"मेरो मनलाई रुवाउनेहरुका लागि - जब जब म नया फोटो हाल्छु, कुनै नया फिल्मको गीत या म्युजिक भिडियो शेर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाइ? के मैले कुनै प्रकरको चोट पुराए? तपाइलाइ ब्यक्तिगत रूपमा ठेस पुराए?? 'रन्डी', 'भालु', 'बेशिया'.... येस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो? एक्दम महान काम गरे झै लाग्छ हो? हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरी फिलिम शुटिङ, घरी कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाइ मनोरंजन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौ। के को लागि? येहि आलोचना खप्नको लागि? कति चित्त दुख्छ होला सोच्नुस। यहाँहरुको घरमा छोरी-चेली छैनन? एक पटक सोच्नुस त, तपाइको घरको दिदी-बहिनी, आमा, भाउजू, छोरी हरु माथी येस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाइ कस्तो महसुस हुन्थ्यो?? ठिक त्येस्तै महसुस हुदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाइ। कहिले काहीँ मामुले फोन गरेर 'छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त। छिटो डिलिट गर' भन्नूहुन्छ। कति चित्त दुख्छ होला वहाँको। तपाइलाइ यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउदै न आउनुस। बरु ब्लक गर्नुस मलाइ तर अश्लील, जथाभावी कृपया न लेखि दिनुस होला। देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कल्ले त? यती भन्न चाहन्थे। धन्यवाद।" Priyanka's Facebook: https://www.facebook.com/Priya...
ABJ977 · Apr 17, 2016 1:53 PM · 19,604 views
कुरा ठीकै हो । फेसुबुकमा आसाध्यै छाडा कमेन्ट गर्नेहरू छन् । यो ठीक होइन । उनको नीजि जीवन र जीवनशैलीको कुरा हो, स्वतन्त्रता हुनुपर्छ । नेपाली समाज अझै पनि हलिउड, बलिउड ग्रेडको फेसन पचाउन काबिल छैन । अहिलेको प्राविधिक संसारमा हाम्रा कलाकारहरूले अन्तराष्ट्रिय फेसन फलो गर्नु स्वाभाविक हो, यो रोकेर रोकिन्न । यस्ता फेसन सही हुन् कि गलत भन्ने छुट्टै तर्क गर्न मिल्ला, तर त्यो फेसन फलो गरेकै भरमा तथानाम गाली गर्नु कदाचित मान्य हैन ।
Rajendra Adhikari · Apr 17, 2016 6:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion