Turkish Airlines!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Dear Sajha users, Do any of you have flown through Turkish Airlines to KTM? I'd be grateful if you can share your experiences.

Jerilee · Apr 10, 2016 6:18 PM · 21,852 views

12 Replies

Not worth of flying : per past blogs.

magorkhe1 · Apr 10, 2016 7:28 PM

काठमाण्डौको बिमानस्थल चौरमा बिमान हलो जोते झै जोत्ने टर्किस एयरलाईन्स नै होइन पोहोर साल ?

Khaobaadi · Apr 10, 2016 7:35 PM

khaobaadi jee, Ke bhanna khojnu bhako ho ali clearly bhannus na! I really need your review.

Jerilee · Apr 10, 2016 7:45 PM

don't travel even if its free.

furke · Apr 10, 2016 9:39 PM

केही बर्ष अघि साझा मै पोस्तिएको मेरो नयाँ नेपाल को यात्रा शिर्षकको लेख को टर्किस इअर को अनुभवलाई फेरी टाँसी दिएको छु । जे एफ के , टर्किस इअर र इस्तानबुल हवाई अड्डा धेरै बर्ष तामेली रहेको नेपाल यात्राको लागि सस्तो टिकेट खोज्दै गर्दा टर्किस इअरले लोभलाग्दो प्रमोशन रेट दिएकोले मात्र हैन उडान अवधि को हिसाबले पनि इस्तानबुल हुँदै यात्रा गर्नु उपयुक्त थियो नै | सस्तो कस्तो हुन्छ भन्दा नि अमेरिकी भूमिबाट झारे झुरे प्लेन उड्ने हुँदैन भन्ने बिश्वास थियो | जेएफकेको टर्किस इअर दिपार्चार गेट पुगे पछी सस्तो मालको छनक देखिँदो रहेछ| इअर्लाइन्सका कर्मचारी गफैमा मस्त थिए, लाइन अस्तव्यस्त थिए | कुन लाईन बिजिनेस क्लासको कुन चाहि इकोनोमी, अझ इकोनोमीमा पनि कुन ग्रुपको कुनै संकेत- सूचना थिएन ...नेपालमा लाग्ने जुन सुकै लाइनको झझल्को दिने गरी अब्यबस्थित थियो | टाइम भयो ... “ बिजिनेस क्लास दिस वे ....इकोनोमी ग्रुप ए इज द्याट वे “ भन्दै लाइनलाई खण्डित बनाउँदाको दृश्य हेरी नसक्नु थियो | बेलाइनबाट र बे-क्लासको बोर्ड गर्दा नि बाल थिएन | जहाजको ढोका मै २ जना टर्किस भुसतिघ्रेहरु ह्याण्डक्यारी ब्यागको साइज नाप्न बस्या रैछन | मेरो ब्याग अलि ठुलो देखिन्थ्यो, तर अन्तर्राष्ट्रिय मापदण्ड भित्रकै थियो | “ तपाइले यो ब्याग भित्र लान सक्नु हुन्न, ब्याग ठुलो छ” भन्दै रोके | एक जनालेले बोर्डिंग पास को अधिकत्ति लिएर कुलेलाम ठोके र मैले किन ब्याग लान नमिल्ने भन्ने बहस सुरु गरि हालें | मेरो ब्याग चेक इन गर्दा तौलिदा के हेरेर बसेको, अझ बोर्डिंग गर्दा न रोक्ने , प्लेनको मुखै मा रोक्ने के चाला हो यो – म पड्किए | इन्टर्नेशनल साइजको हो, कसरी लान न पाउने म पनि हेर्छु भने | त्यतिन्जेल अघि मेरो बोर्डिंग पासको टुक्रा लिएर जाने लौका ब्यागको ट्याग बनाएर आइहालेछ | “तपाइंको ब्याग कार्गोमा जान्छ , काठमाडौमा पाउनु हुन्छ” रे | म यो ब्याग कार्गोमा राख्न दिन्न, नाप तौल गरौँ कसरी मिल्दैन हेरम , मैले नि अड्डी लिएँ | त्यसो भए यसमा छिराउनुस भनेर गेट संगै ब्यागको साइज नाप्ने भाँडो देखाए | लौ हेर कसरी छिर्दैन भनेर मैले नि मज्जाले छिराई दिएँ | बेफ्वांकमा मलाई मात्र हैन अन्य यात्रुलाई समेत असुविधा हुने गरी अपरिपक्वता दर्शाए | सस्तो टिकेटको यात्रा कस्तो कस्तो लाग्न थालिसकेको थियो | प्लेन उड्यो | प्लेन भित्र वितरण गर्नु पर्ने सबै आइटमहरु दिए | रातको ११.१५ को उडान, भोकले साउती गरी सकेको थियो | टाइम मै खाना ल्याए | खाना ठिकै थिए तर मात्रा .....| म जस्तो औसत नेपाली साइजको पेटलाई त पुग न पुग थियो तर ज्याङ्गो खैरेको सन्तानलाई चाही... म सोच्दै थिएँ | १० -११ घण्टाको उडान मा बीच मा केही खाने पिउने नाई....| भोक लाग्न थाले पछी यात्रुले विमान परिचारिकालाई बोलाउने वटन थिच्ने क्रम सुरु भयो | मलाई नि तिर्खा लाग्यो, मैले नि थिचें ...| बाल छैन बाई ...| त्यो घन्टीको कुनै जवाफ छैन | सब जना खाना राखेको सानो कक्षमा गएर स्यान्द्विच, पानी , जुस लिंदै फर्किंदै गरेको लाजमार्दो दृश्यमा आफु पनि समाहित हुन पुगें | इस्तानबुल पुग्ने बेलामा फेरी खाजा खुवाए | इस्न्ताबुल पुगियो | प्लेनबाट निस्कदै ट्रान्जिट पेसेंजेर भन्ने सोचक हेर्दै गएँ | ट्रान्जिट पेसेंजेर भन्ने लेखिएको बाटोमा रातो रिबनले बन्द गरिएको भेटियो | सबजना त्यता रोकिए | किन बन्द, बन्द भए बैकल्पिक बाटो देखाउने कोइ आएन | धेरै बेर सप्पै जम्मा भैसक्दा पनि कोइ आएन | पाइलट महाशयहरु निस्कँदा बल्ल यही बाटो जाने भनेर देखाई दिए | निस्कने बित्तिकै फेरी सेक्युरिटी चेकजाँच | त्यो नि गरियो | अब्यबस्था यस्तो थियो कि पाइन्टको पेटी अर्कै डुकुलंथुकले लिएर हिडी हाले | भर्यांग उक्लेर मुख्य ट्रान्जिट एरिया त फूड कोर्टको मुखैमा रहेछ | एक छिन आराम गर्नु पर्ला भनेर यसो निस्कें... बिसौनीको खोजीमा ...| बस्ने ठाउँ भए पो पाउनु ....हजारौं ट्रान्जिट यात्रीको लागि मुश्किल ले १०-१२ कुर्सिको ब्यबस्था रहेछ | ट्रान्जिट एरियामा यति मान्छे थियो कि मानौ दशैँ तिहारको बेला असन चोकको हाल जस्तो थियो | बाटोको बीच बीच मा खाने र पिउने पसलहरु | तपाईलाई थकाइ लागेको छ भने आउनुस , बस्नुस पैसा तिरेर जानुस भनेर स्वागत गर्न बसेका कफी शप र स्यन्द्विच पसल| नबसी धरै भएन | एक कप फिका चियाको ६ टर्किस लिरा ... एक्सचेन्ज रेट १ डलर बराबर २ लिरा | ३ डलर तेरेरै भए नि एक छिन त बस्नु पर्यो भनेर एक कप चिया मागें ..| ६ लिरा प्लिज – भने | मैले डलर डलर भनें, ४ डलर भन्छ बा टर्किस तरुनी ...| हाउ ४ डलर भनें , तरुनीले मस्किन्दै १ डलर इज १.५ लिरा पो भन्न थाली . ठग कहीं कि ....| त्यै पसल को सामुन्ने मैले पैसा साट्ने बैंक देखेको थिएँ | मलाइ नि झोंक चल्यो | १ मिनेट. आइ विल गिभ यु टर्किस लिरा भन्दै अगाडीको सराफीको पसलमा डलर साटेर दिएँ | झन्डै ४ घण्टा ट्रान्जिट टाइम थियो | काठमाडौ फ्लाइटको लागि दिपार्चर गेट नै निर्धारण नगरेको अवस्थामा त्यो मूल एरियाको वरिपरी टहल्दै गेटको जानकारी प्रतिक्षारत थिएँ | ८.४५ बेलुकीको फ्लाइट, बल्ल साढे सातमा गेट नम्बर आयो ... दङ्ग परेको र फेरी खिस्स ....| ३.५ घण्टा ढिला भन्ने सूचना | ठिकै छ भोक लाग्या बेला खाएर आउनु पर्र्यो भनेर फूड कोर्ट तिर लागियो | दर भाउ चाहार्दा डर लाग्यो | एउटा क्यान कोक को ६ डलर, बर्गर किंगको डलर मेनु ५ डलर .... चाइनिज भात मासु को १५ डलर ... | भोकै मर्ने कुरा भएन | चिकेन भात नमिठो खाएँ | १२.१५ राति उडान भएकोले ११ बजे तिरै निर्धारित गेट मा पुगें . एक जना तर्किस इअरको ब्याच लाउने आएर ... यु ह्याव फूड एत् बर्गर किंग पो भन्छ बा................| अघि नै भन्नु पर्दैन साले ...अब १० % यात्रु न भएको बेला खानाको ब्यबस्था छ भन्न आउनुको रहस्य र सस्तो टिकेटको बीच सम्बन्धन खोज्न कर लाग्यो नै | प्लेन उड्यो | साढे ६ घण्टाको उडान | सिटमा टिभी थिएन | भित्ताको टिभी पनि अफ थियो | समय मुश्किलले कटाईयो | काठमाडौ पुगियो, तर प्लेन काठमाडौ वरिपरी घुमाएको घुमाए नै ... हुस्सु र ट्राफिक जामको दोहोरो मार | जति कष्ट सहेर पनि आफ्नो माटोको सुगन्धको स्पर्शले दुख भुलियो | आफ्नी सुटकेस बोकी नयाँ नेपालको दर्शन भाग २ मा निस्कें........

rahulvai · Apr 11, 2016 11:44 AM

turkish airlines is good.

dolphin · Apr 11, 2016 1:48 PM

Some people have bad experiences due to delays but i think most people reached their destination on time. Its normally the cheapest airfare so its good if u dont mind experiencing some travel delays..

mojaboy · Apr 11, 2016 1:56 PM

I heard many negative reviews about Turkish airlines. But my experience flying with them was good. Farkida chai alik tight schedule thiyo, coz transit was just for an hour or something, you have to go through security check and my gate was all the way on the other side of the terminal. There is a high chance of missing your connecting flight. Luckly i was able to get in to my flight on time.

GariKhanaDeu · Apr 11, 2016 2:24 PM

Totally agree with @GariKhanaDeu. Same thing happened with me in 2013. Transit in Istanbul was only an hour, flight delayed in ktm with 40 mins, So they literally made us run. They made the plane to US await for 20 mins, but i was lucky enough to catch the flight. There is a high chance that you might miss the flight. And the real story only starts if you miss the plane. Few of my frens missed the flight because pilots dint want to fly in the foggy weather in Nepal (its is everyday story, if they already know its going to be foggy , they could have simply change the flight schedule). They dont give you hotels unless you have US passport, the airport is the main hub for Europe so its very crowdy, you are lucky if you get the empty chair to sit. And the next flight is not until next day, addition to that they treat to horribly. But my experience was good, as i reached US within 24 hours.

efg · Apr 11, 2016 3:52 PM

Rule of thumb : you should have enough time in transit. Your flight should be headache free. Missing plain and not able to get a chair ? And await for 24 hours? Not worth of traveling .

magorkhe1 · Apr 12, 2016 12:05 PM

magorkhe, rule of thumb plain=/= plane.

aingnam01 · Apr 12, 2016 12:21 PM

काठमाण्डौको बिमानस्थल चौरमा बिमान हलो जोते झै जोत्ने टर्किस एयरलाईन्स नै होइन पोहोर साल ? paani parnu hundaina, kathmandu airline ko maidain nai khet jasto, entrance goth jasto, saaman osaarney haru dudh-chor gothala jasto, bichara turkish airlines ley halo najotera k ropai garnu ta?

bittertruth · Apr 12, 2016 1:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion