प्रलोभन तथा तथ्याङ्क देखाइ नेपाली दाजुभाइ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हामी सचेत र जिम्मेवार भएर आगामी आईतबार मार्च १३ तारिख दिनको एक बजेबाट शेर्पा क्यिदुगको हलमा आयोजना हुने सम्प्रेषणको बिमा सम्बन्धी अन्तरक्रियात्मक सामुदायिक बहसको अन्तिम आन्तरिक तयारी गर्दैछौं | पिडित सेवाग्राहीहरुको तर्फबाट हामीलाई थुप्रै नकारात्मक मौखिक जाहेरीहरु परेका छन त्यस्तै "एउटा बिराउने अनि शाखा पिराउने" भने जस्तो हामी ईमान्दारीताका साथ बिमा ब्यबसायमा लागेकाहरुको पनि मानमर्दन भएका छन भन्नेहरु पनि छन | सम्प्रेषण, ह्वाईट हिमाल या कुनै संचार संस्था अन्तिम फैसला गर्ने "न्यायधिस" हुनै सक्दैन त्यसमा हामी पूर्ण सचेत छौं | तर त्यसो भनेर हामी वर्तमानमा फैलिएको बेईमानी संजाल र सामाजिक अन्यायलाई रमिते बनेर टुलुटुलु हेरिरहन सक्दैनौं |  हाम्रो काम अथवा जिम्मेवारी भनिएका/ठानिएका पिडित र पीडकलाई एक ठाउंमा भेलका गराएर समस्यालाई देखिने गरि सतहमा ल्याउने हो | बिगत दुई बर्षदेखि हामी संचार मार्फत सामाजिक स-शक्तिकरण अग्रसर भएका छौं | अहिलेसम्मको अन्तरिक तयारी र हाम्रो आग्रहमा प्राय जसो सबै चिनिएका बिमा ब्यबसायी/एजेन्टहरु स-शरीर कार्यक्रममा उपस्थित हुने जानकारी गराउनु भएको छ तर अहिले चर्चाको चुलीमा रहेको एउटा कम्पनी एजेन्टकाले कम्पनीको अनुमती नभएकोले आउन नसक्ने बताएका छन | तथापी उनले सम्प्रेषणले आयोजना गरेको कार्यक्रमको सरहना गर्दै यथासक्य आउन प्रयास गर्ने बताएका छन |  हामी उनि र उनि जस्तै अन्य ब्यबसायीहरुलाई यथासक्य कार्यक्रम स्थलमा उपस्थित गराउन लागि परेका छौं | उनीहरुले बेचेको उत्पादनमा प्रश्न आएको हुनाले उनीहरु स्वयम् आएर जवाफ दिनु पर्ने उनीहरुको पनि अहम दायित्व हो भन्ने हाम्रो बुझाई छ | हामी निरन्तर अपडेट्स गर्ने छौं |

columbiauniversity · Mar 8, 2016 6:21 PM · 5,951 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all