आम्मामा हो, एसएलसी !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

त्यो १२थरी भन्ने ब्लगमा यो भेट्दा आफ्नो पालाको SLC झलझल याद आयो हेर्नुस। स्कुलमा भर्ना भएपछि कखरा  सिकिसक्नुभन्दा पहिले नै होला १० क्लासमा पुगेपछि SLC आउँछ भन्ने थाहा पा’को । यसको हौवा यसरी दिलाइयो कि यो राम्रो गरे सिधै सफल मान्छे, फेल भए हलो जोत्न पनि सकिन्नँ/पाइन्नँ जस्तो । उबेला प्रथम श्रेणी भनेकै उत्कृष्ट श्रेणी ‘थ्यो। विशिष्ट श्रेणी भन्ने कुराको विकास भएकै थिएन। प्रथम श्रेणीमा पास हुने त जिल्लाभरीमै दुई तीनजना मुस्किलले। ९ कक्षामा पुगेपछि नै त्यो ढोकाको नजिक पुगेको भेउ हुन्थ्यो। गुरु/गुरुमाहरुको वाक्यमा ‘प्रवेशिकालाई हल्का रुपले नलिनु, हाम्ले जसरी लौ त बाबु गरी खाऊ भनेर लम्बर दिँदैनन्। टुप्पी कसेर पढ्नु’ भनेर दिनहुँ सम्झाउँथे। पुराना प्रश्न पत्रको सङ्गालो अहिलेको जति मोटो हुन्थेन। अहिले जस्तो ठाँउ ठाउँमा  फरक प्रश्न सोद्धैनथे।  नेपालभरी सबैको एउटै प्रश्न हुन्थ्यो। ९ र १० कक्षाका दुवै कोर्सबाट। आजदेखि एसएलसी परीक्षा सुरु भएको परिप्रेक्ष्यमा  आउनुस् ५०-६० सालमा त्यो जाँच दिएकाहरुले उबेलाको परिवेश सम्झना गरेर स्मृतिका पान्ना पल्टाऔँ। तयारी कक्षा/कोचिङ/ट्युशन अब एसएलसी दिनको लागि उबेला नि यी कोचिङ्ग ट्युशन भन्ने कुरा नभइ नहुने जिनिस थिए। बर्षभरी कक्षामा सरले जति नै राम्रोसित पढाए पनि, सबै जाने पनि यो चाँहि पढ्नै पर्ने नपढे पछि परिने भन्ने हुन्थ्यो। साधरणतया गणित, ऐेच्छिक गणित (ओपिटि), अँग्रेजीका ट्युसन कोचिङ्ग बढी बिक्थे। हाँसो लाग्छ- त्योबेला ओपिटि भन्नेको ‘अप्सनल’ (बोलिचालीमा अफ्नल) भन्नेसमेत थाहा हुँदैनथ्यो। त्यो पढाउने सरहरुको लागि एसएलसी आउने महिना भनेको दशैँमा कपडा पसले र स्कुल शुरु हुदाँ किताब पसले जस्तो हुन्थ्यो। जुन किसिमले विद्यार्थीको मगजमा डर भरिएको हुन्छ, त्यसैले यस्ता कोचिङ्ग ट्युसनको लागि मलजलको काम गर्थ्यो। नत्र १२ महिनामा रामायण पढ्दा नकमाएको धर्म एक महिना स्वस्थानी वाचन गर्दा कसरी कमाइन्थ्यो र! पुरै सिफ्टमा पढाइ हुने। लाइन बस्नुपर्ने पढ्न पनि। एसएसलसीकै लागि भनेर नयाँ ठाउँमा गएर ट्युसन पढ्दा लप पर्नेहरूले चाहिँ म म भन्नु होला.. क्वेसन बैंक/  निमाको गेस पेपर/ हिमालय टाइम्सको (हिटा) सिरिज एसएलसी तयारी गर्दा यी नभै नहुने कुरा भए। यिनको अनुपस्थितीमा पढाइ फितलो हुन्थ्यो। पहिला आएका सबै प्रश्न हल गर्दा एककिसिमले आत्मशक्ति विकास हुन्थ्यो भने भएभरका पुराना प्रश्नमा एउटा नजान्दा नि लौ अब फयल भइन्छ भनेर त्यहीँ खुट्टा काँम्थ्यो। केटाहरुलाई फेल भए हलो, केटीहरुलाइ फेल भए सिन्दुर हुने जमाना थियो हेर्नुस्। हलो जोत्न नपरोस् र ब्या’ गर्न नपरोस् भनेर नै कति धुँइपत्ताल लाएर पढ्ने गर्थे। भलै ३०-४० प्रतिशत पास हुने जमाना भएकोले डर त लागिहाल्थ्यो। अनि गाउँबाट कोही बजार जाने मान्छे हुने बित्तिकै एसएलसी दिने केटाकेटीले केही भन्नै पर्थेन, बाउआमाले नै अह्राउँथे- त्यो नीमाको पहेँलो गेसपेपर ल्याइदिनु है। गाउँभरीका पुराना, च्यात्तिएका, मक्किएका, कुहिएका गाइड जम्मा पार्दाको हैरान। घाँसको डोकोमा पहेलपुर निमाका गेसपेपर हुन्थे। यता शहराँ भा’काहरुको अर्कै हल्लिचल्ली। हिमालय टाइम्सको एसएलसी सिरिजकै लागि पत्रिकाका ग्राहक थपिए। ट्यालेन्टले अफ्नल म्याथ लिन्छन् ; कृषि/लेखा लिने लद्धु हुन्छन् यो त अझै पनि हुन्छ। ८ कक्षाको जिल्लास्तरीयमा आएको अंकको आधारमा नै कता मोडिने भन्ने हुन्थ्यो। शुरुमा अफ्नल म्याथ लिँदा, भकाभक साइन कसका सुत्र सरले भिडाइदिदाँ १ हप्तामा नै अफ्नल म्याथ छोडेर लेखातिर लम्किनेहरु मनग्गे हुन्थे। आखिर लेखा नि उति सजिलो त कहाँ हुन्थ्यो र बरै। अनि अफ्नल म्याथ लिनेहरुलाई फाइदा थियो, परीक्षामा राम्रो नम्बर ल्याउने। अर्कातिर स्कूलमा अरुभन्दा जान्ने हुँ भनेर मपाइँत्व देखाउन पनि अफ्नल म्याथ लिने चलन थियो र लास्टाँ त्यही अप्सनल म्याथमा गुल्टिङ खान्थे धेरैले। अफ्नल म्याथ लिँदाको अर्को फाइदा पनि थियो- सेक्सन एमा पढ्न पाइन्थो, फस, सेकेन अनि अरु जान्नेहरुसँग। जान्नेका छेउमा पर्न नाम फेर्ने काइदा/उमेर बढाउने यो पनि खुपै फेमस आइडिया थियो पैलेपैले। कक्षा ९ मै फारम भर्नुपर्थ्यो। ८ कक्षाको जिल्लास्तरीयमा पाइएको प्रमाणपत्रमा जेसुकै नाम होस्, स्कूलमा अरुबेला जेसुकै नाम होस् बाल भएन तर एसएसलीका लागि नाम फेर्ने। लद्दु विद्यार्थीले जान्नेका छेउमा परेर सार्न पाए जिन्दगी बन्थ्यो भनेर ९ कक्षामा फारम भर्दा जान्ने विद्यार्थीको नामको पहिलो अक्षरसँग मिल्ने गरी नाम फेरिन्थ्यो। त्यसले जिन्दगीभरी त्यही नाम बोक्नुपर्ने यादै हुन्थेन। एसएलसी पास गरेसि नागरिकता बनाउन जाँदा बाउको बिहे आमाको व्रतवन्ध देख्थे अनि। नाम फेर्ने भनेको चाहिँ जस्तो- फस वा सेकेनको नाम रितेश छ भने ९ कक्षाको फारम भर्दा आफ्नो नाम रिकेस वा राजेश राख्ने। अनि त अल्फाबेटिकल अर्डरमा आउँदा सँगै परिने हुन्थ्यो। अझ अर्को कुरा पनि हुन्थ्यो- १६ वर्ष नपुगि एसएलसी दिन पाइन्थेन हेर्नुस्। अनि कोहीकोही चाहिँ १५ वर्षमै एसएलसी दिने हुन्थे। तिनीहरुले ६ महिना, ८ महिनासम्म उमेर बढाउँथे। अनि नागरिकतामा पनि उमेर बढेर चाँडै वृद्धभत्ता खान पाउँछन् यिनीहरुले अब विवेचनात्मक उत्तर/सप्रसङ्ग व्याख्या/अनसिन प्यासेज यता चाँहि चाँदनी शाहको कविता, कर्तव्य कथा त नछुटाइ आउँथे। सरकारी स्कूल पढ्नेहरुको अंग्रेजी त मठ्ठै हो। प्रश्न पत्र त त्यस्तै हो। अंग्रेजीको याद भएको भनेको त्यही मनि एट्राक्ट्स मनी भन्ने कथा हो। हाउ टु मेक राइस पुडिङ भन्ने त बर्षेनी आउने प्रश्न थियो अंग्रेजीमा। अझ हाउ भैरव सेभ्ड रामसिंस् लाइफ त ट्रेडमार्क भैगयो। अनि अंग्रेजीमा ५० कटाउने त जिल्लाभरीको दादा नै हुन्थ्यो। धेरैले ल्याउने भएको त्यही ३४/३५ मात्रै हो। अँ, नबिर्सिनुस् नि, ३२ ल्याए पास हुने जमानाको कुरा गरेको। फस डिभिजन ल्याएपछि साइन्स पढ्न पर्छ स्कूलमा हुँदा सँधै तनाव पाउने कुरा नै यही हो। घरमा, गाउँमा, स्कूलमा, मामाघरमा, फुपूका घरमा- जहाँ जानुस्, फस हो है फस हो अनि साइन्स पढ्नुपर्छ भन्थे। तर साइन्स पढेर के हुन्छ भन्ने कसैलाई थाहा थिएन, न त डाक्टर इन्जिनियर पढाउने हैसियत नै हुन्थ्यो। साइन्स नपढे कमर्स पढ्नुपर्छ भन्थे। कमर्सको खुपै भाउ हो उबेला। आर्ट्स पढ्ने भनेको त उही गान्धी डिभिजनवाला। म त आर्ट्स पढ्ने भनेर कसैले घरमा भन्यो भने त्यसले भेट्थ्यो धुलाई। साइन्स नै पढ्न नपरोस् भनेर फस डिभिजन नआओस् भन्ने पनि लाग्थ्यो। स्कूलमै पढेको विज्ञानले छाला फर्काउँथ्यो अनि त्यसमा साइन्स थपिएपछि त पित्त नै फर्किन्थ्यो नि। (हाम्रा टिप्पणिकार चार्ली १ नम्बर बढी आएकाले फस डिभिजनमा पास गरेर साइन्स पढ्नुपरेको गुनासो गरिरहन्छन्- सम्पादक) पुरै स्कूलै फस डिभिजनमा पास गराउन बोर्डिङका तिकड्म अहिले चलेको फेसन। बोर्डिङ स्कूलहरुलाई एसएलसी अगाडिदेखि नै चटारो सुरु हुन्छ। यिनीहरु सेन्टर प्राय: एकै ठाउँ मा पार्ने तिकडममा लाग्छन्। अनि जुन स्कूलमा सेन्टर पर्छ त्यो सरकारी स्कुलको हेडसरलाई पैसा दिएर हुन्छ कि स्कूलमा ल्याब बनाइदिएर हुन्छ, हातमा लिने। अनि आफ्नो बोर्डिङका विद्यार्थीहरु सबै एकै ठाउँमा मिलाएर राख्ने। हरेक जान्ने विद्यार्थीलाई स्कूलले पहिल्यै आदेश दिन्छ- त्यसलाई सार्न दिएस्। सेन्टअपमा सबै बिषय लागेर फेल भएको विद्यार्थी पनि फस डिभिजनमा ट्वाक्राक्कै पास हो हेर्नुस्। उता अभिभावकलाई नि डसेका हुन्छन्- ‘सेन्टअपमा सबै बिषय लागेको छ, चिन्ता गर्नुपर्दैन, अलिअलि खर्च बढी हुने हो, फस डिभिजन गिरेन्टी।’ कतिकतिबेला त यतिसम्म हुन्छ कि यस्तो ल्वाँदे लन्ठु विद्यार्थीले पनि डिस्टिङ्सन ल्याइदिन्छ अनि सारा स्कूलका सरहरु अचम्म- संसारको आठौं आश्चार्य नै हुन्छ। अनि यसमा अझ त्यो बोर्डिङ संचालक वा टिचरका छोराछोरी छन् भने तिनलाई सिधै फस सेकेनसँगै राखेर निर्देशन दिने, सबै सार्न दिनू, उसले सारिनसकी पेज नपल्टाउनू। बोड फसको लक्ष्य – डाक्टर बनेर देश र गरीबको सेवा गर्ने रिजल्ट आएसी बोड टप्नेका कथा छापिन्थे। सबै बोड टपर दिनमा यति घण्टा पढ्छु यस्तो रुटिन बनाउथेँ भन्ने मात्र हुन्थे। रेडियोमा उनीहरुका कथा बज्थे। पत्रिका त गाउँमा काँट पढ्न पाउनु। त्यही रेडियो नेपालाँ कथा सुनो अनि जिब्रो टोको। ब्यान उठेर एकभारी घाँस लडाएर स्कूल गएर त्यसपछि बेल्का फर्किँदा घाँसको भारीमाथि किताब हालेर घर आउनुपर्नेलाई १६ घन्टा, १४ घन्टा पढ्नेका रुटीन सम्झेर विरक्त लाउँतो। झन् आफू फेल भएसि बोड टपका कथा सुन्नुपर्ने, बाउआमाका अघि बसेर। पीडा थियो हजुर पीडा। अनि यि बोडमा आउनेहरु सबैले भन्थे, म डाक्टर बन्छु, म पाइलट बन्छु र देशको सेवा गर्छु। गरीब दु:खीको सेवा गर्छु। मुखाँ हान्नु जस्तो- गरीबले डाक्टर देख्नै पाउन्नन्, पाइलट त झन् कसरी देखुन्। आकाशमा उँडेको पिलेनभित्रका मान्छे भुइँबाट देखिन्नँ। १२ थरीकै शहरमा बस्ने टिप्पणिकारहरुले पनि आफु नि टपिन्छ कि भनेर रुटिन बनाएर भित्तामा नटाँसेका चाहिँ हैनन् तर सबैले खुत्‍याए। कैले बोडको चर्चा/कैले खारेज/चलखेलका कुरा/ वनस्थली, बुढानिलकन्ठ र ग्यालेक्सी यो नौटंकी पनि अलि पछि आएपछि खुब चल्यो। एसएलसी दिए देखि नै बोड हुने नहुने भनेर चर्चा चल्ने। लास्टमा घुमाइ फिराइ भएरै छोड्ने। अनि बोडको कुरा गर्दा जहिले पनि नाम सुनिने त्यही सिद्धार्थ वनस्थली, त्यही बुढानिलकण्ठ, त्यही ग्यालेक्सी। आम्मा हो, यी त कस्ता न स्कूल हुँदाहुन् झैं लाग्थ्यो। जिल्लाभरीमा फस डिभिजन आएको मान्छे नभेटिने ठाम्मा बोडका कुरा त एकादेशको कहानी। बोडमा आएकाहरुलाई आफ्नो प्सल टुमा  ल्याउन अफर जतिजति प्लस टु बढ्दै गए त्यति त्यति अफर बढ्दै गए। अहिले त कस्तो समय आयो भने बोडमा आउनेलाई पुरै छात्रवृत्ति दिएर पढाउन लाने अनि बोडमा आएका फलाना हाम्राँ पढ्छन् भनेर अरु विद्यार्थीका अभिभावक दुहुने। बोडवाला हाम्रोमा छ भनेर पत्रिकामा छाप्ने र बाँकी दुम्बा विद्यार्थी बटुल्ने। शिक्षामा विकृतिको कुरा गर्दा यो एउटा घिनलाग्दो विकृत्ति हो। तर न त शिक्षाविदलाई चासो छ न त अरुलाई। हामीलाई पनि बालै हो। र अन्त्यमा, चीटका कहानी मेरी बास्सै ! गाउँमा महिला र बुढाबुढी बाहेक कोही हुन्थेनन्। बाउ, दाजु, काका, मामा, फुपाजू सबै एसएलसीको सेन्टरमा पुग्थे, बाँसका भाटा बोकेर। चीट चोराउन। स्कूलका बिषयका शिक्षकहरु सेन्टर छेउको कुनै पसल वा कुनै अड्डामा बस्थे। प्रश्नपत्र बाँडेको १५ मिनेट नपुग्दै प्रश्न बाहिर पुगिसकेको हुन्थ्यो। सरलाई लेख्न भ्याइनभ्याई। यता अभिभावकलाई टेन्सन- आफ्नो छोरोले पाउने हो कि पाउने हैन? ती बाहिर बस्ने सबैलाई आफ्नो छोरो, भतिजो, भान्जो कुन कक्षाको कुन बेन्चमा कोसँग छ सब कण्ठस्थै। अनि आफ्नो सोर्सफोर्स नपुगे त्यो छेउमा परेकाको अभिभावकका सरणमा पुग्थे। मेरो छोरालाई पनि दिनु भन्नु है। अनि परीक्षा सकेर बाहिर निस्किने बित्तिकै सोध्ने- कस्तो भओ? कुनै त छोडिनस् नि? चीट पाइस् त? फलानाले यो यो नम्बरको चीट लिएर गएको थियो। ‘पाइनँ’ भनेर जवाफ दियो भने बाउखालको बोलचालै बन्द हुन्थ्यो हेर्नुस्। त्यो परीक्षा दिने विद्यार्थीलाई त के त्यति टेन्सन हुँदो हो र, जति बाउलाई हुन्थ्यो। कस्को कहाँको भनेर यही फोटोमा लेख्या छ नि है? ;-) अनि कुनै स्कूल राम्रो र नाम कहलिएको छ भने त्यो स्कूलमा जिल्लाभरीको कडा केन्द्राध्यक्ष तोकिन्थ्यो। तर गार्ड जति सबै गाम्कै हुन्थे। सुपरटेन (सुपरिटेन्डेन्ट) र रनिङ सुपरटेन भन्ने हुन्थे। गार्ड चाहिँ ढोकामा बसेर यी दुई सुपरटेन कता कता गए भनेर गार्ड बस्थे। सुपरटेन आउन लागेपछि सतर्क भन्थे अनि हतार हतार चीट लुकाउँदाको सास्ती। (जाँचको नम्बर फगत अंक हो। आत्मसन्तुष्टि वा आत्माश्लाघा हो। जीवनमा कति सफल भइन्छ भन्ने कुरो आफुले सिकेको ज्ञानमा निर्भर हुन्छ। हामीले देखेका छौं, बोर्डिङ स्कुलमा रटान लगाएर एसएलसीमा डिस्टिङ्कसन ल्याएकाहरु प्लस टुमा ल्याँत परेको। प्लस टुमा उच्च अंक ल्याएँ भनेर दंग परेकाहरु ब्याचलरको प्रवेश परीक्षामा कतै नाम निकाल्न नसकेर हल्लन टट्टु बनेको। त्यसैले भाइबहिनी हो, असल मान्छे बन्ने कोशिष गर्नु, ठूलो मान्छे भनेको तेस्तै हो।- १२ थरी परिवार) http://12thari.review/12-27-ku...

aaitey · Apr 2, 2016 3:18 AM · 13,673 views

3 Replies

http://youtu.be/3Cdl2jMKGOM

Jahbless · Apr 2, 2016 8:55 PM

लेखक लाई विश्लेषक र अनुसन्धात्मक लेख प्रस्तूत गर्नु भएको मा धेरै धन्यबाद . Arthur Hailey का उपन्यास हरु याद आयो जसमा यस्तै बिषयगत गम्भीर अनुसन्धान गरेर upanyaas लेखिएका हुन्छन . पढेर रमाइलो लाग्यो.

adhikari_bandhu · Apr 2, 2016 9:15 PM

छोरो फेल हुदा घरमा रुवाबासि हुन्छ ? नहोस कसरि ? एक बर्स डुकु भएर बस्दा लागुप्रदार्थमा बानि लाग्ने कि भन्ने डर | Seen many of us going into wrong directions.  Last edited: 04-Apr-16 06:59 AM

magorkhe1 · Apr 4, 2016 6:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all