हे राम ! कुखुरालाई पानी नखुवाउँदा ‘मालिक’ ले लियो ज्यानमुसहर विजुलिया सदालाई निर्घात कुटेर मार्ने पवन बस्नेत फरार राजकरण महतोवर्दिबास, चैत २७ । कुखुराका लागि पानी ओसार्न नमान्दा एकजना मुसहरलाई ‘मालिक’ को निर्घात कुटाइबाट ज्यान गुमाउनु परेको छ । महोत्तरी जिल्लाको हात्तिलेट–२ का विजय बस्तीमा साहुको कुटपीटबाट गम्भीररुपमा सिकिस्त भएका २६ वर्षीय विजुलिया सदाको मृत्युभएको छ ।गरिब र कमजोर सदालाई घरेलु काम गर्ने नोकरी दिएका सोही ठाउँ बस्ने साहु पवन बस्नेतले गत मंगलबार निकै अक्रामक भएर अन्धाधुन्ध कुटपीट गरेका थिए । निर्धन र आश्रित कामदारलाई कुटपीट र गालीगलौज गर्ने कुरालाई सामान्य र हैकमको प्रतीक मानिने स्थानीय समाजमा घटना भइरहँदा कसैले प्रतिकार गरेनन् । क्रुरताको पराकाष्ठा सदाको मृत्युपछि बस्नेत फरार भएका छन् । उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय वर्दिबासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले बताए ।बस्नेतले सञ्चालन गर्दैआएको कुखुरा फर्ममा काम गरेर गुजारा गर्दैआएका सदालाई कुकुरालाई पानी ल्याएर नखुवाएको भन्दै बस्नेतले कुटपीट गरेको बताइएको छ । बस्नेत पथलैया बजारबाट रक्सी सेवन गरेर आएको पवनले विजुलियालाई मरणासन्न हुने गरी कुटपीट गरेको स्थानीय जानुका परियारले बताइन् । उनले भनिन,–‘ डरका कारण गाउँलेमध्ये कसैले पनि प्रहरीमा खवर गरेनन् ।’निर्घात कुटाइका कारण सदा चार दिनदेखि थला परेको गाउँलेहरुले बताएका छन् । सदाको अनुहार, छाती र कोखमा गहिरो चोट देखिएको छ । ‘मान्छे होइन, मुसहर मरेको छ सरकार !’ विजुलिया सदाको हत्यापछि दलित मुसहरहरुको विजय बस्ती शोकमा डुबेको छ । करीब १ किलोमिटर टाढाबाट साइकलमा पानी ओसारेर विजुलियाले दिनदिनै बस्नेतले सञ्चालन गरेका दुईओटा कुखुरा फर्ममा कुखुुरालाई पानी खुवाउने र चारो हाल्ने काम गर्दै आएको स्थानीय मिनु दमाइले बताएका छन् ।कष्टपूर्ण शारिरिक श्रम गरेर गुजारा चलाउँदै आएका विजुलिया सुकुम्बासी हुन् । रातु खोलाको बगरमा एउटा सानो झुपडीमा उनी जहानसहित बस्दै आएका थिए । घटनाको शीघ्र छानबिन हुनुपर्ने र हत्यारालाई कडाभन्दा कडा कारवाही हुनुपर्ने स्थानीय बासिन्दाहरुले माग गरेका छन् । सदाको हत्यापछि स्थानीय जनताहरु भन्छन्,–‘घटनाको अनुसन्धान र दोषीलाई कार्वाही गर्ने कुरामा मान्छे होइन, मुसहर मरेको हो सरकार भन्नेहरु हावी नहोउन् ।’ Read more at #sancharaknepal http://www.sancharaknepal.com/...
cybernepali · Apr 11, 2016 10:09 AM · 2,253 views
He should be jailed for life without parole.
magorkhe1 · Apr 13, 2016 8:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion