कसैले पनि सितीमिती रुनलाई पैसा तिर्दैन । तर अहिले चर्चामा रहेको नेपाली चलचित्र "प्रेम गीत" को न्युयोर्क शोमा चलचित्र हेरेका अधिकांशले आँखा रसाएको बताए । अरुको के कुरा ! मेरो पनि पटक पटक आँखा भिजेकै थियो । रुनको लागि पो १५ डलरको टिकेट किनेको जस्तो लाग्यो !वास्तबमा चलचि्त्रले दर्शकलाई भावनामा बाँध्न सक्नु उसको सफल्ता हो । त्यो सफल्ता "प्रेम गीत" लाई मिलेको छ भन्न सकिन्छ । किन कि यसले हसाउँछ पनि रुवाउँछ पनि । अनि कहिले कहिं रिस पनि उठाउँछ । यस्तो चलचित्र न्युयोर्कका हलमै देखाउँने आँटिलो आयोजक निस्के भने अहिले नै मेरो एउटा टिकेट बुकिङको घोषणा ! राम्रा नेपाली चलचित्रलाई राम्रै हलमा बसेर नेपालीले हेर्नै नपाउँने !?
shivanatarajan · Apr 25, 2016 5:00 PM · 4,146 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion