बाको मधेस अर्जाइ सङै हामी हरुलाई शिक्षा बाट बन्चित नहुन भनी शहरको नजिक पनि घर बनाएका थिए | मदेश छिराइ पछी पनि सगोलमा निकै लामो समय सम्म बसियो | मेरा दाजुभाइ र कजन हरु सबै शहरमा बस्थे भने म चै बा सँग मधेस मा बसेर प्राथमिक शिक्षा सकेको हुँ | यो तीन बर्षको बसाइ अनी हरेक छुट्टीमा मदेश छिराइले म बा सँग सबै भन्दा नजिक थिए , उनले मदेश छिर्दा दशौ बर्ष भोगेका भोगाइ हरु अनी आफन्तबाट भरिला आस्वासनमा कम्तिया (खेती हेर-बिचार गर्ने मनिष ) बनाइेको देखी डोकोमा बसेर पहाड फर्किदा पनि मदेश हाक्ने प्रण नछोडेकै कारण मदेशको बास पाइेको हो जस्ता कथा सुनेको छु | टुहुरो भनेको बा-आमा गुमाउनु मात्र हैन गाउका ठुला बडाको चक्रब्युह बाट पंन्छीन लाई पनि मधेश छिरेका हुन रे | एक पछी अर्को कती मुद्दा खेपे लेखा जोखा छैन भन्थे ? बा का कजन डाक्टरि पढ्दै गरेको बेला कसैले दिएको भिटामिन को श्यामपल बा-लाई दिएका थिए त्यो इन्जेक्सन लगाए पछी भएको रियाक्सनले झन्डै मलाई पनि टुहुरो बनाएको थियो | बा-का कथा मेरो मन मस्तिस्कबाट हटेको छैन | बाको प्रशादलाई आँफैले आँफैले बाटेको दाम्लो ठान्छु | बाले गाउका जग्गा हरेक छोरा हरुको नाममा जे जे दर्ता गरिएको थियो तेही तेही लियौ , अनी आमालाई शहरको घर जग्गा दियौ | मधेसको घर माइला दाइको नाममा भएको जग्गामा रहेछ, अन्तरे भाईले मधेशमा घर बनाउनु पर्यो भनी भएका गोठ देखी धन्सारका काठ, बाकल हरु निकालेर नयाँ घर बनाए | काँन्छो भाई नगरपालिकाको जागिर पाए पछी घरमा फोन हाले तेस पछीमात्र घरमा सिधा संपर्क हुन थालयो | अनी भन्छन दाई मलाई तेरो भिटा जाग्गा बाट माटो काट्न दे, घर बारी पुर्छु | माइला दाइले न बस भनेर अर्को घर बनाएको हो ? त्यो त् हैन रे ! कहाँ बनायौ त ? मेरो तोरीबारीसँग टासिएको सिम खेतमा बनाए रे ? घरै बनाउनु थियो भने तोरिबारिमा बनाएर सट्टा भर्ना गरेको भए हुँदैन थियो भन्दा तेती खेर तेसतै भयो , भन्ने सुने पछी म बज्र स्वाठका पारा तन्किए : मैले पनि दिन्न भनी दिए | यहाँ बाट सुरु हुन्छ मेरो कथा : सिमखेत्मा बनाएको घर आज सम्म चित्त बुझेको हैन र छैन | घरी घरी यो सिमखेतमा बनाएको कुरा प्रसँग अप्रसँग बस म बाट निक्ली रहन्छ मेरो गन्थन एही सिम्खेतको घर हो ! घरै बनाउनु परे पनि त्यो भिटामा बनाएको भए त्यो जग्गाको सदुपयोग हुन्थ्यो। मलाई माटो काट्न देउ भनेको जग्गामा बा-का हरुवा हरुले च्यादरका छाना भएका घर बनाएर बसेका छन, त्यो जग्गा पनि अरुले ओगटेर बसे म चाँही माल पोत तिरीरहेको छु | उनले त्यही घर बनाएका भए घर को घर हुन्थ्यो अनी हरुवा बाट जग्गा ओगटिने त थिएन|सगै टासिएको तोरिबारि उनै बाट जग्गा किनेर अरुले घर बनाएका छन: उन्ले त्यहा घर बनाउन सक्दैन थिए र ? अर्को बठ्याइ गरे : मुखमा माइला दाई र मेरो भिटा जग्गा पर्नेमा कान्छा काकालाई अगाडि सारी १६ फिटको बाटो छोडिदे , २-३ कोस तलको गाउ सम्म बाटो पुग्छ : एसो सम्झे मुखमा भएको जग्गा आफ्नै हो दाम त बढी हाल्छ भनी अहिले ११ फिट मात्र छोड्छु पछीलाई बिचार गरौला भनी ११ फिटे बाटो छोडे ; आफ्नो जग्गामा बाटो पुगे पछी अलिक भाउ आयो , आफ्नो जग्गा बेची दियो , मेरो जग्गाको पुच्छारमा गएर बाटोको अन्त्य मात्रै हैन तुहिएर गएको थियो | अहिले नगरपालिका भए पछी ध्यानाकर्षणमा आएको छ | मेरो कान्छो भाई एतै छन, चित्त नबुझेको कुरा भए पछी घरी घरि निक्लदो रहेछ " ज्वाँई तपाईंको टोपी चै मेरो " कथा जस्तो | खै दाई खेतीमा के के गर्यो थाहा भएन त्यो त अस्थाइ घर बनाएको हो भन्दै टाल्न खोजे | अनी मलाई अट्टहास गरी दोस्रो पल्ट हास्न मन लागेको थियो | पहिलो पल्ट् मेरा कजन, KU का प्रोफेसर हुँ भन्थे आफुलाई , IEEE को कनफरेन्समा भर्जिनिया आउनु अघी फोन गरी दाई त-कहाँ पनि निक्लन्छु नजिकै रहेछ भनेको सुन्दा (ईन्टरनेट खोलेर अमेरिकि नक्सा हेरेर नजिकै देखे ) | अस्थाइ घर बनाइेएको कुरा सुनिसकियो, कुनै दिन बिहे पनि अस्थाइ भन्ने निक्लेलान ? Last edited: 07-Mar-16 07:58 AM
magorkhe1 · Mar 6, 2016 3:20 PM · 7,523 views
हिजो कुनै भद्र महानुभाबले गम्भिर कुरा औल्याउदै ईमेल पठाउनु भएछ, हुबहु टास्न सकिन तेस्को मुल आसय यस्तो छ | बाउको मात्र हैन हामीसँग हजुरबाउको पनि कथा छ | मेरा हजुर बा ७-८ बर्सको उमेरमा शिक्षा प्राप्तिका लागि १०-१२ दिन हिंडेर नेपाल शहर छिरे | सन्स्क्रित पाठशालामा पढन पाउ भनी निबेदन गरेका, निबेदन सिरानी मुनी बसे | एक दिन श्री तीन सरकार बग्गिमा सवारि भएको बेला सरकार पढ्न पाउ भनी निबेदन गरे | अनी श्री-३ सोध्छ्न यो बालक के भन्छ, सर्बसाधारण सँग सिधा कुरा कानी गर्न नहुने | अनी हुक्के जाहेर गर्छ , बटुक पढ्न पाउ भन्छ सरकार ? श्री तीन बाट हुकुम हुन्छ , भर्ना गरिदिनु | श्री तीन बाट हुकुम भए छिडीको बास बाट मुक्त अनी पढ्न पाइने भैइयो भनेको त स्कुलका हर्ता कर्ता एस्ता हुकुमी कती धोती लगाइयो भन्दै भर्ना गर्ने सुर सार नै गर्दैनन | मन मनै पख भनी अर्को साताको सबारी कुरेर बसे| ए त घर गएको छैनस, मेरोमा भान्सेकाम गर अर्को बर्ष भर्ना दिन्छु भने पछी हजुर बाउले भर्ना दिन्छौ कि धोती लगाएको कुरा खोलौ भने | गुरुले पत्याएका थिएनन तर सबारी आउन साथ "सरकार" मात्र के भनेका थिए महागुरुले कठालोमा हात राख्दै "भर्ना पाए भन्न् खोजेको हो सरकार" भनी वाक्य पुरा गरेरे| तेस पछी महागुरुले हजुरबाउलाई, बिशेष ध्यान दिएर राखे रे ? हजुरबा नेपाल शहर नछिरेका भए आफु पनि जजमानी गरेर बसिन्थ्यो कि ? हजुर बा ले सुकुल फटाउने गरी घुडा नधसेका भए मेरा बाले पद्मोदय स्कूल जान कहाँ पाउथे ? अनी हामी का बाट प्राइभेट स्कूल जान पाउथौ ? तिम्रा बा मदेश हाने हाम्रा बा सरकारी जाचका लागि कती दु:ख गरे त्यो त तिन्लाईनै था छ ? त्यो भन्दा ठुलो दु:ख "मनु मरु ब्रम्हुचा ख" जस्ता कुरा सुन्नु पर्दा नेपाल शहर छोडेर जान मन लागेको थियो रे | बा खरिदार बाट जागिर खान थालएकाहुन, भाडा कम पर्छ भनी काठमा बसे, दैनिक ४-५ कोस हिंडेर स्कुल कालेज र जागिर खाएका हुन | तेत्रो दु:ख गरे पछी छोरा छोरीलाई पनि तेही दु:ख कहाँ दिनु भनी सरकारी काम-धाम सिके पछी मात्र सानो खोली किनेका हुन , तेही खोलिमा हुर्केको हुँ म ? अहिलेको जस्तो ४ तले घर किनेका हुन र ? तिम्रा बाउले त तेही रुख ढालेर् बसेका हुन , दिमागी काम गर्न काम कती गार्हो हुन्छ त्यो त तेही ठाउमा बसे पछी मात्र थाहा हुन्छ |हाम्रा बा हाकिम खुशी नभए सरुवा गरिदेलान भनी दैनीक डरै डरमा बस्थे | मेरा बाको स्थिती तेही खसी को जस्तो: एउटा खोरमा खसी अर्को खोरमा बाघ बसे जस्तो ? मुला बन फाडेर बसेको कुरालाई ठुला कुरा ठान्छौ ?
magorkhe1 · Mar 22, 2016 10:21 AM
gorkhe ko hawa gaaf, kalle bhancha "मनु मरु ब्रम्हुचा ख" ?? " Manu maru marsya kha bhanne kuralai bangera je payo tei lekcha [Disallowed String for - use not allowed] gorkhe...
gone12 · Mar 22, 2016 12:12 PM
Kun lekhakle bhanthe, Nepali varnamalama, Ja pachhi Jha auchha, testai Jagga bhayoki Jhagda bhaihalchha. Magorkheko lekh purai nabujhe pani padhna sarhai ramro lagchha. Aru ni jawos.
Kiddo · Mar 22, 2016 2:36 PM
तिम्रो हाम्रो बेलामा हो मर्सिया ख बनेको सुन्ने का बाट देखिनु मर्सिया तेतिखेर ! अहिलेका बिहार बाट छिरेका मर्सियाले नेवारीमा जबाफ दिन्छन | तेती खेर पहाड बाट छिरेको बटुक काठमाडौलि भन्दा typical देखिन्थे होला, भेसभुसा फरक लामो टुप्पी टोपी बाट देखिनथे होला ? यिन्को कथा B.T. Washington ले शिक्षा पाउन लाई गरेको दु:ख अनी उन्को महत्वाकाक्ष केही मिल्दो जुल्दो लाग्यो | हामी नेपालीको जे जस्तो मानसिकता छ त्यो २००७ साल पछीको हैन त्यो भन्दा अगाडी देखिनै खच्किदै गरेको कुरा पुस्टी हुन्छ| जो होचो उस्को मुखमा घोचो भन्ने उखान प्रस्टिन्छ | हुकुम भएका कुरालाई पनि लगौटी लगाउने र अर्को बर्ष भर्ना गरिदिन्छु भन्दै काम खान सिपालु तेती खेर पनि मनग्गे रहेछन | मेरा बा ले विश्वाश गर्ने बाहेक अरु केही गर्न सकेन त यिन्का हजुर बाले भने बुद्दी लडाएछन भन्नु पर्यो | अर्को बर्ष पर्खिने हैन धोती लगाएको कुरा खोली दिन्छु भन्दा नपत्याएका गुरुले अर्को सातामा श्री ३ को सवारीमा "सरकार" भन्ना साथ गुरुले काठालो समातेर "बटुकले भर्ना पाए भन्न् खोजेको हो सरकार" भन्न पुगे स्कूलका हेडमास्टर | गूदी कुरा चै अहिले घर बनाएको शिमखेत छेउमा भएका घडेरीयुक्त जग्गामा किन बनाएनन, ति जग्गा अरुलाई बेचेछन भने एउटा लाउके सिमखेतमा घर बनाउछ अनी अर्को लाउके भने घर अस्थाइ हो भन्छ | एस्ता हरि लठ्ठकहरुले बिहे पनि अस्थाइ गरेको हुँ भन्न्लान कि ? बिदेशमा भए अस्थाइ नै हुन्थ्यो : पोखरेलजिले नेपाली नै बिहे गरे , हरियो पत्ता आउनसाथ पापार्चुके लीई हाले , आचार्य बन्धुको के कुरा उन्ले त बिदेश्मा एउटा अनी तेसै बेला नेपालमा गएर आर्को स्थाई बिहे पनि रचे | नौपाने जि : रेसिस्ट् भनेर कमेन्ट नगर्नुस् है : कुरा आफ्ना बाट सुरु गरी अरुका हजुर बा कहाँ अन्त्य भयो | Last edited: 24-Mar-16 07:16 AM
magorkhe1 · Mar 23, 2016 4:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion