नेपाल सरकार अाफै भिखारी छ हामिलार्इ के देला ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 पिडितहरू भन्छन – नेपाल सरकार अाफै भिखारी छ हामिलार्इ के देला ? सन् 2015 को अप्रिल पच्चीस तारिख मध्यान्ह नेपालमा आठ दशमलव एक रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। त्यसका साथै जुन महिनाको एघार तारिखसम्ममा भूकम्पबाट कम्तीमा आठ हजार सात सय छयासी जनाको मृत्यु हुनुका साथै बाईस हजार तीन सय तीन जना घाइते भएका थिए। भूकम्पमा धेरै बहुमूल्य सम्पदा ध्वस्त भएका थिए। १६ हजारभन्दा बढीले ज्यान गुमाए, ६ लाख परिवार बरहाविहीन भए, २० हजारभन्दा बढी घाइतेभए । सात खर्ब बराबरको आर्थिक क्षति भयो। अहिले नेपालको त्यो विनाशकारी भूकम्पको एक वर्ष पुगेको बेला नेपालमा पुनःनिर्माणको अवस्था कस्तो छ र अहिले नेपालको पर्यटन व्यवसायको परिस्थिति कस्तो छ त? नेपालमा गएको विनाशकारी भूकम्पमा नेपाली नागरिकले मात्र होइन विदेशी नागरिकहरुले पनि ज्यान गुमाएका थिए । अन्य वर्षको भन्दा२०१५ भूकम्पपछि नेपाल  घुम्न आउने विदेशी पर्यटकको संख्या ७२ प्रतिशतसम्मले घटेको सरकारी तथ्यांकले देखाएको छ । वैशाख १२,१३ र २९ गते आएको विनाशकारी भूकम्पपछि उठ्न लागेको पर्यटकीय क्षेत्र भारतीय नाकाबन्दी र तराईमधेश आन्दोलनले झनै थिलोथिलोपारेको थियो । नयाँ सबिधान जारी भएसगै सुरु भएको तराईमधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दीको कारण पेट्रोलियम पदार्थ लगायतकाअत्यावश्यक वस्तुको सहज आपूर्ति हुन नसक्दा अन्य क्षेत्रमा जस्तै पर्यटकीय क्षेत्रमा पनि देशले ठूलो नोक्सानी बेर्होनु परेको छ । पहिलेकोतुलनामा केही सहज देखिए पनि सर्वसाधारणले अझै पनि सजिलै चुलो बाल्न र यातायत चढ्न पाएका छैनन् भने मुलुकको अर्थतन्त्रकोदरिलो आधार मानिने पर्यटन क्षेत्र त्यसैको मारमा परेको छ । एक वर्षअघि गएको सो भूकम्पले गरेको विनाशको पर्ति अझै हुन सकेको छैन । पीडितहरु अझै त्रिपालमुनी छन् । भूकम्प गएको एकवर्ष बितिसक्दा पनित्यसको त्रास नेपालीको मनबाट हट्न सकेको छैन । परकम्प जाने क्रम पनि रोकिएको छैन । भूकम्पले दिएको पीडा कसैले बिर्सन सकेका छैनन् । सयौं घाइते भए, जसमध्ये अहिले पनि झन्डै सय जना नियमित उपचारका लागि अस्पताल धाइरहेका छन् । वैशाख १२ गतेको भूकम्पले कहीँगर्भमा रहेको बच्चाले बाबु गुमाएको छ, कहीँ बिहे भएलगत्तै नयाँ बेहुलीले आफ्नो श्रीमान्। कतिका खुट्टामा हालिएको रड अझै झिकिएको छैनभने कसैले हात गुमाएका छन्। स्पाइनल कर्डले साथ नदिएपछि कोहीकोही त  ओछ्यान परेका छन्। भुकम्पले हजारौं नेपालीको ज्यान जानुका साथै नेपालमा रहेका पर्यटकहरुको समेत मृत्यू भएपछि नेपाल आउन चाहने पर्यटकहरुले टिकट क्यान्सिल गरेकाथिए । नेपालमा रहेकाहरु पनि बसाई छोट्याएर फर्किएपछि नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । भुकम्पको प्रभाव पोखरामा खासैनपरेपनि पर्यटकहरु त्रसित हुँदा पोखराको पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको हो त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११ औँस्थानमा पर्दछ । नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । दैनिक स–साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोरदेखिन्छ । केन्द्रको तथ्याङ्कअनुसार भौगर्भिक सतह कमजोर चट्टानका कारण नेपालमा जोखिम बढेको हो । विसं १९९० सालको ८.३ रेक्टर स्केलको भूकम्पकोकेन्द्रबिन्दु सङ्खुवासभा थियो । त्यो बेला आठहजार ५१९ जनाको मृत्यु भएको थियो भने भूकम्पले करिब २०० किलोमिटरको क्षेत्रलाई चिरा पारेको रठूलो मात्रामा जनधनको क्षति भएको थियो । त्यस्तै, विसं २०४५ सालको भूकम्पकमा परी ७२१ मानिसको मृत्यु भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखा केन्द्र विन्दु भएर ७.६ रेक्टरस्केलको भूकम्प गयो । राष्ट्रिय योजना आयोगको पीडीएन प्रतिवेदनअनुसार लगभग नौहजार मानिसको मृत्यु भयो । भूकम्पपश्चात सरकारले १४ जिल्लालाई बढी प्रभावित भनेर घोषणा गरेपनि एकवर्ष बितिसक्दा पनि उनीहरुको पुनर्वासको व्यवस्था हुन सकेको छैन ।पुनःनिर्माण गर्नुपर्ने कुराहरु तीव्र रुपमा अघि बढ्न नसक्दा भूकम्पपीडितले निकै कष्टकर जीवन विताउनु परेको अवस्था छ । नेपालका धेरै पर्यटकीय सहरहरु सुनसान हुदै गैरहेको छ । राजधानीका तिनै क्षेत्र काठमाडौ

shivanatarajan · Apr 23, 2016 2:20 PM · 5,170 views

1 Reply

Our government is same as Nasuriddin , once he fell into the well, every passerby asked give me your hand I will get you back of the well. He had been there until he passed away. He had not not learned to give , no one asked him " please take my hand" Our government and it's employees are like Nasuruddin. I heard on NPR news that Nepal Government does not allow foreigner's direct help on re-construction or rebuilding homes because they will be not getting a dime.  Last edited: 25-Apr-16 06:52 PM

magorkhe1 · Apr 24, 2016 5:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all