आकाश छुने सपना देख्थे आज किन काप्छन खुट्टाहरु जानु छ त्यो छितिज़ भन्दा धेरै पारी पाइलै पिछे ठेस लाग्छ, रसाउछन आखाहरू !! निकै गार्हो रैछ डरको गाठो फुकाउन हिजो लडे, आज लडे अब भोलि के होला बामे सर्दैछ जिन्दगि, तेसै टोलाउछु अचम्म लाग्छ आफैलाई, कस्तो कठिन यो मेरो चोला !! निदाउन डर लाग्छ, सपनाले तर्सौछ एक आपसमा भिड्दै छन् मनका बाघरु कता हराए खोज्दै छु, ती जोसका आगाहरु कहिले खुल्लान मेरा लागि ती बन्द ढोकाहरु !! अनि फेरी सोच्छु सधै त येस्तो नहोला मेरो भागमा पनि अलिकति खुसि लेखेकै होला सयौ चोटी लडे पनि फेरी उठ्छु बार्है वर्ष लागेपनि कुर्छु एक दिन त अवस्य फर्केला नि त्यो खोला !! सगरमाथाको चुचुरो छुनु छ मलाई पत्थरको बाटो फोड्नु छ मलाई पन्छाउनु छ ती बाधा अनि अड्चन आशिर्बाद दिनु है आमा उही तपाईंको डरपोक छोरा, संगम !! P.S: My name is not Sangam. Kasiko bastabik jiwanma नाम Sangam parema "Hello" mero tarfabata.
toughboy · Mar 9, 2016 5:26 PM · 9,469 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion