सम्झनामा बाल्यकाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

(पहिलो चोटी कथा लेख्ने शाहस गर्दैछु | म पनि लेख्न सक्छु होला भन्ने आत्माबिस्वास जगाइदिने साझाका कथाकार हरुलाई  धन्यवाद | ) “ओए तँ मेरो घर आइज न भोलि, अनि हामी घुम्न जाने “, उसले फोन गरेर भनी| ऊ भनेकी मेरी मिल्ने साथी,बसन्ती. हामी ८ मा पढ्दाको कुरा हो यो चै. हाम्रो स्कूल एउतै थिएन तेतिबेला, हामी छिमेकी पनि होइनौ, ५ र ६ क्लास एउटा स्कूलमा एउटा क्लास को एउटाइ बेञ्च मा बसेका साथी हामी. बिताएको २४ महिनामा हामी मुस्किलले १० महिना बोल्यौं होला. बाँकी १२ महिना (२ महिना दशैं बिदा कटाएको)हामी एउतै बेञ्चमा बसे पनि बिचमा ब्याग राखेर एक अर्को संग बोल्थेनम| तर न हामी बेञ्च चेन्ज गर्थें न अरुलाई हाम्रोमा बस्न दिन्थेम| उसलाई के हुन्थ्यो थाहा छैन तर मलाई चै ऊ अरुसंग बोलि भने पनि रिस उठ्थ्यो| “तँ आइज पहिला, एक्लै त तेरी बजैले मलाई घर बाट निस्किन दिए पो” मैले उत्तर फर्काए| “तेही मलाई पनि एक्लै निस्किन नदिएर पो तलाई भनेको, मिल्ने भए त म आफै आउंथे नि भाई को साइकल लिएर ” उसले पनि भनि|  भोलि पल्ट नेपाल बन्द थियो| हाम्रो प्लान साइकल लिएर पोखरा घुम्ने थियो, तर साइकल दुवै संग थिएन तर दुबैका भाइहरु संग थियो..कतै भाडाम़ा लिनु पर्थ्यो हामीलाई चाहीए, तिनीहरुको साइकल हामीलाई छुन दिए भाग्य |. “ल ल म तेरो म़ा आउंछु, तर मलाई छोड्न तँ मेरो घर आउनु पर्छ| “ मैले शर्त राखें| बिहान म तेस्को घर देखिन गए गए पछि त्यो पनि मेरो घर एक चोटी अनुहार देखाउन उनुपर्छ, अनि बल्ल हाम्रा बा आमाले छोरी साथी संगै छे भनेर विश्वास गर्छन भन्ने हाम्रो बुझाइ हुन्थ्यो तेती बेला | "अनि नेपाल बन्दमा तेरो घर आएर म फर्किने कसरि? घिर्सिएर?” आफुलाई घरमा एकछिन बस्न मन लागे पो ! दिमागले सोची हाल्यो ,साइकल मिले छोड्न नि मै जान्छु, भने-” हाम्रो घर आएर खाजा खाने ,तलाई घर मै छोडदिन्छु ” हाम्रो सल्लाह भयो. “ल बाई, भोलि मुन्टी नि फेरी ११ बजे तिर,साइकल पाँए भने तलाई भन्छु नत्र तै मिला है ”भनेर फोन राखी| म संग साइकल थिएन, भाई संग थियो, अब तेस्लाई फकाउन कि इश्वोर दाहिने पर्न पर्थ्यो कि लक्ष्मी अघि सार्न पर्थ्यो | सार्है सोंचे..... कति टाढा टाढा सम्म सोंचे भाई लाई फकाउन त्यो कलिलो दिमागले ,यही ज्यानलाई थाहा छ| एउटा टिरिकले काम गर्छ जस्तो लग्यो, तेस्लाई कुरकुरे र रिअल जूइस किनिदिने| सिधै ला यो कुरकुरे तलाई मलाई साइकल दे भनेर माग्यो भने, ममीलाई भंदिन्थ्यो..तिम्री छोरी ले मलाई घुस ख्वाई भनेर| बा आमा को इज्ज़तको विचार पनि गर्नै पर्यो |(बा आमाले हाम्रो इज्ज़त नफालेस भन्थे दशैंमा आशिर्बाद दिंदा, मेरो भन्दा आफ्नै पिर बढी रैछ झैँ लाग्थ्यो). अब साइकलको लागि इज्ज़तै फ़ालिदिन त भएन, त्तेही भएर कुरा मिलाएर घुमाई फिराई मलाई साइकल दे तलाई येसो गर्दिन्छु भन्नु पर्ला भन्ने सोंचे | खाना खाएर हामी रूममा आयौ… भाई को र मेरो एउटै रूम थियो| म भाईलाई कसरि फकाउने भनेर सोच्दै थिंए, ममी आउनु भयो रूममा ( पछाडी जे भने पनि उपस्तिथिमा सम्मान त गर्नै पर्यो.) काम केहि भएन भने ममी हाम्रो रूममा आउनु हुन्थ्यो |अनि कहिले मेरो कहिले भाईको बेडमा गएर सुत्नि, हामी केहि बोल्यौ भने " कति बोलेको.. मलाई सुत्न देओ एकछिन भन्नु हुन्थ्यो | त्यो बेला नबोल भन्यो भने त भाई र म झन् खित्का छोडेर हास्थ्यौ| | मैले सोंचे ममीलाई फकांए भने त कुरकुरे किन्ने पैसा पनि बच्छ , धेरै झगडा गर्न पनि पर्दैन | अब मलाई ममी लाई फकाउने सुर चल्यो| मैले कुरा सुरु गरेँ,” ममी, किन नि भाई लाई मलाई भन्दा धेरै माया गर्नी?” होइन छोरी बराबर गर्छु भन्नु होला, अनि मैले तेसो भए भाईको साइकल छ मेरो छैन..मलाई हेला गरेको भनेर रोइदिम्ला अनि फकाउनलाई ल ल के चाहियो त तलाई भनेर सोध्नु होला, मैले पनि भोलिको लागि साइकल भनम्ला भनेर सोचेकी थिएँ | ममीले त उल्टो,”तँ भन्दा भाई सानो छ तेही भएर “ भन्नु भयो| सोचे भन्दा उल्टो जवाव आएपछि म के भनम के भनम भएँ | भनिहाले,’’म पनि हजुर भन्दा सानी, खै त मलाई माया गरेको?” बुढी पनि जन्गिन (अब रिसाईसकेपछि त के ममी ममी नि ),” तलाई कुन चै जंगलमा घाँस काट्न पठाए र मैले ?, कुनै दिन यो काम गर भनेर अर्हाए र तलाई मैले? कुकुरको छाउरोले झैँ चाटी राख्न पर्यो ? एकछिन सुत्छु भनेको खाली १२ २७ कुरा गर्नी| ” मैले गालि खाएको देखेर भाई मुसु मुसु हास्दै थियो | अब मेरो काम हुदैन भन्ने बुझियो| फकाउन पर्ने त भाई लाई नै पो भयो | तै पनि अर्को ट्राई मारी हालम भनेर लुसुक्क बैठक कोठामा छिरें | क्रमश: Last edited: 17-Mar-16 04:32 AM

Mrigtrishna · Mar 17, 2016 4:28 AM · 11,706 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all