नेपाली कांग्रेस सभापतिको चुनावको मतपरिणाम मध्यरातपछि आउने विश्वास निर्वाचन समितिले व्यक्त गरेको छ। सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला उम्मेदवार छन्। सभापति निर्वाचित भइसकेपछि मात्र अन्य पदको मतगणना गरिने छ। सभापतिद्वारा मनोनीत ३० जना प्रतिनिधिको मताधिकारको विवाद छिनोफानो गरे पछि मतगणना शुरु गरिने बताइएको छ। त्यसैले परिणाम आउन केही घण्टा ढिलो पनि हुने सम्भावना पनि छ। अवरुद्ध साँझ मतदान अन्तिम चरणमा पुगेको बेला आएको हावाहुरीले केही पदको मतदान प्रभावित तुल्याइ दिएको थियो। केन्द्रिय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीका अनुसार सभापतिको निम्ति भएको मतदानमा ३१६१ मतदाता मध्ये १३ जना अनुपस्थित रहे। उनले भने, “राष्ट्रिय सभागृहमा मतगणना हुने सभापति बाहेक अन्य पदका मतपेटीका ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सुरक्षित राखिने र सभापति निर्वाचित भएपछि मात्र अन्य पदको मतगणना गरिने छ।” राष्ट्रिय सभागृहमा मतगणना हुने सभापति बाहेक अन्य पदका मतपेटीका ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सुरक्षित राखिने र सभापति निर्वाचित भएपछि मात्र अन्य पदको मतगणना गरिने छप्रदीप पराजुली, सचिव, निर्वाचन समिति सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्ने प्रावधान छ। तीनजना उम्मेदवार रहेकाले कसैले पनि त्यति मत ल्याउन नसक्ने सम्भावना पनि छ। चासो मतपरिणाम अनिर्णित हुन पुगेमा सोमबार नै बढी मत ल्याउने दुईजनाबीच मतदान गराउने निर्वाचन समितिको तयारी छ। काठमाण्डूको प्रदर्शनीमार्गस्थित महाधिवेशनस्थल बाहिर तीन दिनदेखि कांग्रेस कार्यकर्ता नाराबाजी, गानाबजाना र जुलुसमा व्यस्त रहे। त्यहाँ मतपरिणामको प्रतिक्षामा अबेरसम्म कार्यकर्ताको घुइँचो देखिन्थ्यो। कांग्रेसको भावि सभापतिले लिने नीतिले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने ठानिएकाले महाअधिवेशनप्रति धेरैको चासो पाइन्छ।
columbiauniversity · Mar 6, 2016 1:18 PM · 4,319 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion