सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बीच पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा गाँजाको खुलमखुल्ला व्यापार भएको छ। महाशिवरात्री पर्व मनाउन भारतका विभिन्न स्थानबाट आएका साधुसन्तले विगतका वर्षमा जस्तै यसपटक पनि गाँजाको व्यापारलाई निरन्तरता दिएका हुन्। गाँजाका लागि साधुसन्तहरू युवाहरूबाट घेरिएका छन्। अघिल्ला वर्षको तुलनामा यसपटक साधुसन्तको उपस्थिति केही पातलो भएका कारण पनि उनीहरू गाँजा विक्रीमा बढी व्यस्त भएका हुन्। युवाहरूको घेराउमा परेका साधुसन्तहरूले गाँजा बिक्रीबाट राम्रै आम्दानी गरेका छन्। साधुसन्तहरुले शिवको प्रसाद भन्दै युवाहरूलाई गाँजा विक्री गरेका हुन् । गाँजाका लागि पुगेका कतिपय युवाहरुले भने नागाबाबाहरुलाई जिस्क्याएर हैरान तुल्याएका छन्। त्यही कारण राममन्दिर क्षेत्रमा भागदौड समेत मच्चियो । प्रहरीले नागाबाबाहरुलाई जिस्क्याउने युवाहरूलाई लखेटेपनि गाँजाको खरिद् विक्रीमा संलग्नहरुलाई भने नदेखे भै गरेको छ। महाशिवरात्री मनाउन करिब ३ हजार ५ सय साधुसन्त पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएकामा कतिपय साधुसन्त युवाहरुलाई आफूतिर तान्न निर्वस्त्र बनेका छन्। कतिपय साधुसन्तहरु पूरै नाङ्गै रहेका कारण महिला श्रद्धालुहरुले असजिलो महशुस गरेका छन् । नागाबाबाहरुको चर्तिकला असहय् भएको भन्दै महिला श्रद्धालुहरुले नागाबाबाहरुलाई निर्वस्त्र हुनबाट रोक्न पशुपति क्षेत्र विकास कोष व्यवस्थापनको ध्यानाकर्षण गराएका छन्। नागाबाबाहरुले भने आफूहरु जानाजान निर्वस्त्र नबसेको बरु युवाहरुले चारतिरबाट घेरा हालेर धोती खुस्काइदिने गरेको बताएका छन्। उनीहरुले आफूहरु गाँजाको व्यापारका लागि नभइ शिव भगवानको दर्शनका लागि पशुपति आएको र श्रद्धालुहरुलाई प्रसादस्वरुप गाँजा बाँडेको बताए । पशुपति क्षेत्र विकास कोषले शिवरात्री मनाउन आउने साधुसन्तहरुलाई श्रेणी अनुसार विदाइ दक्षिणा दिने गरेको छ ।
cornelluniversity · Mar 7, 2016 2:12 PM · 5,905 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion