ब्रिटेनका राजकुमार चार्ल्स र डायनाका कान्छा छोरा ह्यारी नेपालमा केहि दिनको भ्रमण सक्केपछी नेपालमै बस्न मन पराएको भनेर आज बकिंगह्याम प्रेसबाट सबैलाई अवगत गरिएको छ | बिग्येप्ति अनुसार नेपालमा बस्दा राजकुमार ह्यारीलाई नेपालका प्राकृतिक दृश्य, नेपालीहरुको माया र सदभाब देखेर यस ठाउँलाइ कहिले पनि नछोड्ने द्रिद संकल्प गरेका हुन् | प्राचिनकालमा सिद्धार्थ गौतमले आफ्नो दरबार त्यागेर मोक्ष्य प्राप्ति गरेको जस्तै राजकुमार ह्यारीले पनि आफ्नो रास्ट्रको भौतिक र आर्थिक सुख सुबिधा सब्बै छोडेर नेपाल र नेपालीको बिकास र उत्थान गर्ने प्रण गरेका छन् | उनले आफ्नो नाम पनि ह्यारीबाट हरि नेपाल परिवर्तन गरेका छन् | यस समाचार सुनेपछि नेपाली जनता हर्ष र उल्लासका साथ् सडकमा जय जयकार मनाउना उत्रेका छन् | "हरि आऊ देश बचाउ" को नाराले सारा रास्ट्र नै एकीकृत हुन पुगेको छ | यसै बीच नेपालका भुतपुर्ब राजकुमार पारसले पनि आफ्नो पुरानो हारले डेभिडसन् बाइक हरिलाई उपहारमा दिने घोषणा गरिबक्सेका छन् | कास्की बिकाश क्षेत्रका अध्येक्ष्य हार्दिक दीक्षितले हरि नेपालजीलाई नयाँ नागरिकताको एक थान पनि हस्तान्तरण गर्नु भएको छ |
sajha onion · Mar 25, 2016 11:41 AM · 40,053 views
Kudos to your creativity Sajha Pyaj..
Karnali Blues · Mar 25, 2016 11:47 AM
Hahah. Hardik dikshit re.
BadhiJanne · Mar 25, 2016 12:01 PM
Yeuta maatra kaan dekhine photo bhayeko naagarikta valid hudaina :P
mily · Mar 25, 2016 1:43 PM
Excellent, you and Mangale having something good talent..
gone12 · Mar 25, 2016 2:27 PM
हाहा हसायो :D
nepaligaule · Mar 28, 2016 11:35 PM
ळोड्शेडिङ्ग भा बेला हरि नेपाल ज्यू राति मुत्रालय मा तुर्क्याउन जाँदा उक्त मूत फ्लश गर्न असमर्थ भएको, र वापिस सुत्ने कोठा मा फर्किंदा अँध्यारो मा टाउको ठोक्किएको कुरा बी बी सी ले जनाएको छ. त्यसैले बकिन्घ्याम दर्बार को प्रेस विग्याँप्ती का अनुसार, भू पू राजकुमार कि चिन्तीत रानी हजुरआमा ले अर्चना पनेरु र रेखा थापा लाइ श्री हरि नेपाल लाइ राति मुत्न पर्या खण्ड मा डोर्याउने, र दुइ बाल्टिन पानि बाथरूम मा राख्ने जिम्मा दिने सूचना छ. उक्त काम गरे बापत दुवै लाइ मासिक हजार पाउण्ड र २ सुगठित ह्यान्डसम गोरा हरु उपलब्ध गराइने जानकारी दिइएको छ.
underwear · Mar 29, 2016 9:49 AM
Last edited: 29-Mar-16 09:49 AM
underwear · Mar 29, 2016 9:49 AM
I think this guy forgot he is a prince of UK and all his associated things once he landed in TIA....he looks happy being in Nepal,faraway from castles and royal rumble...he even extended his visit and spent days doing social service,hiking,helping the reconstruction of small villages in remote hills...I bet this is his life time sensation of such subliminal things...Blame it to Nepal--it is such a supernal place.
Alias_ · Mar 30, 2016 11:47 PM
Glorifying the gurkha's mercenary past is stupid. We need to build a new identity so that our children can live with dignity.
hulaki · Mar 31, 2016 8:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion