhe1 · May 1, 2016 5:52 PM
ali padhna milne gari copy paste garau na shivaji
adhikari_bandhu · May 1, 2016 9:19 PM
सुरक्षा किन चाहियो : हामि भेडा बाख्रा जस्ता छौ | पहाडी बाटोमा चल्ने गाडीको युट्युब हेर्नु भएको छ ? https://www.youtube.com/watch?... गुल्लाड़े हरु लाइ मरिन्छ भन्ने डर छैन , सागुरो बाटो बात गाडि निकाल्ने बेलामा कोहि निक्लिन मानेका हैनन् : अनि शिभ .......................... किन तिम्रो टाउको दुखाइ ? देश गुनाका जनता हामि ? जाठा हरु खादा लगाएर फोटो खिची भनेर जात्रा गर्छन | जात्रा गर्नु पर्ने ठाउमा घाम तापेर बस्छन | भो टाउको नदुखाउ | You love pasting things and out numbered every one. के हुदैछ हिन्दुस्तान मा तेता तिर मात्र ध्यान दिए पुग्छ | Last edited: 03-May-16 01:16 PM
magorkhe1 · May 3, 2016 10:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion