अमेरिका समाचार (USA) जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुरुषोत्तम ढकाल, लस एन्जलस, १६ वैशाख । अमेरिका भ्रमणमा रहनु भएका काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रमा जनतानै सर्वाधिकार भएको यदि साच्चै जनताले चाहे राजतन्त्र फर्किने नयाँ राजीनितिक सङ्केत सार्वजनिक गर्नु भएको छ । झन्डै दुई साता लामो संयुक्त राज्य अमेरिकाको भ्रमणमा न्यु योर्क हुँदै मङ्गलवार टेक्सस आइपुग्नु भएका काँग्रेस महामन्त्री कोइरालाले नेपाली जन सम्पर्क समिति अमेरिकाको टेक्सस च्याप्टरद्वारा उहाँको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाह बंसिय राजतन्त्र पुनर्स्थापना बारे जनताको अभिमतलाई सर्वाधिकार मान्ने काँग्रेसको नीति रहेको अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो । उहाँले मधेस सङ्कट तर्फ सङ्केत गर्दै मधेसी दललाई भन्नु भयो, ' मधेसी दल र नेताहरूले व्यक्ति र दलको स्वार्थ त्यागेर राष्ट्रिय हितमा सोच्ने हो भने नेपाली काँग्रेसले मधेसको दीर्घकालीन समस्या समधानको मार्ग प्रस्तुत गरिसकेको छ ।  आउनुहोस, संवाद र छलफलद्वारा संविधानमा देखिएका त्रुटिहरु संशोधन गरेर संविधान कार्वान्यन गरेर समृद्ध नेपाल निर्माणको सहयात्रा सुरु गरौँ ।' महामन्त्री कोइरालाले लोकतन्त्रको नाउँमा जन्मिएका छोटे राजाहरूले देशमा थप सङ्कट निम्त्याएको काँग्रेस आउदा जनाताको हित विपरीत छोटे राजाहरुसंग सत्ताको खेलमा नलाग्ने दाबी गर्नु भयो ।  अमेरिकमा कांग्रेसीहरुको झगडा देखेर आजित हुनु भएका कोइरालाले स्पष्ट शब्दमा भन्नु भयो, 'जीवन्त विचार भएको पार्टीमा विचार आधारित गुट हुन्छ तर पद र प्रतिष्ठाको नाउँमा बनेका गुटले लोकतन्त्रको भविष्यमा समेत सङ्कट निम्त्याउने हुँदा नेपाली काँग्रेस र नेपाली जनतालाई अमेरिकामा बस्ने नेपालीले विचारको गुट मार्फत तपाइहरुले निर्देशित गर्ने दिन छिट्टै आओस मेरो शुभकामना ।' नेपाली जन सम्पर्क समिति टेक्सासका दुई च्याप्टरद्वारा संयुक्त रूपले मङ्गलवार अर्भाइङ्ग, टेक्ससमा आयोजित सम्मान कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीले स्वागत र समितिका च्याप्टर प्रतिनिधि ज्ञानेन्द्र कार्कीले समापन गर्नु भएको थियो । गत शुक्रवार आफ्नो दुई साता लामो अमेरिका भ्रमणको क्रममा न्यु योर्क आइपुगेका काँग्रेस महामन्त्री कोइराला न्यु योर्क, भर्जिनिया, टेक्सस, सिकागोको कार्यक्रम सकेर आगामी आइतबार लसएन्जलसका नेपाली अमेरिकनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै उहाँ मे ३ तारिखका दिन सनफ्रान्सिस्कोमा उहाँको सम्मानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ जानुहुनेछ । फोटो साभार: महत कि छोरी फेसबुक जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला

fashioninstitute · Apr 28, 2016 1:42 PM · 13,491 views

2 Replies

Pheri janatalai ladauna khojdai chha, yo chutiya koirala. Khuruka aba je bhayo bhayo, deshma aba janatale dherai khepi sake, aba bikas garau bhannu chhaina. Jo jogi aae ni kaanai chireka!

magdadela · Apr 29, 2016 7:52 AM

WTF ? तेस्को काकाले ५० लाख भारतीयलाई नागरिकता बाडे , राडी स्वस्निमान्छ्लाई बिहे गरेर लैजान्छु भन्ने फोस्रा आस्वासन दिए र दंग परेर जे पनि लुटाऊंन तयार हुने जस्तै माओबादिले पहिलो रास्ट्रपति बनाछौ भन्दै मुर्ख बनाए | जनतालाई सोधेर हटाएको हो र ? जनताले चाहे ? के के दियौ जनतालाई , बनायौ भेडा जनतालाई अब के बनाउने बिचार छ ? गुल्लाडे ससांक अमेरिकामा बसेका नेपालीलाई राजा चाहिएको छ र ? नेपाली जनतालाई राजा चाहिएको छ छैन त्यो कुरा को निर्क्यौल गर अनि मात्र राजा को कुरा गर | गिरिजाले हैन राजा लाइ अहिले हटाउनु जरुरि छैन भनेको भए राजा जादैन थिए | सब भातमारा हरु भारतले जे जे गर भन्यो तेही तेही गरे र गर्दैछन र गरिरहने छन् | जनमत गर अनि थाहा पाउनेछस राजा राख्ने कि नराख्ने भनि ? ६० लाख नया बिहारीले हिन्दु राष्ट्र चाहिन्छ भन्छ तर राजा चाहिंदैन भनि हाल्छ ( भारत राजा चाहदैन), माओबादी नै हो राजा फ्याल्ने ईनि हरुले पनि चाहिदै भनि हाल्छन बाकिरहे सानातिना पार्टी र कांग्रेसी ? ससांक , भन त बा तिमि काग्रेसी कहिले बन्यौ ? तिमि पनि राजिब गान्धी र राहुल गान्धी टुप्पी झैँ टुप्पा बाट फलेका हौ : तिम्रा पछि कति जनता छन् अर्थात् followers ? गुल्लाडे : यो निलो चै किन  : निलो चल चित्र हो कि ? Last edited: 30-Apr-16 09:56 PM

magorkhe1 · Apr 30, 2016 9:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all