युुवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटी नेपालको नक्सा उपहार दिएको छ । युवा संघले दिएको नेपालको नक्सा उपहार स्विकार गर्दै १३ औं महाधिवेशनबाट निर्वाचीत सभापति देउवाले युवा संघ नेपालले नयाँ राजनीतिक संस्कृतिको प्रारम्भ गरेको मा धन्यवाद दिए । देउवाले युवाहरुले राष्ट निर्माण र संविधानको कार्यान्वयन गर्नका लागि गाँउ गाँउका युवाहरुलाई प्रशिक्षीत गनु पर्ने, राष्टको हित वाहिर विभिन्न प्रकारका गतिविधीहरु भइरहेले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । देउवाले राष्टलाई एकतावद्ध र कुनै पनि विदेशी हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने कुरामा जोड दिए । संविधानलाई कार्यान्वयन गदै राष्टलाई सम्वृद्धि र पार्टीहरुसंग एकता ,सहकार्य गदै जाने आश्वासन समेत दिलाए । उनले विभिन्न संवैधानिक निकायहरु रिक्त भएका पदको व्यवस्थापन गर्दै राष्टलाई नया ढंगले अगाडी वढाउनुपर्छ र संविधान कार्यान्वयनमा नेपाली कांग्रेस हरेक हिसावले लाग्ने जानकारी गराए । भेटमा संघका अध्यक्ष राजिव पहारीले नेपाललाई चारैतिरवाट प्रहार भएको भन्दै यसलाई वचाउन आग्रह गरेको प्रवक्ता प्रभात विक्रम कटवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहारीले सन् १९५० लगायत सवै असमान सन्धी सम्झौता खारेज गर्न, बैदेशिक हस्तक्षेपको अन्त्य गर्न, युवाहरुलाई रोजगारीको व्यवस्था गर्न, महिनामा १७ भन्दा वढी युवा विदेश पलायन हुनवाट रोक्न र संविधान कार्यान्वयनको लागि कांग्रेस लगायत पार्टीहरु एक हुनु पर्नेमा जोड दिए ।
cornelluniversity · Mar 15, 2016 4:42 PM · 5,239 views
सत्ता बाहिर हुदाको बोलि हो यो , सत्तासिन हुदा अर्कै हुन्छ l हात्तिको देखाउने दात र खाने दात फरक भए झैँ l
magorkhe1 · Mar 16, 2016 1:28 PM
आज भन्दा २० वर्ष अगाडी नै नेपाल धेरै राम्रो थियो. टूरिस्ट हरु त औथियो नेपालमा. साले यो चोर हरुले के गर्ने हो कुन्नि, नेपालको एउटा एरपोर्ट लै मात्र फोकस गरेर आउने मान्छे हरु लै अलि सुबिधा भएमा कति फरक हुन्थियो देश को अवस्था. साले हरु ले गर्दा, न नया गर्ने नेता हरुलाई अगाडी बदना दिन्छ, न देश को केहि भलो हुने काम गर्छ. आफ्नै देश मन लगेर पनि जान मन नलाग्ने बनैदेइने यो चोर हरु ले गर्दा.
bhetghat · Mar 16, 2016 1:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion