बाबुरामले हिसिलाले गरेको प्रमाण मागे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मधेसमा पुगेर बाबुरामले भनेः हिसिलाले भ्रष्टाचार गरेको प्रमाण ल्याउनुस् 'मधेसीले नै नेपाल बनाएका हुन्, किन अलग राज्य खोज्ने ?' ८ वैशाख, काठमाडौं । मधेसकै एजेन्डालाई लिएर एमाओवादी त्यागेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई यतिबेला मधेसी जनतालाई फकाउन राजधानीबाट मधेस झरेका छन् । कूर्ता-सुरुवालमाथि गम्छा भिरेर साताव्यापी ‘मधेस सशक्तीकरण अभियान’ मा निस्केका डा. भट्टराईले सर्लाहीको संग्रामपुरमा सोमबार राति साढे १२ बजेसम्म भाषण गरे । डा. भट्टराई मधेसमा आफ्नो भाषणको सुरुवात ऐतिहासिक प्रसंगबाट गरे । र, नेपालको निर्माण मधेसीहरुले नै गरेको निस्कर्ष सुनाए । गोपालवंशीहरु मधेसबाट गाई चराउँदैे र महिषपालवंशीहरु भैंसी चराउँदै काठमाडौं आएको उल्लेख गर्दै भट्टराईले उनीहरु मधेसीकै पूर्खा भएको दावी गरे । ‘मधेसीहरुले नै नेपाल निर्माण गरेका हुन्, त्यसैले मधेसीहरुबाट नेपालभन्दा अलग राष्ट्रको कल्पना असम्भव छ,’ डा. भट्टराईले आफ्नो भाषणमा भने । चर्को गर्मी खाँदै गरिएको मधेस यात्रामा डा. भट्टराईसँगै रहेका नयाँ शक्तिका अभियन्ता रामरिझन यादवले बाबुरामको भाषण सुन्न महिला, पुरुषदेखि बच्चाहरुसम्म ओइरिने गरेको बताए । भट्टराईप्रति मधेसी जनताको शंकायुक्त आकर्षण देखिएको उनको भनाइ छ । यादवले अनलाइनखबरसँग भने, ‘मधेसी जनतामा उहाँप्रति ठूलो झुकाव छ, तर शंका पनि धेरै रहेछ ।’ भट्टराईको ‘मधेस सशक्तीकरण अभियान’ गत ३ वैशाखदेखि सुरु भएको हो । प्रदेश नम्बर २ का आठै जिल्ला र प्रदेश नम्बर ३ का तीन जिल्ला (नवलपरासी, कपिलवस्तु र रुपन्देही) पुग्ने डा. भट्टराईको योजना छ । हुलाकी सडकबाट यात्रा गरिरहेका डा. भट्टराई प्रत्येक जिल्लामा एक दिन बास बस्छन् । उनले सर्वसाधारण कार्यकर्ताको घरमा बास बस्ने र रोटी तरकारी खाने गरेका छन् । प्रत्येक दिन ६-७ वटा अन्तरक्रिया र ३-४ आमसभामा भट्टराईले भाग लिइरहेको यादव बताउँछन् ।  ‘वाफ रे वाफ, उहाँको स्टामिना देखेर म त छक्क परेँ,’ यादवले अनलाइनखबरसँग भने, ‘जति भाषण गरे पनि थाक्नुहुन्न, जति प्रश्न सोध्दा पनि दिक्क मान्नुहुन्न ।’ एउटा अन्तरक्रियामा डा. भट्टराईलाई २०-२५ देखि १०० वटासम्म प्रश्नहरु सोधिन्छन् । सबै प्रश्नको जवाफ दिएर मात्रै उनी उठ्छन् । मधेसवादी दलहरुले हाम्रो मधेसयात्रा रुचाएका छैनन्,’ यादव भन्छन्, ‘तर मधेसका जनताले उत्साहपूर्वक साथ दिनुभएको छ ।’ बाबुारमले भाषण गर्ने प्रत्येक सभामा एक देखि दुई हजारको सहभागिता रहने गरेको यादवले दाबी गरे । कस्ता-कस्ता प्रश्न ?  यात्राका क्रममा मधेसी जनतामा आफूप्रति रहेका भ्रम निवारण गर्न भट्टराई बढी केन्दि्रत छन् । यादवका अनुसार मधेसी जनताले डा. भट्टराई संवैधानिक समितिको सभापति हुँदा निभाएको भूमिकालाई लिएर अत्यधिक प्रश्न सोधिरहेका छन् । ‘आफू समितिको सभापति हुँदा किन मधेसको पक्षमा संविधान लेख्नुभएन ? जनताको प्रश्न उद्वृत गर्दै यादवले भने, ‘मधेसीलाई हेला गरिएको संविधान हामीले किन मान्ने ?’ यस्ता प्रश्न आउँदा भट्टराईले उदाहरणसहित जवाफ दिने गरेका छन् । उनको जवाफ यस्तो हुन्छ, ‘मानौं तपाईंसँग एक तल्ला घर बनाउने पैसा छ । तर, तपाईं चाहनुहुन्छ, चार तल्लाको घर बनाऔं । मेरो भनाइ के हो भने, पहिले आफूसँग भएको पैसाले एक तल्ले घर बनाऔं, त्यसपछि फेरि पैसा जुटाउँदै तल्ला थप्दै जाऔं ।’ संवैधानिक समितिको सभापति पदमा बस्दा आफ्नो भूमिकालाई डा. भट्टराई भीष्मपितामहसँग तुलना गरेका छन् । उनले सोमबार मलंगवामा आयोजित अन्तरक्रियामा भने, ‘त्यतिबेला म भीष्मपितामह जस्तो थिएँ । मेरा लागि एक थान संविधान निर्माण गर्नैपर्ने थियो । किनकि ०४६ सालदेखि म संविधानसभाको प्रवल समर्थक थिएँ । पहिलो संविधानसभा संविधान नबनाइकन भंग भएको थियो । दोस्रोले पनि संविधान नबनाएको भए मेरो जीवनकै ठूलो असफलता हुन्थ्यो ।’ भट्टराईले भन्ने गरेका छन्- ‘अहिलेको संविधानले जति अधिकार दिएको छ, त्यसको उपभोग गरौं । हामीले राजतन्त्र हटायौं, संघीयता ल्यायौं, समानुपातिक-समावेशी कायम गर्‍यौं, धर्मनिरपेक्षता लागू गर्‍यौं । यी चानचुने उपलब्धि होइनन् ।’ ‘तर, अझै पनि यो संविधान अपूर्ण छ । गिलास भरिएको छ, तर आधा खाली छ । भट्टराईको भनाइ छ, ‘त्यही भएर मैले संविधान जारी हुँदा दिपावली मनाइँन, आफ्नै पार्टीले आयोजना गरेको डिनर खाइँन । मधेसका एजेन्डा पूर्ण सम्वोधन नहुँदासम्म म कसरी उत्सव मनाउन सक्छु ?’ हिसिलाबारे प्रश्न  डा. भट्टराईलाई उनकी पत्नी हिसिला यमीको आचरण र व्यवहारसँग जोडेर पनि थुप्रै प्रश्नहरु आइरहेका छन् । ‘तपाईं भ्रष्टाचारमुक्त पार्टी बनाउँछु भनेर हिँड्नुभएको छ, तर भ्रष्टाचारको जालो तपाईंकै घरभित्र छ । श्रीमतीलाई नै ठीक ठाउँमा राख्न नसक्नेले कसरी देशलाई भ्रष्टाचारबाट जोगाउनुहुन्छ ?’ यस्ता प्रश्नहरु आउँदा डा. भट्टराईले हिसिलाले भ्रष्टाचार गरेको प्रमाण ल्याउन चुनौति दिने गरेको यादवले बताए । भट्टराईको जवाफ उद्वृत गर्दै यादव भन्छन्, ‘हिसिला सम्पन्न परिवारकी छोरी हुन् । उनको मन सोझो भएकाले कहिलेकाहीँ नसोचिकन केही कुराहरु बोलिदिन्छिन् । तर, भित्री आचरणमा कुनै खराबी छैन । भ्रष्टाचारका विषयमा उनलाई अदालतले नै निर्दोष सावित गरिसकेको छ । सक्नुहुन्छ भने हिसिलाले भ्रष्टाचार गरेको प्रमाण मकहाँ ल्याउनुस् । आरोपका लागि आरोप लगाउनुको अर्थ छैन ।’ मधेस मैत्री देखिन र गर्मीबाट जोगिन काँधमा गम्छा भिर्ने गरेका डा. भट्टराईले हुलाकी राजमार्गलाई आधार बनाएर यात्रा गरिरहेका छन् । उनीसँग रामचन्द्र झा, रामकुमार शर्मा, कलामुद्दीम लगायतका नेताहरु रहेका छन् । उनले सप्तरी सिराहा, महोत्तरी, धनुषा, सर्लाही लगायतका जिल्लाहरुमा यात्रा गरिसकेका छन् । कतिपय ठाउँमा उनले वृक्षारोपण पनि गरेका छन् । बाबुराम जनकपुरको योगशिविरमा पनि सहभागी भए । http://www.onlinekhabar.com/20... Last edited: 21-Apr-16 08:39 PM

cybernepali · Apr 21, 2016 8:39 PM · 3,517 views

3 Replies

cybernepali, ले यार्चागुम्बा चपौन शुरु गरया हो कि के हो ? येस्तै यौन अभिप्राय बोकेका अस्लील शीर्षक राख्न थाल्या छन् | अस्ति 'छिरे पछि निस्कने गारो' रे अहिले ' बाबुरामले हिसिलाले गरेको प्रमाण मागे ' रे भोलि ' दुइटा भोगटे को बिचमा लामो केरा ' भनेर नि लेख |

bittertruth · Apr 22, 2016 12:14 AM

Nice: Wasting our time for their advertisement.

magorkhe1 · Apr 22, 2016 8:25 AM

प्रचंडेले करोडौ को घर किन्यो , कहा वाट आयो पैसा भन्दा जनताले माया गरेर किनिदिएको भन्यो - आफुलाई खान छैन त्यो फुस्रे लाइ दिनु ? We are learning how to lie from you folks.

magorkhe1 · Apr 22, 2016 8:32 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all