एक अन्तरास्ट्रीय नेपाली हिरो को अवसान र के थियो उनको सपना ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विश्व चर्चित ‘क्याराभान’का नायक थिण्ले भन्थे एरिक भ्याली ले नेपाल लाई बिश्व मा चिनाइदिए । नेपाली सिनेमा लाई बिकास गर्न के गर्नु पर्छ भनेर सोद्धा उनि भन्थे- बेइमान गर्‍यो भने सफल भ इदैन ।एकपटक हारदै  मा कोही असफल हुँदैन दोस्रो वा तेस्रो चोटी अबश्य भइन्छ । क्याराभानका नायक थिन्ले लाई फ्रान्सेली निर्देसक एरिक भ्याली ले क्ष्य रोग को उपचार गरिदिए ।इज्जत दिए नाम दिए जुन मेरोबाउ आमा ले पनि गरेनन । नत्र उ कहाँ को म कहाँ को । क्यान्सर हुँदा पनि फ्रन्स नै लगेर उपचार गरिदियो । नेपाली सिनेमा को बिश्व बजार को लागि क्यरवान एक इतिहास नै हो. जसको श्रेय नायक थिन्ले र फ्रान्सेली निर्देसक एरिक भ्याली लाइ जान्छ. नेपाली सिनेमा भन्ने बितिकै नाक खुम्च्याउने युबा हरु समेत लेसधै सम्झी रहने नाम हो र सधै हुने छ नायक थिन्ले र चलचित्र क्याराभान. बिना तालिम सिर्फ सिनेमा मा काम गर्ने इछ्या ले गर्दा र उनको जिबन्त अभिनय ले नेपाली चलचित्र ले बिश्व बजार मा पुर्याइदियो.यो नेपाली चलचित्र को लागि एक कोसे ढुङ्गा नै हो.  ठिन्ले लेन्डूप नेपाली चलचित्र कलाकार तथा माथिल्लो डोल्पाका अगुवा समाजसेवी हुन्। उनले विश्वचर्चित चलचित्र हिमालयन क्याराभानमा गरेको जीवन्त अभिनय बाट चर्चित बनेका हुन्। यो चलचित्रमाथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्याली ले निर्माण गरेका हुन्। माथिल्लो डोल्पामा जन्मेका ठिन्ले पछिल्लो समय उनी केही म्यूजिक भिडियोमा देखा परेका थिए। चलचित्रमा देखिनुपूर्व उनी साल्दाङ गाविसको अध्यक्षमा निर्वाचित भै काम गरेका थिए। पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका ठिन्ले पेटको क्यान्सरबाट पीडित भएपछि राजधानी र डोल्पा धाउने गरिरहेका गरेका थिए। त्येस्कै कारण उहाको निधन १२ बैशाख २०७३सालमा भएको थियो। उहा घोडामा डोल्पा सदरमुकाम दुनैबाट छिप्का जाँदै गर्दा थिन्लेको घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए। घोडाको घटनास्थलमै मृत्यु भए पनि थिन्ले जिवितैथिए। केही पर्यटकले उनलाई लडेको देखेपछि छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी हुँदै गर्दा साँझ साढे ५ बजेतिर थिन्लेको निधनभएको थियो।    उनी अभिनित क्याराभान चलचित्र सन् १९९९ मा रिलिज भएको थियो । यो चलचित्रमा डोल्पाको जनजीवन देखाइएको छ । फ्रान्सेली निर्देशक इरिक भ्यालिले निर्देशन गरेको यो चलचित्रले रिलिज भएसँगैविश्वका थुप्रै प्रतिष्ठित अवार्ड जितेको थियो । नेपाली, डोल्पो, जर्मन लगायतका थुप्रै भाषामा यो चलचित्र डबिंग गरिएको छ । यस चलचित्र ७२ औँ ओस्कारमा विदेशी भाषातर्फको उत्कृष्ट चलचित्रका लागि मनोनयनमा परेको थियो । ओस्कारमा मनोनयनमा पर्ने यो एकमात्रै नेपाली चलचित्र हो । नेपाल मा त्यस्ता हजारौ कथा हरु छन् जुन कुरा लाइ समेटेर सिनेमा बनाउने हो भने बिश्व बजार मा सजिलै पुग्न सकिन्छा त्यसकै उदाहरण हो चलचित्र क्याराभान. जहाँ डोल्पा को मौलिक कथा छ जुन बिश्व भर चर्चित भयो. थिन्ले ले बिश्व मा नेपाल लाइ चिनाय. नेपाली चलचित्र खासै विकास भए को पाइदैन. विभिन्न सोसण, देखि तल्लो स्तर को कथा बस्तु साथै हिन्दि फिल्म हरु बाट प्रभाभित भए कै कारण मौलिक चलचित्र बने को पइदैन. बिश्वो जार मा तब सम्म पुग्न सक्चैना जब सम्मान हाम्रा मौलिक कथा पुग्न सक्दैन. हामी नेपाली हौ हाम्रो कथा साथै बिसय बस्तु चाहियो. हामी लै कुनै कोरियन चलचित को डुप्लिकेट कथा चाहिए को होइन. बिकास संगै हामी जति सुकै सहरिया बने पनि हाम्लाई हाम्रै मौलिक खाना सस्कृति हरु मन पर्छ त्यस्तै बिस्वो बजार खोज्ने हो भने हाम्रो नेपाली पल दिनु पर्छ. सहि ढंग मा सहि प्रबिधि हरु अपनाएर मौलिक बनाउने भन्दै मा बिना प्रबिधि तल्लो स्थर को बनाउदा उल्टै बेइज्जत हुन्छ. कुनै बिदेसी ले नेपाली फिल्म हेर्नु भने को नेपाल को नेपाली पल लाइ नियाल्न खोज्नु हो. तर त्यो नेपाली पल आउन नसक्दा नै नेपाली फिल्म कम्जोर भै रहे को छ. जब हामी ले हामी को हौ भन्ने कुरा बिर्सेयौअनि हाम्रो सिनेमा चलन सकेन. निरास हुनु पर्ने स्थिथि केहि छैन मौलिक कथा बस्तु साथै उच्चा प्रबिधि अपनाए रा नेपाली चलचित्र बनाए नेपाली चलचित्र बिश्व बजार मा पुग्छ नेपाली पर्यटन देखि लिय र हाम्रो देखि लै संसार लै नै चिन्छ.दुनिया मा राम्रो लागे र नै त अरु ले कपि गर्ने हो नि. त्येस्तै हाम्रो नेपाली फिल्म हरु पनि अरु ले कपि गर ने दिन आउछ. हाम्रो मौलिक पन को जगेर्ना हुने छ. महान नायक थिन्ले को उच्च सम्मान त्येही हुने छ.जसको सपना थियो नेपाली सिनेमा बिश्व बजार मा जावोस.

fashioninstitute · Apr 24, 2016 2:39 PM · 7,026 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all