तपाँइहरुले http://www.12thari.review मा छापिएको यो पढ्नु भयो त? हामीले आजभोलि केही नाम चलेका अनलाइन पोर्टलमा अझ विशेषगरी बेरोजगार अनलाइनमा अमेरिकी पलायनवादीको रुवाइ पढ्ने गरेका छौँ। त्यो पढ्दा लाग्छ, उनीहरुलाई फसाएर अमेरिका ल्याइयो, उनीहरुको इच्छा गाँउमै हलो जोतेर बाँझो खनेर बस्ने थियो। अमेरिकाले गर्दा उनीहरुले कुकुरले नपाएको दु:ख पाए। कतिले अकालमा ज्यान गुमाए। कसैले श्रीमती गुमाए। कतिका श्रीमान श्रीमती पारपाचुके गरे, सँस्कृति र परम्पराको खिल्ली उँडायो अमेरिकाले। स्वर्ग भनेर आएको अमेरिकामा नर्कको आभाष भयो। कतिले अमेरिकालाई मृत्युपथ नि भन्न भ्याए भने कतिले यो ग्रिनकार्ड च्यातेर नेपाल फर्किन्छुसम्मका बोक्रे राष्ट्रवाद अलापे। तर फर्किन चाहिँ कोही फर्केनन्। यहीं बसिरहे, डलर छापिरहे, अनि निरन्तर गोहीका आँशु झारिरहे। गुनासाहरुले थिच्चिएर निस्साइएका यावत कुराहरु मध्य केही बुदाँलाइ हामीले केलाउने जमर्को गरेका छौँ। हामीले यहाँ सबै गुनासा समेट्न नसकौँला। तपाइँहरुले सुनेका र हामीले छुटाएका गुनासाहरुलाई कमेन्टमा लेख्न कत्ति पनि नहिच्किचाउनु होला। पैसा रुखमा फल्दैन हो, पैसा रुखमा फल्दैन, तर फलाउन जान्न पर्छ। एउटा अपार्टमेन्ट लिनुस्। त्यसमा आफु सहित ४ जना अरु राख्नुस । दुई जनालाई एउटा बेडरुम दिनुस्, अर्का दुईलाई लिभिङ्ग रुममा सुताउनुस्। एकजनाबाट ५००$ लिनुस्। २ हजार डलर आउँछ। जसबाट तपाइँले सबैको लागि खाना, पानी, बत्ती, घरभाडा सबै उठाउनु हुन्छ र तपाइँका जोइपोइले कमाएको चोख्खो बच्छ। अनि साथमा काम गर्दा क्याँसमा काम गर्नुस्। फुडस्ट्याम्प लिनुस्। त्यसो गर्दा खानामा पैसा कत्ति नि खर्च भएन । अनि थोरै आम्दानीमा काम गरेसी बर्षको अन्तिममा ट्याक्स रिटर्न नि टन्नै आउने भो। फुडस्टयाम्पबाट किनेका धेरै खाना अरु नेपालीलाई आधा पैसामा बेच्नुस्। तपाइँका बुढाबुढीले यसो गर्दा महिनामा कम्तिमा ६ हजार डलर बचाउन सक्नुहुन्छ। अब भन्नुस्, फलेन त रुखमा पैसा?? बात कर्ते हो। बाटोमा आइफोन हुँदैन फूर्तिचाहिँ अमेरिकामा बस्ने भन्ने अनि बुद्धिचाहिँ दुईपैसाको छैन। थाहा छैन आइफोन किन्नलाई एप्पल स्टोर जान पर्दैन। ८ सय डलर तिर्नै पर्दैन। ग्याँस स्टेसनमा चोरीका आईफोन ५०-१०० डलरमा मज्जाले पाइन्छन्। त्यही किने भएन? नत्र फोन किस्तामा लिनुस्। इन्सुरेन्स लिनुस्। अनि फोन नेपाल पठाउनुस्। फोन हरायो भनेर अर्को लिनुस्। त्यो नि पठाउनुस् नेपाल, फेरी अर्को लिनुस। एउटा कुरा थाहा पाउनुस्, तपाइँले दुईपटकसम्म फोन हराउन पाउनुहुन्छ। अनि के खोजेको? हराए हुन्न फोन? त्यसो गर्दा बाटामा भेटे जस्तो भएन आइफोन? ठाँस्नी, दिमाग सिमाग छैन, अनि बाटाँ फोन पाइँदैन भन्दै रुँदै हिड्छन्। स्वास्थ्य बीमामा पैसा अमेरिकामा बसेसी बीमा त गर्नै पर्यो नि। तर बीमामा पैसा खर्च भयो भनेर किन रुने नी? तरिका जान्नु पर्छ के तरिका। बुद्धिजति भुटेर खाएपछि रुयो बस्यो। अनलाइनमा रुएर पैसा पाइन्छ? अघि रुखमा पैसा फल्दैन भनेको ठाउँमा ‘लो इनकम’मा बस्ने भन्ने जानेको भए, ‘लो इनकम’मा बसेसी सरकारले फिरिमा बीमा दिन्छ, त्यही बिमा लिएसि कुरै सक्कियो। त्यसपछि झ्याम्म बुढीलाई ब्याउने बनायो, एक सुक्को तिर्न पर्दैन । उल्टो बुढीले गर्भवती भइन्जेल गर्भवती डाइट भनेर खानेकुरा सरकारबाट पाँउछे। बच्चा भएसी बच्चाले दुध खानेकुरा १ बर्षसम्म सरकारबाटै पाउँछ। सुत्केरी डाइट भनेर नि सरकारबाटै पाउँछ। आइडिया जान्नु छैन, यसै रुँदै बसेर हुन्छ? हुनत दिमागमा बुद्धि भएको भए अनलाइनमा रुँदै को बस्दो हो। झ्याम्म बिउ हाल्यो, सरकारसँग प्रभु बुढी ब्याउने भइ यसो उसो गरिपाम् भनो। दिनमा १२ घण्टा काम गर्न पर्छ थुक्क ! जाँ* घामट। अमेरिका गएर सुतेर खान गएका थियौ? कि ससुराली हो अमेरिका र ज्वाइँलाई जस्तो मेजमान दिनुपर्ने तिमीलाई? कि बाउले कमाएर राख्देको छ अमेरिकामा? नेपालमा च्या’ पसलमा टाङ्ग खप्टेर गफ लगाए जस्तो सोचेर अमेरिका हान्निएसी गानो जाउन्जेल काम नगरेर सुख? पैसा कमाउनु नि छ रे, अमेरिकी लाइफ बिताउनु नि छ रे, अनि काम गर्न पर्छ, दु:ख छ हजुर रे। कस्ले फेसबुका देखेका अग्ला घर हेरेर लोभिएर अमेरिका जानु भनेको थियो? कि सिआइएले कन्चटमा पेस्तोल राखेर अमेरिका गइनस् भने मार्छु भनेको थियो? अब गर न काम पैताला पोलुन्जेल ठडिएर। गाडीको ईन्सुरेन्स र किस्तामा पैसा जान्छ कस्ले गाडी किन भन्या छ त? जाऊ न न्युयोर्क, सिकागो, डिसी जस्ता ठुला ठुला शहरतिर गएर बस। त्यहाँ काम नपाइने हैन क्यारे मज्जाले पाइन्छ। गाडी नि सार्वजनिक यातायात आफ्नै गाडीमा गए भन्दा छिटो पुग्ने गरि पाइन्छ। खुब अमेरिकामा छु भनेर गाडी किन्न कस्ले भन्या ‘थ्यो त? ल गाडी किन्नै पर्यो रे, सेकेन्ड ह्याण्ड थोत्रो गाडी किने भओ नि त किन्नै परे। हजार, दुईहजार डलरमा मज्जाले पाइन्छ केरे। इन्सुरेन्स नि सस्तोवाला लिए महिनाको ५० पनि तिर्न पर्दैन। खुब फेसबुकमा गाडीको फोटो राखेर सान झार्न महङ्गो गाडी किन्ने अनि खुल्ला पत्र लेख्दै गाडीको पैसा तिर्नु छ नेपालकाले बुझ्दैनन् भन्दै रुदै बसेर हुन्छ? डाडुमा पानी तताएर मरे हुन्छ नि नालायकहरु बरु रुनुभन्दा त। कमाएको पैसा कलेजलाई तिर्दै ठिक्क हुन्छ हैन, नेपालमा भिषा लगाउने बेला त घरको कमाइ करौडौँ देखाएको होइन? चल अचल सम्पति नि उत्तिनै देखाएको होइन?अनि कलेजलाई लाग्ने खर्च पुरै घरबाट ल्याउँछु भनेर भिषा लगाएको होइन? कति चाँडै बिर्सेको? आफ्नै बाउले पैसा पठाउछन्, त्यही पैसाले पढ्छु भनेर भिषा लाएर आउने, अनि यहाँ आएर कमाएको कलेजलाई तिर्दै सकिन्छ भनेर रुने? कमाउन आएको कि पढ्न आ’को? जे भनेर आ’को त्यही गरे रुनु पर्दैन नि। किन ढाँटी ढाँटी नभएको कमाइ देखाइ देखाइ अमेरिका जानु पर्ने होइन? खुच्चिङ पर्यो। खान नपाएर मर ठाँस्नी। राम्रो काम पाइएन राम्रो काम पाउन त खुबी हुन पर्यो नि!! एयरपोर्टबाट झर्न नपाइ यहाँको चालचलन, आनीबानी बुझ्न नपाई हान्निएर घण्टा हान्न जान हतार। अनि हातमा पैसा पर्न थालेसी काम छोडेर आफ्नो खुबीवाला काम खोज्ने आँट हुदैन। अनि भन्नु खुबी अनुसारको काम पाइन भनेर। गर्नेले गरि हेका छन् त। डाक्टर इन्जिनियर, प्रोफेसर, लेक्चर सबै भएका छन् त नेपाली। नेपालमा क्याम्पस पढाएर आउँदैमा अमेरिका छिर्नासाथ कसले जागिर दिन्छ? अमेरिकाको टिचर हुनलाई पास गर्न पर्ने कुराहरु पास गर्नु पर्यो नि, समय दिनु पर्यो नि। १८घण्टा क्यासमा काम गरेर गोजी भर्ने अनि ६ घन्टा दु:ख भो भन्दै रोएर भुत्राले उँभो लागिन्छ? चिनेकाले सहयोग गरेनन् चिनेकाले आफ्नो काम गरुन् कि २४ घण्टा तपाइँको हात समातेर हिँडुन्? कि तिनले पनि काम नगरेर अनलाइनमा रुँदै बसुन्? औँला दिँदा डुँडुला निल्न नपाएको रीस लगेर कथा बनाएर नपोख्नुस् के। चिनेकाले, पहिलादेखि बसेकाले बाटो देखाइदिने हो। यसो गर, उसो गर भनेर भन्दिने हो। अब तपाइँको चाहना अनुसार यसो गर उसो गर नभनी सबै काम गर्दिने चिनेका हुनु पर्छ भन्ने छ? नेपालको शान, रवाफ अमेरिकामा देखाएर भओ त? मेरो गर न्युरोड हो भने पनि तपाइँलाई अमेरिकामा कसैले गन्दैन के हजुर। ए म त यस्तोको छोरो उस्तीकी छोरी भनेर ठालु पल्टेर बस्ने अनि अरुले गर्दिएनन् भनेर हुन्छ? संसारका जुनसुकै विकसित देशमा पनि आफ्नो काम आफै गरौँ, नजाने कसरी गर्ने भनेर सोधौँ तर गर्देऊ नभनौँ भन्ने मन्त्र आत्मासाथ गर्न पर्छ। अरुले काम यहाँ पाइन्छ होला जा गएर बुझ् भनेसी आफै गएर बुझ्ने हो, उस्ले गएर बुझेर तपाइँलाई त्यहाँ लगेर यसरी काम गर्ने भनेर देखाउने फुर्सद त कसैलाई नि हुन्न नि। तपाइँका लागि अर्को भोकै बस्नुपर्छ भन्ने छ? नेपालीले नै ठग्छ ठग्ने भनेको के हो? तपाइँलाई टाउकामा बन्दुक राखेर ल यति पैसा ले नत्र मार्दिन्छु भनेको हुन्छ? तपाइँले तत्कालिन अवस्थामा उसका शर्तहरु मन्जुर गरेर नै उक्त रकम वा अन्य कुरा लेनदेन गरेको हुन पर्छ। अब अमेरिका पुगेर पनि नेपालमा जस्तो महिनौँ पाहुना बसेर खान पाइनँ भनेर ठग्यो भन्दै हिँड्ने हो भने त बाँच्नु नै किन के? लौ खानेकुरा पैसा सेयर गर्ने बेला बढी लियो भन्ने हो भने त्यही बेला हिसाब गरेर छिनोफानो गर्न के ले रोकेको ‘थ्यो? जब उसँगको साथ सकियो अनि उ रातारात ठग भो? हो, यस्तै किसिमका बानीले गर्दा नयाँ जाने नेपालीलाई पहिलादेखि बसेका नेपालीले असहयोग गर्न थालेका पो हुन् कि? अनलाइनहरुमा धेरैपय अम्रिकामा बस्ने पलायनवादी रुने भएकाले यो लेख उनीहरुका लागि विशेष फोकस भयो। तर यो संसारको जुनसुकै कुनामा पुगेका नेपालीको हकमा लागु हुन्छ। पैसा कमाउने सपना देखेर विकसित देश गएपछि त्यहाँको वातावरणमा घुलमिल हुनु नै राम्रो हो। २ घन्टा काम गरेर ४ घन्टा चिया पसलमा बिताउने हो भने नेपालमै बसे हुन्छ। तर स्वेच्छाले विदेश लागेपछि रुएर बस्ने होइन। From: http://12thari.review/12-27-ku...
aaitey · Apr 5, 2016 5:41 AM · 14,141 views
Whatever u spitted out here doesn't apply to everybody buddy., may be it does to purveli and syangjhali may be u r one of them fuker
PU_Hunter · Apr 6, 2016 8:22 AM
It hit you hard huh ! It may not fit us but you are offended ? That does not mean you should bring पुर्बेली र पस्चिमेलि ( स्याङ्जाली ). काठ र काठमान्डु सँग जोरिएका बासी हरु बाट जोगिनुस् , देखेको सुनेको चै धेरै हुन्छ तर बुझेको चै धेरै थोरै, यिन्का आवश्यकता शहर बासी भन्दा धेरै हुन्छन अनी जे पनि गर्छन् | गाउ बाट बिहे गरेर २-३ जनाको माउ भए पछी बच्चा घरमा माउ बम्बै पुर्याउने लाई कुन श्रेणी मा राख्नु हुन्छ | सिराहा , सप्तरी तिर मुठ्ठी बाधेर हिंड्नु पर्छ भन्ने चै सुन्नु भएको छ कि छैन ? तमसुक उहिलै तयार भै सकेको हुन्छ , खाली ल्याप्छे मात्रै बाँकी | तेसैले उखान का पछी नलाग्नुस् | Last edited: 07-Apr-16 07:14 AM
magorkhe1 · Apr 6, 2016 10:42 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion