कहाँ छन यी महारथीहरु?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहाँ छन यी महारथीहरु?पोहोर साल सम्प्रेषणको सामुदायिक बहसमा यी महारथीहरु हाम्रा एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्रीको आंशिक सफल बिरासत थाम्न अनि थेग्न कस्सिएका सतहमा आएका रहेछन | फेसबुकले मलाई चाँही एका बिहानै ति क्षण र दिनहरुको सम्झना गरायो | अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भन्दा पनि चर्को दौडाह थियो यिनीहरुको | न्युयोर्कमा सम्पन्न भएको सम्प्रेषणको सामुदायिक बहस सकेर कोही त्यहि साँझ लस एन्जेलसको उडान भर्दै थिए भने कोही टेक्सासको बहसमा पुग्न आतुर थिए | बिभिन्न मन्चहरुमा सातदेखि सत्र बुंदे घोषणा-पत्र सहित चर्का तामसी देखि मायावी योजनाहरु लिएर देखा परेका मन्चमा आसिन महारथीहरु अहिले मौन अथवा चुपचाप छन | मानौं अब यिनको प्रवासी नेपाली समाजमा कुनै अनि केहि दायित्वनै छैन | यी मध्य केहिले तथाकथित न्याय खोज्ने बहानामा वर्तमान कार्यसमितीको बिरुध्द अमेरिकी अदालतमा मुद्दा दाएर गर्ने क्रमसम्म अगाडी देखिए त्यस पछि थकित अनि लाचार स्वभाब अनि स्वार्थमा अहिले चुपचाप छन | केन्द्रदेखि अमेरिकासम्मको वर्तमान एनआरएन संस्थापन अहिले ठुलो अनि चर्को स्वरमा बोल्ने अनि बिरोध गर्नेलाई "पद" सिर्जना गर्दै उपहार स्वरूप दिएर बिरोध अनि न्यायलाई मत्थर अनि निस्तेज पार्ने खेलमा लागेको छ | एनआरएन अमेरिकालाई नाङ्गो शैलीमा कांग्रेसी भात्री संगठन नेपाली जनसम्पर्क समितीले खुलेआम कब्जा गर्दासम्म पनि यी महारथीहरु चुईक्क बोलेका छैनन् |  अब कुरो प्रष्ट भयो यिनको मक्सद, अभिष्ट अनि ईरादा पनि सिर्फ त्यो "अध्यक्ष" पद रहेछ | सायद यी महारथीहरु पनिं अर्को निर्वाचनकोलागि आन्तरिक सदस्यता वितरणमा व्यस्त होलान (?)

fashioninstitute · Apr 15, 2016 10:55 AM · 8,554 views

1 Reply

Cage an Octopus ?So, you’ve got this pet octopus. Let me guess, she keeps trying to escape. Opening the lid to her tank, pushing the lid, creeping across the floor. You always manage to catch her before she squeezes herself down the bathtub drain. Sounds like you need a quick lesson in octopus husbandry. By the way, you are not alone. Several months ago, an octopus named Inky escaped from the National Aquarium in New Zealand (he was eventually found at a nearby offshore reef and brought back). In that case, someone had accidentally left the tank’s lid ajar, so Inky made a break for it. But wait, if octopi—pardon, I mean octopuses—are smart enough to make like Andy Dufresne, should you be locking them up in the first place ?

Khaobaadi · Apr 15, 2016 11:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all