काठमाण्डु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ हिजो त सुन्दर थिइस एउटा जवानीले भरिएको टिनयेजर्स जस्तो बैसले उन्मक्त भै फक्रिएको गुलाफ जस्तो जहाँ तेरो मुहार हेर्न हजारौ को भिड लाग्थ्यो अस्तिमात्र हो तेरो छातीमा ठिङ्ग उभिएको धरहरा माथिबाट एक नजर लगाउदा म र मेरो देश माथि गर्बले छाती फुल्थ्यो स्वयम्बुको को डाँडा बाट हेर्दा लाग्थ्यो बुद्धको निश्चल आखाहरू सत्य को खोजि मा अझै हराइरहेको छन् म मात्र के तेरो काखमा लुट्पूटिदै स्वोप्निल जीवनको कल्पना गर्नेहरु बसपार्कमा नाम्लो डोरी बोक्नेहरु, फुटपातमा पेनि को लागि दिनभर गला थकाउनेहरु मकै र चटपटे बेच्ने हरु झुप्रो देखि महल सम्म सुकुम्बासी देखि हुकुम्बासी सम्म भ्रस्ट देखि इमानी सम्म तेरो भरमा बाचेका थिय बस तेरै साहारामा एकाएक मैले फेरी सुने अचानक तेरो अनुहार छिया छिया भएको छ अरे तेरो सिरको टोपीको नाम निसाना छैन अरे कहिले नथाक्ने बुद्धको आखाहरुले विश्वास गुमाए अरे हजारौ वर्ष देखि रहेको हाम्रो बिस्वासको धरोहर एकाएक रफ एंड रबल भएका छन् अरे तैले फेर्ने सासमा बिस मिसिएको छ अरे तेरा कर्मठ हातहरु हस्पिटलाइज भएका छन् अरे कयौ चेलीको सिउदो पुछिएको छ अरे क ख रा गर्ने नानी हरुको टुहुरो भएका छन् अरे म सब्द बिहिन छु केवल सब्दबिहिन म प्रत्यक्ष देख्न त सक्दिन तर म फील गर्छु सात समुन्द्र पारीबाट तेरो यो दुखाइ रोदन र चित्कार हरु तेसैले म जस्ता धेरै परदेशीहरुको समबेदना छ त माथि भर्खर मात्र एसिड ले सेलाइनसकेको तेरो यथार्थको एक एक हिसाब गर्न न पाउदै जाजरकोट ले नमजाले गाज्यो तेस्को उपचार गर्न बाकी नै थ्यो फेरी अर्को विनासकारी भूकम्पीय भयानक रुप लिएर आइस तलाई थाहा हुनुपर्छ सायद देश भ्रस्ट हुदा होस् या प्रतिगमनमा इराकी काण्डमा होस् चाहे मूल्य बिरुद्धको लडाइमा तेरो आँगनमा छाति खोल्दै दौडिय मृत्यु संग मसालहरु संग बिद्रोहको ज्वाला साटे पटकपटक परिबर्तन नालायकी सरकार संग एक एक निसाफ माग्न कहिले चुकिन तर आज म बिबस छु किनकि तेरो यो रुप कुरुप पार्ने भुकम्प संग लड्ने मेरो कुनै तागत छैन संसारमा कुनै निकाय छैन ताकि म यसको न्याय निसाफ गर्न बिन्ति गरौ बस् मेरो एक बिन्ति छ तलाई काठमाडौँ कान राम्रो संग खोलेर सुन मर्ने हरु त मरिगए बाच्नेहरु मानब होउन जहाँ सत्य सधै बाचेको होस् जहाँ भाबनाहरु साटिएको होस्

Badmassketa · Mar 28, 2016 7:56 PM · 7,913 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all