म एक भूल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दुवै मिली चुडांइदिए तिनैलाई जोड्ने पूल थिएॅ कांडा सोचें छन् कि कुन्नी म त केवल फूल थिएॅ। भन्ने थिए होलान् सब्ले कति सुन्दर उपहार यो उपहार नी फाल्छ कोही, धत् म त भूल थिएॅ। पाएं आज आफैंलाई रेटि काटी फालिएको उन्कै पेटमा हिजो सम्म, म कति प्रफुल्ल थिएं। गरिन बिन्ती बचाऊ भन्दै यस्ता निर्लज सामु तिन्लाई के’था म त तिन्कै प्रेमको मूल थिएँ। सोच्दैछु म आज यहाँ जे भयो ठिकै भयो बाँचे पनि म आखिर आंखाकै धूल थिएँ।

Mrigtrishna · Mar 7, 2016 1:28 AM · 10,718 views

4 Replies

Kata haraunu vo vaneko ta balla dekhna paaiyo. Arko damdar ra marmik prashtuti. Keep them coming.

Altijdgoede · Mar 7, 2016 8:22 AM

मृगतृष्णा ज्यु , मिठो र शसक्त बिषयको उठान गर्नु भयो गजलको माध्यम बाट तर तेश्रो शेर चै "शेर" भएन शायद . अलिकति मिलेन गजलको नियम अनुसार जस्तो लाग्यो , काफिया मिलेन नि हैन र . अन्य शब्द जस्तै : शूल तूल कूल हूल प्रयोग गरेर केहि बनाउन पो सकिन्छा कि ? अल्पज्ञानी छु , अन्यथा नलिनु होला . - थाहा छैन Last edited: 07-Mar-16 11:20 AM

ThahaChaena · Mar 7, 2016 11:19 AM

आमा बाउ को !!

instagram · Mar 7, 2016 6:25 PM

Altijdgoede ज्यु: Thank you so much. I will try my best to post further too. and yes ! नहराउने कोशिश गर्नेछु | Thanchaena ज्यु: अन्यथा लिन थालियो भने त अगाडी बढ्ने कसरी? होइन त! Instragram ज्यु: खै? बाउ आम को हो थाहै नपाई चुडिएको एउटा फूल| पढिदिनु हुने सबै मा आभार.

Mrigtrishna · Mar 8, 2016 1:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all