अलेप्पोको अवस्था 'चिन्ताजनक'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Image copyrightAFPसिरियाको अलेप्पो शहरमा गत २४ घण्टामा दर्जनौं गैरसैनिकहरुको ज्यान गएपछि त्यहांको अवस्था 'विनाशकारी' भएको सहायता अधिकारीहरुले बताएका छन्। पछिल्लो केहि घण्टामा सरकारी लडाकु विमानहरुले गरेका हवाई हमलाहरुमापरि विद्रोही नियन्त्रित इलाकामा कम्तिमा २० जनाको मृत्य भएको बताइएको छ। बुधबार राती विद्रोही नियन्त्रीत क्षेत्रमा रहेको एउटा अस्पतालमा हवाई हमला हुंदा त्यहां चिकीत्साकर्मी र बालबालिकाहरु समेत मारिएका थिए। Image copyrightReutersचिकित्सा सेवा प्रदान गर्ने एउटा अन्तर्राष्ट्रीय परोपकारी संस्था- मेदसां सं फ्रंतिए, एमएसएफ,ले जनाए अनुसार अलेप्पो शहरमा रहेको एउटा अस्पतालमा भएको हवाई हमलामा कम्तीमा १४ जना विरामी र तीनजना डाक्टरहरु मारिएका थिए। सो संस्थाद्वारा संचालित अल कुद्स अस्पतालमा भएको हमलामा मारिनेमा उक्त शहरमा रहेका अन्तिम बाल रोग चिकित्सक पनि भएको एमएसएफ ले जनाएको छ। विमान स्थानीय समाचार स्रोतहरुका अनुसार उक्त हमलामा रुसी वा सिरियाली लडाकु विमानहरु संलग्न थिए। सिरियाली सरकारी सेनाले सो अस्पताललाई निशाना बनाएर गरिएको हमलामा आफू संलग्न नरहेको बताएको छ। Image copyrightReutersपर्यवेक्षकहरु भन्छन्, विहीबार संघर्षरत दुवै पक्षको हमलामापरि कम्तिमा ३४ जनाको ज्यान गएको छ र दर्जनौं घाइते भएका छन्। सिरियामा आंशिक रुपमा युद्धविराम लागु भएको भएतापनि विशेष गरी अलेप्पो शहरमा हालैका दिनमा भिडन्त चर्किएको छ। संघार रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिले अलेप्पो शहर मानविय संकटको संघारमा पुगीसकेको बताएको छ। उक्त शहरमा ठूलो स्तरको कार्वाहीका लागि सिरियाली सेनाले रुसी हवाई शक्तिको आडमा तयारी गरिरहेको भन्ने विवरणहरुका माझ त्यहां हिंसामा बृद्धि देखिएको छ। Image copyrightAFPत्यसबाट जिनीभामा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भैरहेको शान्तिवार्तालाई समेत प्रभावित पार्ने हो की भन्ने आशंका पनि उत्पन्न भएको छ।

fashioninstitute · Apr 28, 2016 1:29 PM · 7,361 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all