‘मेरो ज्वाई बन्नु हुन्छ ?’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘मेरो ज्वाई बन्नु हुन्छ ?’ -   |  बिनोद भण्डारी यात्रुहरु सबैलाई सिट पुगेको छ । मिनी बसको अगाडिको एउटा मात्र सिट खालि छ । सिटमाथि ‘महिला सिट’ लेखिएको रहेछ । म मात्र उभिराखेको छु । के गरौ के ? असामन्जस्यतामा परे ।एक मनले सोच्यो, ‘महिला सिटमा बसेको भनेर खलासीले उठाइहाल्छ, भयो उभिन्छु ।’ तर अर्को मनले भन्यो, ‘सबै जनालाई सिट पुगेको छ अर्को कोहि महिला मान्छे गाडीमा नचड्दा सम्म महिला सिटमै बस्छु । कोहि महिला आएसी सिट छोडिदिन्छु ।’ दोस्रो मनले जित्यो र बसे । उभिराखेकोले गर्दा खुट्टा गलेका थिए, आराम भयो । गाडी घ्याच्च रोक्यो ।खलासीले भन्यो, ‘ल बानेश्वर, कोटेश्वर, भक्तपुर ।’एक जना पाको उमेरका लोग्ने मान्छे र एक जना युवती गाडीमा चढे ।‘आउनुस बस्नुस’ भनेर मैले आफु बसिराखेको सिटबाट उठँे र उभिएँ ।ती युवती अप्ठ्यारो मानेजस्तै गरि बसिन् ।‘बस, बस नानी’, मेरै छेउ उभिएका ती पचास– पचपन्न बर्षका अपरिचितले भने । अनि मतीर हेरेर फेरी उनले भने, ‘धन्यबाद बाबु ।’म हाँसेँ । केहि बोलिनँ ।एकछिनपछि अघिको सिटभन्दा ठीक पछिको सिटमा बस्ने दुइजना बिद्यार्थीहरु झरे । मैले भने, ‘हिड्नुहोस बसौँ, खालि भयो सिट ।’हामी दुवै जना बस्यौँ । उनी झ्याल तीरको सिटमा र म अर्को मा ।‘छोरी झोला समाइछेस हैन ?’ अगाडि बसेकि ती युवतीलाइ हेर्दै उनले भने ।‘अ समाछु बा ।’ म निश्चित भएँ कि उनीहरु बाबु छोरी हुन् । मैले सोधेँ,‘कहा सम्म हो बुवा ?’‘भक्तपुर’, आफ्नो शिरको ढाकाटोपी सिदा पार्दै उनले भने ।‘तपाई नि ?’‘म पनि आज त्यहि सम्म हो ।’‘तपाइको घर चाहिँ ?’‘घर त पश्चिम, सुर्खेततीर ।’‘अनि यहाँ कसरी ?’‘नसोध्नुस बाबु । दुःखी गरिबको खप्परमा के–के लेखेको छ ।’मलाइ त्यसपछि बोल्न अफ्ठ्यारो लाग्यो । त्यसैले केहि बोलिनँ ।एकछिन पछि उनि आफैले भने,‘जेठी छोरीको पोइ लफंगा परे । बडो दुःख दियो त्यो डाकाले ….’उनका कुरा अनुसार उनकि जेठी छोरीका बुढा काम गर्न भनेर काठमाडौँ आएको दुइ वर्ष हँुदा पनि घर नफर्किएपछि काठमाडौँ मै बस्ने एक जना गाँउलेलाइ उनले खबर गर्न लगाएका थिए । उसले बुझ्दा ज्वाई पक्राउ परेर जेलमा रहेछन भन्ने थाहा भयो । रक्सी खाएर होटेलमा कसैलाई कुटेको आरोपमा ।उनले घरि झ्यालबाहिर घरि म तीर हेर्दै आफ्नो कुरा खोल्दै गए ।उनले भनेअनुसार ज्वाई डान्स बारमा जाने गर्थे । पछि त्यही बारमा काम गर्ने एक जना केटीलाई बिहे गरेर काठमाडौँ मै एउटा कोठामा राखेको रहेछन् ।उनले भन्दै थिए, ‘नाती जन्मेको दुइ वर्ष भैसक्यो त्यो लफंगाले आफ्नो छोरो हेर्न सम्म गएको छैन । श्रीमान बिना घरमा सासु सरुराले बेवास्ता गर्छन् भनेर छोरी माइतैमा छे । यहाँ तरुनीलाइ बिहे गरेर मातेर जाकिएको रहेछ जेलमा ।’मैले सोधे, ‘अगाडि बस्ने तपाइकी तीनै छोरी हुन् ?’‘होइन, कान्छी हो यो । यसलाइ पनि बाहुन खोजिदिनुपर्ने हो, १९ कि भई ।’मैले त्यहिँ बसमा पछाडि सिटमा बस्ने करिब २२ –२५ बर्सकी केटी मज्जाले हाँस्दै गरेको देखेँ र अगाडि बसेकी १९ बर्सकी किसोरीलाई हेर्दा लाग्यो,कती फरक छ नेपाली समाज, महिला र नारी अधिकारको होइन नारीहरुवीचमै असमान अवसरले गिज्याइरहेको जस्तो लाग्यो ।एउटा १९ बर्सकी केटी अरुसँग बोल्दा बिटुलो भइन्छ कि भनेर अगाडि नबोली बसेकी छ, जसको बिहे अहिलेसम्म नभएकोले बाबुलाइ सकस परिराखेको छ । अर्को तर्फ २२–२५ बर्सका केटीहरु मज्जाले मन लागेको कुरा गरिराखेका छन । हाँसीरहेका छन् अनि रमाइराखेका छन्, दुनियाको पर्वाह नगरी । नेपाली समाजभित्र नारीहरुको अवस्था यस्तो छ । काठमाडौं र दूर दराजमा नारीको अवस्था यती फरक छ ।‘ती ज्वाई को के छ ठेगान भनेर बुझ्न आएको, अझै एक महिना बस्न पर्ने रे जेलमा । काठमाडौँ जान्छु भनेर हत्ते गरि यसले । त्यहि भएर यसलाई पनि लिएर आएको, एक–दुइ दिन घुम्छे र जान्छे भनेर । ’गाडी बीच बिचमा रोक्ने र हिड्ने गरिराखेको छ । उनी झ्यालबाट बाहिर हेर्दै आफ्नो कुरा भन्दै थिए । म एकोहोरो सुनी राखेको छु ।‘बडो गारो छ ।’मैले उनको कुरा नबुझेर भने, ‘हजुर ?’‘संसार यस्तो भैसक्यो, बडो गारो छ राम्रो मान्छे पाउन । त्यस्तै लफंगा पर्छन कि भनेर यसको पनि बिहे गरिदिन अझै सकिराखेको छैन ।’ उनले अगाडि बसेकी छोरीलाई इसारा गर्दै भने ।यी सबै कुरा अगाडि बस्ने उनकी कान्छी छोरीले सुनिराखेकी छन् । तर, पहिलो चोटी काठमाडौँ आएको भएर हुनुपर्छ उनी झ्याल बाहिर हेरिराखेकी छन् ।‘काठमाडौँ कि कुनै केटी भए ठुलो स्वर मै भन्थिन, ‘बुवा पनि बढी बोल्नुहुन्छ, अहिले बिहे गर्ने उमेर हो मेरो ।’ अनि यस्तो भन्ने पनि धेरै हुन्छन ।‘मैले रोजेको केटालाई मात्र बिहे गर्छु ।’तर ती अगाडि बस्ने केटी मौन छिन् । हाय काठमाडौँ ।यो दृश्यले काठमाडौँमा जन्मे हुर्केका सम्पन्न बर्गका केही नारीअ धिकारबादीलाइ कुरीकुरी गरेको जस्तो लाग्यो । जसले पुरुषलाई राक्षसीकरण गर्दै नारी अधिकार सम्बन्धि भाषणका कार्यक्रम काठमाडौँमै गर्छन । केहि राष्ट्रिय दैनिकमा दुइ–चार लेख लेखेर दुर–दराजका ती नारीहरुको पछौटेपनको सम्बोधन कसरि होस् ?‘तपाई को घर ?’ उनले मलाई सोधे ।‘बुटवल ।’‘बिहे भयो तपाइको ?’एकै चोटी यस्तो प्रश्न सोधेकोले मलाइ जवाफ दिन एकछिन अप्ठयारो लाग्यो ।हास्दै भने, ‘भाको छैन ।’‘मेरो ज्वाई बन्नु हुन्छ?’म अवाक् भए ।अगाडि बस्ने उनकी छोरीले केहि लज्जा मिश्रित शैलीमा नसुनेझै गरि अगाडि हेरिन् ।‘हाहा, ठट्टा गर्नुभएको ?’ मैले भनँे ।‘होइन, साच्चै जान्न खोजेको ।’‘उमेर कति भयो तपाइको ?’ म उनको एक पछि अर्को प्रश्नले दबाबमा परे ।‘बेला भाछैन मेरो ।’ उमेर बताइँन मैले ।‘किन नहुँनु बेला, तपाइको उमेरमा मेरा दुइटी छोरी भैसकेका थिए । अरु सबै कुरा मिले त किन नहुनु तपाइसँग ।’मैले भने, ‘अघि तपाइँले नै भन्नु भएको होइन राम्रो मान्छे पाउन मुस्किल छ, मलाइ राम्रो ठान्नु भयो र ?’‘नारीको सम्मान गर्नेले आफ्नो स्वास्नीलाई सधै माया गर्छन् । हामी गाडी चड्ने बित्तिकै तपाइले मेरी छोरीलाई आफ्नो सिट छोडिदिनु भयो ।’मैले भने, ‘त्यो त यो महिला सिट भएकोले, जसले पनि गर्छन् ।’उनले भने, ‘मैले धेरै भोगेको छु बाबु । मलाई मान्छे कस्तो छ भनेर भेउ पाउन बेर लाग्दैन । गिद्दै गिद्दहरुको भिडले आजकाल नारीको सम्मान गर्न जान्दैनन् । तपाईले निसंकोच मेरी छोरीलाई बस्नुस भन्दै आफु उभिनुभएको तपाइको हाउभाउ देखेर म यत्ति चै भन्न सक्छु, तपाईंले पाप सोच्नुहुन्न । नारीको इज्जत गर्ने कसैलाई यसको जिम्मा लाइदिन पाए, मलाइ मरे पनि आराम हुन्थ्यो ।’गाडी भक्तपुर आइपुग्यो । झरेर आ–आफ्नो बाटो लागियो । bhbinod51@gmail.com - See more at: http://www.ratopati.com/aakcha...

_____ · Mar 12, 2016 9:16 AM · 2,396 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all