बिझाउने आशा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हाँस्दा हाँस्दै मुख छोपेर रुन मन लाग्छ | लाग्छ रोएर सारा चोट बगाई दिउँ| तर जति रुन्छु चोट माथी लागेका खिया मेटिदै जान्छन्, अनि चोट अझै उज्ज्याला र नयाँ भएर आउछन्, मलाई नै बिथोल्ने गरि. मस्तिस्क खल्बल्याउने गरि | भाँचिएका आशा का कोपिला अझै निमोठ्ने गरि | यी आशाका बिरुवा पनि अनौठा, भांचिए पछि त नपलाउनु नी… अब सिद्धियो भन्ने बेलामा फेरी बनमाशा जस्तै कता कता बाट पलाउने जात| खरले आगोको झिल्का टिपे झैँ , खुशी हुनै नहुने आशाले पालुवा टिपी हाल्ने| बैगुनी जात.. त्तेस्तरी पहिला मरेको पनि बिर्सन्छन् कोहि? आफ्नै सर्वश्व मेटिंदा पनि बाच्नछन कोहि? बाध्यता भनौ भने तेस्तो के बाध्यता होला त सबै भाचिंदा,मेटिंदा , फुट्दा पनि पलाउने ? अनि यही पलाएका आशाका पालुवाले अरुलाई घोच्छन्, कोतर्छन, खाटा बसेका घाउ उप्काउछन्.... असत्ति जात.

Mrigtrishna · Mar 8, 2016 2:28 AM · 10,514 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all