राजधानीको वायुमण्डलमा 'क्यान्सर लाग्ने धूवाँ'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गुणस्तर मापन यन्त्र सबै काम नलाग्ने प्रदूषणसम्बन्धी एक अध्ययनले विश्वका २०१ सहरको स्थिति सार्वजनिक गर्दै काठमाडौंलाई तेस्रो प्रदूषित सहरको श्रेणीमा राख्यो। के राजधानी संसारकै तेस्रो प्रदूषित सहर हो त?   वातावरणविदहरू यसमा सहमत छैनन्।   स्रोत नखुलाइएको उक्त प्रदूषण ‘रेटिङ’लाई ‘अविश्वसनीय’ भन्दै यस्तो खबरको पछाडि नलाग्न उनीहरूले आग्रह गरेका छन्। तर, त्यो स्तरको नभए पनि राजधानीको हावाको गुणस्तर खस्केकोमा वातावरणविदलाई कुनै दुविधा छैन।   वातावरणविज्ञ डा. भूषण तुलाधरका अनुसार राजधानीको हावामा क्यान्सर रोगसम्म लाग्नसक्ने कण छ। यहाँ गुड्ने सवारीसाधनले निकाल्ने धुवाँमा क्यान्सर लाग्ने ‘कार्सिनोजेनिक’ कण रहेको उनले बताए। ‘साह्रै मसिना छन् यस्ता कण,’ उनले सेतोपाटीसँग भने, ‘रौंभन्दा मसिनो, सास फेर्दा नाकको रौंले पनि नछेक्ने कीटाणु राजधानीको हावामा छ।’    यही आधारमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दस वर्षअघि नै राजधानीको प्रदूषण स्तरलाई ‘खतरा’ सूचीमा राखेको थियो। डब्लूएचओले तोकेको मापदण्डभन्दा राजधानीको हावाको गुणस्तर त्यतिबेलै दस गुणा बढी प्रदूषित थियो। त्यतिबेलै त्यति प्रदूषित वातावरण अहिले कहाँ पुगेको होला?   नेपाल सरकार, वातावरण मन्त्रालय, वातावरण विभाग कसैलाई यसको जानकारी छैन। राजधानीको वातावरण स्तरबारे कसैले सोध्यो भने सरकारसँग जवाफ छैन। केही निजी संघ–संस्थाले आफ्नो प्रयोजनका निम्ति राजधानीको वातावरणबारे शोध गर्ने गरेका छन्। नेपाल सरकारले भने करिब आठ वर्षदेखि राजधानीको हावाको गुणस्तर पत्ता लगाउन छाडेको छ।   सन् २००० मा डेनिस सरकारले नेपालमा छवटा ‘वायु गुणस्तर अनुगमन मापन यन्त्र’ अनुदान दिएको थियो। मच्छेगाउँ, पुतलीसडक, कीर्तिपुर, लगनखेल, ठमेल र भक्तपुरमा ती उपकरण जोडिएका थिए। मर्मतसम्भार अभावमा ती यन्त्रले काम गर्न छाडेका छन्। यसले काठमाडौंको वातावरणको वास्तविक स्थिति कसैलाई अत्तोपत्तो छैन।    वातावरण विभागका अनुसार तीमध्ये तीन ठाउँका उपकरणले दुई वर्षअघिसम्म काम गर्दै थिए। पुतलीसडक, मच्छेगाउँ र कीर्तिपुरमा रहेका ती उपकरण सन् २०१४ देखि काम लाग्न छाडेको विभागले जनाएको छ। अरु ठाउँका उपकरण त सन् २००८ देखि नै थन्किसकेका थिए। ‘कीर्तिपुर र मच्छेगाउँमा चाहिँ स्ट्यान्डर्डभित्रै आउँथ्यो हावाको गुणस्तर,’ विभागका निमिक्त महानिर्देशक सुरेन्द्र सुवेदीले भने, ‘पुतलीसडकमा सधैं गुणस्तर खराब देखिन्थ्यो।’ त्यतिबेलाको हावाको गुणस्तरको ‘लेभल’ भने विभागसँग छैन।   महानिर्देशक सुवेदीका अनुसार बढी खर्च लाग्ने र ती उपकरणका सामान उत्पादन गर्ने कम्पनी बन्द भएकाले मर्मत हुन नसकेको हो। ‘ती मेसिन आफैंमा पुराना थिए,’ उनले भने, ‘पार्टपूर्जा नपाइएपछि बन्द भए।’  अब भने विभागले चारवटा उपकरण ल्याउने तयारी गरेको छ। यसका लागि भौतिक योजना मन्त्रालयले स्वीकृति दिइसकेको छ। काठमाडौं सस्टेनेबल ट्रान्सपोर्ट मेनेजमेन्टले खरिद स्वीकृति पाइसकेको छ। ‘वास्तवमा हामी आफैंलाई अप्ठ्यारो भइरहेको छ वातवारणको गुणस्तर के छ अहिले अफिसियल भन्न सकिएन,’ निमिक्त महानिर्देशक सुवेदीले भने।   वातावरण विज्ञका अनुसार राजधानीको वातावरणको असर भने तीव्र छ। बालबालिका र वृद्धवृद्धालाईसबैभन्दा बढी असर पारिरहेको छ। काठमाडौंको वातावरणका कारण रुघाखोकी र ज्वरोको प्रकोप उमेरअनुसार जतिबेलै देखिने गरेको छ।   राजधानीको प्रदूषित हावाबाट बढीभन्दा बढी उत्पन्न हुने श्वासप्रश्वास रोग हो। धूमपान नगर्ने मान्छेलाई पनि दम लगाउने प्रदूषित हावा यहाँको वायुमण्डलमा छ। ‘प्रदूषण हुने क्षेत्रमा बसेको मान्छे छ भने उसले चुरोट खाइराख्नु पर्दैन, यहाँको हावाले दम गराइदिन सक्छ,’ फिजिसियन डा. निरोज भट्टराई भन्छन्, ‘त्यसबाहेक रुघाखोकी, आँखामा असर गर्ने, ज्वरो आउने त छँदैछ।’   डा. तोरण शर्माका अनुसार अहिलेको हावाले मुटुरोग र फोक्सोका रोगीलाई समस्या पार्ने गरेको छ। ‘हार्टअट्याकसम्म पनि हुने सम्भावना छ,’ शर्मा भन्छन्।   उनका अनुसार काठमाडौंको स्वास्थ्य अवस्था कस्तो छ र के नीति निर्माण गर्नुपर्ने हो सरकारी निकायलाई मतलब छैन। कुनै पनि उद्योग नभएको काठमाडौंमा यतिधेरै वातावरण बिग्रिनु सवारीसाधन, फोहोरमैला र बाटोघाटोले हो। ‘सबै निकायले नियम बनाएर गए के ले रोकेको छ काठमाडौंको वातावरण प्रदूषण घटाउन,’ शर्माले भने। बिग्रेको कच्ची बाटो समयमा मर्मत नगरिएकाले पनि प्रदूषण बढेको शर्मा बताउँछन्।   राजधानीको हावाको गुणस्तर के हो? सन् २००७ को तथ्यांक हेर्ने हो भने काठमाडौंको धेरै ट्राफिक हुने ठाउँ पुतलीसडकमा वर्षभरिको औसत ‘पिएमटेन’ (१० माइक्रोनभन्दा साना कणको मात्रा) २३६.५ माइक्रोग्राम प्रतिघनमिटर थियो । यसैगरी, ठमेलको आवासीय क्षेत्रमा ११२.५ माइक्रोग्राम प्रतिघनमिटर र सहरभन्दा अलि पर मच्छेगाउँमा ४३.५ माइक्रोग्राम प्रतिघनमिटर थियो। काठमाडौंका छ ठाउँको वर्षभरिको औसत पिएमटेन ११८ माइक्रोग्राम प्रतिघनमिटर थियो । पिएमटेनको लागि विश्व स्वास्थ्य संघको मापदण्डअनुसार २० माइक्रोग्राम प्रतिघनमिटर मात्र हो भने नेपालको मापदण्ड १२० माइक्रोग्राम प्रतिघनमिटर हो ।   डा. तुलाधरका अनुसार गत वर्ष, जर्मनीको आइएएसएस संस्थाले काठमाडौँको हावामा ‘पिएएच’ नामक हानिकारक रसायनको मात्रा नापेको थियो । पिएएच स्वास्थ्यका लागि एकदमै हानिकारक हुने गर्छ र यसले क्यान्सरसमेत निम्त्याउन सक्छ ।    त्यो अध्ययनअनुसार काठमाडौंमा पिएएचको मात्रा दिल्ली, बेइजिङजस्ता सहरजत्तिकै छ। यसमा हानिकारक तत्वको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दुईदेखि ८० गुणा बढी पाइएको थियो । विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा संसारका ९१ देशका करिब १६०० विभिन्न सहरमा वायु प्रदूषणको मात्राको तथ्यांक प्रकाशन गरेको थियो। यी तथ्यांकको आधारमा सबैभन्दा बढी वायु प्रदूषण भएको सहर दिल्ली देखिन्छ। यसको तुलनामा काठमाडौंमा वायु प्रदूषणको मात्रा दिल्लीको भन्दा आधा कम थियो।   यसैगरी अमेरिकाको येल विश्वविद्यालयले हरेक दुई वर्षमा विश्वका विभिन्न देशमा वातावरण अवस्थाको तुलनात्मक अध्ययन प्रकाशन गर्ने गरेको छ। सन् २०१६ को अध्ययनमा १८० देशले मानव स्वास्थ्यको रक्षा र प्राकृतिक प्रणालीको संरक्षण कसरी गरिरहेको छ त्यसको तुलना गरेको छ। यो सूचीमा नेपाल १४९ नम्बरमा छ। दक्षिण एसियाका अरू देशसँग तुलना गर्ने हो भने सबैभन्दामाथि १०८ नम्बरमा श्रीलंका छ। त्यसपछि ११० मा भुटान, १३७ मा माल्दिभ्स, १४१ मा भारत र १४४ मा पाकिस्तान छ। नेपालभन्दा तल १७३ मा बंगलादेश र १७६ मा अफगानिस्तान परेको छ ।   नेपालको स्कोर कम हुनुको प्रमुख कारण पनि वायु प्रदूषण नै हो। वायु प्रदूषणको स्कोर मात्र हेर्ने हो भने नेपाल १८० देशमध्ये १७७ औं नम्बरमा छ। नेपालभन्दा तल भारत, चीन र बंगलादेश छन्। वायु प्रदूषण क्षेत्रमा नेपालको अत्यन्तै कम स्कोर आउनुको कारण घरभित्रको वायु प्रदूषण र सहरी क्षेत्रमा हुने बाहिरको वायु प्रदुषण दुवै हो। प्रकाशित मिति: बिहीबार, चैत्र ११, २०७२ १६:५७:०० http://setopati.com/samaj/4383...

cybernepali · Mar 25, 2016 9:59 AM · 3,127 views

4 Replies

Of course , the moter vehicle is not regulated and no need to have catalytic converters. Vikram tempu is gone but the number of vehicle increased adding up more pollution, All the tress are gone , population is more than it can sustain.

magorkhe1 · Mar 25, 2016 11:38 AM

and ppl are wondering 'I never smoke, I never drink, I never do drugs, I always eat healthy' yet they get cancer. It's in the air, folks. Do something before it becomes epidemic. To see the real and clear Kathmandu, one has to wake up after a rainy night, else it's always mist and fog of pollution even in broad day light.

bittertruth · Mar 25, 2016 11:55 AM

GREAT Solution MOVE capital somewhere else.

submark · Mar 25, 2016 2:13 PM

No need to move capital, decentralize the power and provide all the facility available in Kathmandu to other cities . No one need to go to Kathmandu for simple things. When Maoist killing innocent people , it's the only city safe, one of the reason for over populated.  And these Maoist got disposable income from ransom , started buying land in Kathmandu. May be their  plan was to capture valley seat by increasing their party members by migration.  Last edited: 28-Mar-16 07:12 AM

magorkhe1 · Mar 25, 2016 4:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all