अमेरिकाको टेक्सासमा नेपाली युवाको गाडी दुर्घटनामा निधन | ड्यालस, टेक्सस, मार्च २०

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ड्यालस, टेक्सस, मार्च २० I यहाँस्थित एक कलेजमा अध्ययनरत नेपाली किशोर रुसल श्रेष्ठको गाडी दुर्घटनामा निधन भएको छ | शनिवार राती करीब १०.३० बजे स्थानीय राजमार्ग नजिक २१ वर्षीय रुसल आफैंले चलाएको गाडी दुर्घटना हुँदा घटनास्थलमा नै उनको निधन भएको प्रहरीले आफुहरुलाई जानकारी गराएको ड्यालस स्थित नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताउनु भएको छ | घटनामा सोही गाडीमा संगै रहेका अर्का विद्यार्थीको भने देब्रे हात भाँचिएको छ | उनको अवस्था हाल सामान्य रहेको छ |   निधन भएका रुसल आफ्ना साथीलाई काममा छाड्नका लागि जाँदै थिए | उनले चलाएको गाडी हाइवेबाट एक्जिट लिने क्रममा गलत स्थानमा एक्जिट गरेपछि गहिरो खाडलमा खसेको थियो | तत्काल घटनास्थलमा पुगेको प्रहरीले एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल लगेको थियो भने गाडी पल्टिएर च्यापिएका रुसललाई गाडीको ढोका काटेर निकालिएको थियो |   रुसल गत अगष्टमा मात्रै नेपालबाट उच्च शिक्षाका लागि अमेरिका आएका थिए | काठमान्डौ पकनाजोलका स्थायी वासिन्दा रुसलका बुवाआमा र एक बहिनी नेपालमा नै छन् | रुसलसँगै नेपालबाट आएका र संगै बसेका उनका सहपाठीले दिएको जानकारी अनुसार उनीहरु मिचिगनबाट टेक्सास आएका हुन् | अध्ययनशील स्वभावका रुसल साथीहरुका बीच निकै मिलनसार थिए | यस घटनाका बारे परिवारजनलाई जानकारी गराइसकेको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो | आफुहरु अहिले परिवारको निर्णयको प्रतीक्षा गरिरहेको र परिवारको चाहना अनुसार समुदायको तर्फबाट सहयोग गर्ने समेत अध्यक्ष लामिछानेले बताउनु भएको छ |  - See more at: http://www.himalayakhabar.com/...

cybernepali · Mar 21, 2016 7:41 AM · 11,377 views

2 Replies

Just heard about a Nepali family man in DFW who tried to decapitate himself last night and now he is in ICU.

mangale · Mar 21, 2016 8:15 AM

Such a sad news. Rest in peace.

hawking666 · Mar 21, 2016 8:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all