मह जात्रा पेरिस फ्रान्स 2016

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आदरणीय सम्पूर्ण फ्रान्सबासी दाजुभाई तथा दिदीवहिनीहरू , यहि आउने मिति ०१ मे २०१६ आईतबारको दिन नेपाली ख्याती प्राप्त हास्य कलाकार हरू , मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नरेन्द्र कंसाकार, मोहित आचार्य, यमन श्रेष्ठ, माण्डवी त्रिपाठी ( लोक तथा आधुनिक गायीका ) र स्थानीय कलाकारहरु को समायोजन मा, गैर आवासीय नेपाली संघ फ्रान्सले एक भब्य 'नेपाली नया वर्ष २०७३ को उपलक्ष्य मा " मह जात्रा पेरिस फ्रान्स 2016" कार्यक्रमको आयोजना गरिएको हुंदा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ! साथै आफ्नो टिकेट समय मै लिई वुकिंग गर्नुहुन अनुरोध गर्दछौं ! कार्यक्रम हुने स्थान:  20 Rue Génin, 93200, St-Denis. Hall name: L'Orée du Stade. Métro line 13: Saint-Denis Porte de Paris, Tramway: T8 Bus: 153, 170, 239, 253, 255, 356 Nightbus: N44, N143.   प्रवेश शुल्क : 15€ र १०(दश ) वर्ष मुनिको सबै बच्चालाई निःशुल्क !  *कार्यक्रम हल बाहिर किनेर खानेको हकमा खाजा नास्ता को व्यवस्था छ । *‪#‎नोट‬:  सबै नेपाली मान्यजन तथा entrepreneur हरू संग हामीले sponsor लिई रहेका छौं यहाँ हरू पनी ईच्छुक हुनुन्छ भने ईच्छुक माहानुवभ तथा संघ संस्थाले NRNAFRANCE का पदाधिकारीहरू संग सम्पर्क गरी sponsor गर्न सक्नुहुनेछ । सबै sponsor दाता तथा कम्पनीहरूको नामावली कार्यक्रम हुने स्थान र दिन मा PowerPoint बाट presentation गर्ने छौं ! यस कार्यक्रमको मुल उद्देश्य। : "Entertainment for charity fund collation " रहेकोले तिन खालको प्रायोजनको अबधारणा प्रस्तुत गरिएको छ। प्रथम: प्लाटिनियम प्रायोजक €२०० :- यस प्रायोजक वाला ब्याबसाय, संघ संस्था अथवा व्यक्तिलाई ४ वटा टिकट प्रदान गरिनेछ। द्दितिय :गोल्ड प्रायोजक €१५० :-यस प्रायोजक वाला, ब्याबसाय, संघ संस्था अथवा व्यक्तिलाई ३ वटा टिकट प्रदान गरिनेछ। तृतिय : सिल्भर प्रायोजक €१०० :- यस प्रायोजक वाला ब्याबसाय, संघ संस्था अथवा व्यक्तिलाई २ वटा टिकट प्रदान गरिनेछ।

shivanatarajan · Apr 29, 2016 8:28 AM · 4,854 views

1 Reply

लौ लागौ फ्रान्स , एक गोलि दुई सिकार गरौ !

magorkhe1 · Apr 29, 2016 12:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all