त्यो मिठो पल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तिमी थियौ म थिंए, सिङ्गै एउटा रात थियो नशा होइन तर पनि कुन्नि के को मात थियो| त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा मेरो अंग अंग छुने केवल तिम्रो हात थियो | ओठ खुल्नै मानेनन् रत बोले आँखा मात्र आँखै हेरी बुझ्यौ सबै,शब्द सायद घात थियो| फ़ुकायौ एक पछि अर्को माया बाँधेका पोकाहरु मौनतामा पनि हाम्रो ,ओहो कति बात थियो| छताछुल्ल पोखिएँ म , तिम्रो न्यानो अंगालोमा एक आँखामा समर्पण अर्को मा सपना खात थियो |

Mrigtrishna · Mar 16, 2016 3:27 AM · 21,320 views

4 Replies

लिङ्गे पिङ्गको चचहुइ झैं मच्चिएर बित्यो रात सामुन्नेमा जिस्क्याउने एउटा नयाँ प्रात थियो

Altijdgoede · Mar 16, 2016 1:10 PM

मृगतृष्णा ज्यू, साह्रै मिठो गजल आयो , धन्यवाद हजुरलाइ . Altijdgoede ज्यू, "प्रात" शब्दको केहि अर्थ नै छैन , प्रातः भन्न खोज्नु भएको होला तर त्यसले गजलको संरचना बिगरिदिन्छ फेरी . - थाहा छैन

ThahaChaena · Mar 16, 2016 1:18 PM

"त्यो अनौठो काउकुति त्यो झश्काइ छुवाईमा मेरो अंग अंग छुने केवल तिम्रो हात थियो |" वाह मृग-तृष्णा

Bhaktey · Mar 16, 2016 2:22 PM

मनपराई दिनुहुने सबैमा आभार | :)

Mrigtrishna · Mar 16, 2016 11:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all