भुमरी पर्दा प्याराग्लाइडिङ चालक फेवातालमा खसे (फोटो कथा) - See more at: http://www.nagariknews.com/photo-feature/story/58317.html#sthash.UHnqZpM2.dpuf

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.nagariknews.com/pho... It takes a very short amount of time for someone to drown and die. As simple as having a couple of speed motorboats for rescue, why can't we have that in such a popular place like Fewa Taal? With the ever increasing of paragliding activity around Fewa Taal, we are waiting for a big mishap when tandem paraglider drops short of the landing spot and lands in the water causing fatality. Can the tourism board, tourism ministry or someone buy ONE speed motorboat to rescue drowning people from Fewa Taal??? Such a shame! Looks like paragliders need to wear life jackets now because you never know if you will land in the middle of Fewa Taal. भुमरी पर्दा प्याराग्लाइडिङ चालक फेवातालमा खसे (फोटो कथा) 01 Mar 2016 मङ्गलबार १८ फागुन, २०७२ कृष्ण ढुंगाना DISQUS_COMMENTS  0  0 Google +0  0  0 1 2 3 4 5 (0 votes) पोखरा- मंगलबार बिहान १०ः३० प्याराग्लाइडिङ प्रि वर्ल्ड कपमा सहभागी १५० पाइलट कास्कीको सराङकोटबाट उडेका थिए। विभिन्न पोइन्टलाई छोएर उडान गर्दै अन्तिममा फेवातालको सेदी किनारमा अवतरण गर्नुपर्ने गन्तव्य निर्धारण गरिएको थियो। दिउँसो १ः२५ बजे चालकहरु उडान पूरा गरी अवतरणका लागि फेवा तालको आकाशमा आइपुग्दै थिए। सेदी किनारमा पाइलटहरु खस्दा घाइते होलान् भनेर रेडक्रसको प्राथमिक उद्धारको टोली पुगेको मात्र थियो। त्यही बेला फेवाताल किनारको हावाको गति असामान्य हुन थाल्यो। भुँवरी परेर आएको हावाले रुखका पात र धुलो उडाउन थाल्यो। आकाशमा उडिरहेका चालकहरु हावाको भुँवरीबाट सिधै प्रभावित बने। उडान असन्तुलित भएको देखियो। सिङ्गल उडान गरिरहेका उनीहरु फेवातालको आकाश बाहिर आउन प्रयास गरिरहेका थिए। भुँवरी परेर आएको हावाका सामु उनीहरुको केही लागेन। सेदी किनार लक्ष्य बनाएर आएका चालक फेवातालको बीचमै खस्न थाले। पहिलो चालक खसेको १० मिनेपछि लर्खराउँदै अर्को चालक पनि फेवातालमै खसे। एवं रितले ७ चालक त्यहाँ फेवा तालमा खसे। पहिलो चालक खसेको २० मिनेटसम्म उद्धार टोली घटनास्थल आइपुगेन। फेवा तालमा खस्नेमा सबै विदेशी चालक थिए। उनीहरुका साथीहरु पौडिन फेवातालमा हेलिँदै गर्दा उद्धारका लागि डुंगाहरु पनि गए। करिब ४० मिनेटसम्म उद्धार नगरिए पनि फेवातालमा खसेका प्याराग्लाइडिङ चालकहरु पौडेर ज्यान जोगाउन सफल भए। अन्ततः निजी डुंगा तथा प्रहरीको मोटरबोटले उनीहरुलाई जीवित उद्धार गर्‍यो। ठूलो दुर्घटना टर्‍यो। हवाई खेलकूद संस्थाको आयोजनामा प्याराग्लाइडिङ प्रि वर्ल्डकप आयोजना गरिएको हो। आयोजकले हावाले बाधा पुर्‍याए पनि मंगलबारको उडान कार्य ५० प्रतिशत सम्पन्न भएको जनाएको छ। प्याराग्लाइडिङ प्रि वर्ल्डकप २४ गतेसम्म सञ्चालन हुनेछ। सबै तस्बिर : केशव थोकर

kaji sahab · Mar 2, 2016 5:22 PM · 10,574 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion