कृष्ण धराबासीको male chauvinist लेख र त्यसलाई जवाफ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नारी दिवसमा पुरुषका कुरा 12 Mar 2016 २९ फागुन, २०७२ कृष्ण धराबासी मसँग असंख्य त्यस्ता पुरुषहरु सम्पर्कमा छन् जो आफ्नी पत्नी, प्रेमिका वा नातेदार महिलाबाट पटक पटक बलात्कारमा परेका छन् । एक उत्तेजनाबाट सिथिल भएको पुरुष अर्काेपल्ट तत्कालै संभोगका निम्ति तयार नभएको अवश्थामा उसमाथि महिला साथीबाट हुने अत्याचार सामान्यतया बाहिरै आउँदैन किनकि पुरुषले बहादुर हुनु पर्न,े सबै समस्या सँग जुध्नु पर्ने, र आफ्ना दुःखहरु पोख्दै हिंड्नु नहुने गरी वाल्यकाल देखि नै दीक्षित गरिएको हुन्छ ।  हरेक विहान बुहारीका कोठाबाट थकित भएर बाथरुम छिरेको छोरोले रातभरि कति दुःख पायो होला भनेर कुनै आमाले कल्पना गर्छन् ? उनीहरु त बुहारीको पेट बढेको देखे पछि छोरालाई पुलुक्क हेरेर हाँस्छन् मात्र ।  - See more at: http://nagariknews.com/nagarik... धरावासीको आपत्तिजनक अभिव्यक्ति 02 Apr 2016 २० चैत्र, २०७२ सावित्री गौतम आधुुनिक समाजमा महिलाहरु मात्रै पीडित छैनन् भन्ने धरावासीको असहमतिलाई जायज पनि मान्न सकिंदो हो। तर केही हास्यास्पद र आपत्तिजनक हरफले गर्दा सकिएन। धरावासीको सिंगो लेखलाई हास्यरसले यति 'डोमिनेट' गरेको छ कि टिप्पणी गर्न लायक नै छैन। तर केही हरफ यति आपत्तिजनक छन् कि टिप्पणी नगरी बस्नु भनेको पनि आफू र आफूजस्ता लाखौं महिलाको आत्मसम्मानमाथिको क्रुर प्रहारलाई चुपचाप हेरेर बस्नु हो। जस्तै–'हरेक विहान बुहारीका कोठा(आफ्नो कोठा?)बाट थकित भएर बाथरुम छिरेको छोराले रातभरि कति दुःख पायो होला भनेर कुनै आमाले कल्पना गर्छन? उनीहरु त बुहारीको पेट बढेको देखेपछि छोरालाई पुलुक्क हेरेर हाँस्छन् मात्र'। बहुविवाहको प्रसंगमा उनले लेखेका छन्, 'कुनै पुरुषले बहुविवाह गर्दा उसंग घरमा स्वास्नी हुँदाहुँदै बिहे गरेर अर्की स्वास्नी हुन आउने महिलाको कुनै दोष हुँदैन? तिनले अनेक आकर्षक आश्वासन, नखरा वा प्रेमको नाटक नगरी कुनै पुरुष तिनका नजीक पुग्ला?' अर्को —'जीवनभरि अत्यन्त कठोर परिश्रम गरेर खाइनखाई जोडेको सम्पति आफ्नो कुनै लगानीबिनै स्वास्नी भएको कानूनी आधारका कारण आधा चर्लक्कै छुट्याएर लिएर गइरहेकी महिलालाई पछाडिबाट हेरिरहेको छैन हाम्रो समाज?' त्यस्तै 'एक उत्तेजनाबाट सिथिल भएको पुरुष अर्कोपल्ट तत्कालै संभोगका निम्ति तयार नभएको अवस्थामा उसमाथि महिला साथीबाट हुने अत्याचार सामान्यतया बाहिरै आउँदैन।' सबैभन्दा आपत्तिजनक छ, 'महिलाले चाहनेवित्तिकै कानूनले छुट्याइदिने, तर पुरुषले चाहेमा छुट्टिनै नसकिने कानून बनेपछि त्यो महिलाबाट मुक्त हुन पुरुषले तिनलाई मन्द विष खुवाएर, दुर्घटनामा पारेर, घाँटी थिचेर, आत्महत्याको विधि प्रमाणित गराएर भएपनि मारेर मुक्ति लिनु परेन? के पुरुषलाई सामाजिक र कानुनी रुपमै अत्याचारी बन्न बाध्य पारेको छैन?' धरावासीका अनुसार रातभरको यौनसम्पर्क छोराचाहिं अर्थात पतिका लागि अत्यन्त कष्टपूर्ण काम हो। के यस्तो साँचिकै हो? के हरेक पतिले पत्नीलाई गर्भवती बनाईदिनकै लागि पत्नीचाहिंको अस्वाभाविक मागकै कारण रातभरि सकी–नसकी यौनसम्पर्क गरिरहने हुन्? एउटी नेपाली पत्नी गर्भवती हुनुमा उसको लोग्नेको 'दुःख' ठूलो हुन्छ कि गर्भवती हुन नसकेकामा उसले भोग्ने सामाजिक–पारिवारिक लान्छना? अझै आमाले रातभरिको छोराको दुःख थाहा नपाउने, बुहारीको बढेको पेट देखेर हाँस्ने भन्ने उनको हरफको वैज्ञानिक आधार के हो? एक रातमा कतिपटक यौनसम्पर्क गरेपछि गर्भ रहने हो? यो सम्पूर्ण नेपाली छोराहरुको कथा हो कि धराबासीको व्यक्तिगत अनुभव मात्रै हो? के नेपाली महिला यौनको मामलामा त्यति धेरै 'डिमाण्डिङ' बनिसकेका हुन्? के यौनको मामलामा नेपाली पुरुष साँच्चिकै पीडित हुन थालेको सामाजिक अवस्थाको शुरुआत भइसकेको हो? त्यसो भए नेपालमा महिलामाथिको वैवाहिक बलात्कारको कानूनी व्यवस्था अब खारेज गरिनुपर्ने बेला आइसकेको हो? धरावासीले भनेजस्ता अनेक आश्वासन, नखरा वा प्रेमको नाटक गरेर अर्की स्वास्नी हुन आउने कथा नेपालका कतिजना महिलाको हो? नेपाली समाजका कतिजना महिलालाई विवाहको निर्णय आफैं गर्ने अधिकार छ? छोराछोरी नजन्माएको भन्दै पत्नीभन्दा बढी उसको कोखको मूल्य तोकेर पहिलीलाई मिल्काउँदै दोस्रो वा तेस्रो विवाहसमेत गरिने समाजकी 'अर्की स्वास्नी'लेे कुन नखरा पार्छे? सम्बन्धविच्छेद वा विधुर भएका पुरुषले कति छिटो र कति कलिला महिलासंग दोस्रो विवाह गर्छन् तर के त्यही अनुपातमा महिलाको पुनर्विवाह संभव छ? एकचोटि स्खलित भएपछि दोस्ा्रोपटक 'तयार' नहुन्जेल जबरजस्ती गर्ने महिलाबाट पीडित पुरुष भनेर धरावासीले उल्लेख गरेका पुरुष कतै अस्तित्वमा छन् नेपाली समाजमा वा यो प्रसंग पनि उनको काल्पनिक रचना हो? शायद यही पुरुष 'तयार' नभइकन यौनसम्पर्क संभव नै छैन भनेर नै पो हो कि केही वर्षअघि सर्वोच्च अदालतले 'पुरुषमाथि पनि बलात्कार हुन्छ' भनेर परेको रिटलाई 'हुन सक्दैन' भनेर खारेज गरिदिएको? लेख्नुअघि उनले कुनै कानूनका ज्ञातासंग यसबारेमा सोधे? सोधेका भए उनलाई पक्कै कसैले भनिदिने थियो, 'महिलाले माग्नेबित्तिकै पारपाचुके पाउने कानूनी व्यवस्था समानताको सिद्धान्त विपरीत भयो' भनेर परेको रिटसमेत नेपाली समाजमा महिला र पुरुषको अवस्था समान नभएकै कारण विशेष परिस्थितिमा बाहेक यही प्रावधान कायम रहने भन्दै सर्वोच्च अदालतले खारेज गरिदिइसकेको छ। धरावासीले भनेजस्तै यो कानूनी व्यवस्थाको फाइदा उठाउने महिला पनि होलान् तर कतिजना छन्? यत्ति नै उनलाई माग्नेबित्तिकै पारपाचुके नपाउनाले पुरुष स्वास्नी मार्न बाध्य हुन्छ भनेर लेख्ने आधार कसरी बन्यो? - See more at: http://nagariknews.com/nagarik...

metta · Apr 2, 2016 10:00 PM · 12,145 views

1 Reply

लोल , धराबासी बाबैले गज्जब दियेचन हाहा ! तर ठट्टा पारामा भन्या कुरालाई समाचार बनाएको जस्तो लाग्यो l

hawking666 · Apr 3, 2016 11:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all