भाडा नतिरेपछि घरधनीले पुर्व रास्ट्रपतिलाई निकाल्न सरकारसंग गुहार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘सरकार ! मेरो घरबाट पूर्वराष्ट्रपतिलाई हटाइदेऊ’ - बलराम बानियाँ, काठमाडौं फाल्गुन १८, २०७२- घरबेटी रविभक्त बिष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि आफ्नो घरबाट पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन माग गर्दै सरकारसमक्ष लिखित निवेदन दिएका छन् । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए । राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा (कर, बिजुली र पानीको महसुलबाहेक) भाडा बुझाउने लिखित पत्रसमेत दिएका छन् । पत्रमा राष्ट्रपति कार्यालयका सहसचिव शंकरप्रसाद सुवेदीले हस्ताक्षर गरेका छन् । लामो समयसम्म राष्ट्रपति कार्यालय र सरकारका तर्फबाट घरभाडा नपाएको र घरभाडासम्बन्धी सम्झौता पनि नभएपछि घरबेटी बिष्टले तीन महिनाभित्र घर खाली गराइदिन माग गर्दै गत माघ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दिएका हुन् । बिष्टले उक्त व्यहोराको पत्र माघ ११ मा राष्ट्रपति कार्यालयलाई समेत दिइएका छन् । सरकारले उपलब्ध गराएको निवासबाट यादवलाई हटाइदिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा दिइएको पत्रको बोधार्थ यादवलाई समेत दिइएको छ । निवेदनमा सात दिनभित्र सम्झौता गरी पूरै भाडा तिर्न र नतिरेमा तीन महिनाभित्र आफ्नो घर खाली गराइदिन माग गरिएको छ । निवेदन दिएको मंगलबार ४१ दिन पुगिसकेको छ । खाली गराउन दिइएको तीन महिनाको समय पनि ३४ दिन पुगिसकेको छ । बिष्टले चार महिनाको भाडा ५ लाख २० हजार रुपैयाँ पाएका छैनन् भने यादव बसेपछि घरको बिजुलीको बिल ८० हजार रुपैयाँभन्दा उठिसकेको छ । बिजुली र पानीको महसुलसमेत सरकारले तिर्ने राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ । बिष्टले आफ्नो घरमा पूर्वराष्ट्राध्यक्षलाई भाडामा राख्न पाएको खुसीमा बगैंचा बनाई कम्पाउन्ड परिसरमा ढुंगा छाप्नुका साथै यादवका सुरक्षाकर्मीलाई राख्न टेन्टसमेत निर्माण गरेका छन् । लामो समयसम्म भाडा नपाएपछि उनी सरकारसित रुष्ट भएर घर खाली गराउन लागेका हुन् । आफूलाई घरबाट हटाइदिन घरबेटीले निवेदन दिएपछि यादव दिक्क भएको जानकारी स्रोतले दिएका छन् । ‘सरकारले भाडा नतिर्ने हो भने मलाई यहाँ ल्याएर किन राख्नुपरेको, म आफ्नै सुरले जहाँ अनुकूल हुन्छ, त्यहीँ गएर बस्थें’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भने । सरकारले पूर्व राष्ट्रपति यादवलाई आफैंले घर खोजी लगेर राख्ने, अनि भाडा नतिरिदिएर बिजोग बनाउने काम राष्ट्राध्यक्षमाथिको अपमान भएको सरकारी अधिकारी नै बताउँछन् । ती अधिकारीले एमाले नेतृत्वको सरकारले सत्तारूढ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख सुवास नेम्वाङलाई मन्त्रिपरिषदबाट निर्णय गराई कानुनी मापदण्डबिना नै विलाशी गाडी, चालक, इन्धनलगायतको सुविधा दिने, तर पूर्व राष्ट्रपतिको भाडाको विषयमा निर्णय नगर्नु राजनीतिक पूर्वाग्रहमात्र भएको बताए । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पूर्वराष्ट्रपतिलाई आवास सुविधा दिनेबारेमा मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी रहेको बताए । ‘पूर्वराष्ट्रपतिलाई आवास सुविधा दिने भन्ने नै छ । यो विवादको विषय रहेन । तर मन्त्रिपरिषद्बाटै निर्णय चाहिँ भइसकेको छैन,’ राईले भने, ‘यो विषयमा अब सरकारले छिट्टै निर्णय गर्छ ।’ उनले पूर्वराष्ट्रपतिको बारेमा विशेष निर्णय पनि गर्न सकिने बताए । पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा सम्बन्धी ऐन समेत बनाउने तयारी भइरहेको जानकारीसमेत उनले दिए ।     http://bit.ly/1Sf7KdV

cybernepali · Mar 1, 2016 2:59 PM · 22,126 views

11 Replies

Thukka beijatti

bittertruth · Mar 1, 2016 3:26 PM

Anita Yadav ji ko k bhanyai cha? IF WE DARE WE CAN LIVE WITHOUT PAYING RENT?

Jahbless · Mar 1, 2016 4:03 PM

1.5 lakh monthly, vehicle+petrol+driver,security, office secretary and still more to come. no wonder politics is such a good investment in nepal. aba federal states ko cm,ministers haru le ni yestai subidha paucha

shiva_linga · Mar 1, 2016 8:15 PM

How long you have been out of sajha and Nepal news? Party politics is thousand times better than any job , they are keep passing new bills to secure their future . लुटको धन फुपुको श्राद्द गर्दैo छन्

magorkhe1 · Mar 1, 2016 9:35 PM

Build more schools, kids are still walking more than an hour for their schooling, cut VIP facilities. I am assuming president has his own building in Kathmandu since he has been in politics for a long period of time, why the hell he needed government funded building , you dont have to go temple or worship god or yoga for peace of mind, just donate that money to kids future Mr. president you will be blessed Last edited: 02-Mar-16 10:17 AM

thukka · Mar 2, 2016 10:17 AM

Agreed with shiva_linga and thukka.. Who else are on the list of lifetime liability for Nepalese tax payers? VPs, PMs, DPMs, Ministers, MPs??

yacc · Mar 2, 2016 10:24 AM

This is for Mr President Ram Baran Yadav https://www.youtube.com/watch?...

thukka · Mar 2, 2016 10:26 AM

हाहा रामबरण सुपुत्री कता सवारी भैबक्सेछ? उहाँ जस्तो समाजसेवी, दिलदार, राष्ट्र परिवर्तन गर्न अत्तूर मान्छे ले लूट को धन फुपू को श्राद्ध कसरि टुलु टुलु हेर्न सकिबक्स्या. मुख मा राम राम बगली मा छुरा. योगा ले गरिब को पेट भरिञ्छ र्रे? भुकम्प पिडित जाडो मा कथ्याँग्रेको बेला योगा सिकाएर जाडो भगाई दिने होला. कुरा चाहिं ठुला ठुला अनि काम चाहिं के के. भन्छन नि "Action talks louder than words."

BondJamesBond · Mar 2, 2016 10:57 AM

For president of Nepal 1 lakh and 30 thousand every month. For Bhukampa pidit they stop any personal donor or any charity from distributing even 30 thousand rupees to needy people. They want it given to the government body. This is the mentality that the Neta bhanauda brought to Nepal. They become leaders for themselves. Only to themselves. They are not for people.They are not for Nepali public.They are not for Nepal.

Biruwa · Mar 2, 2016 12:19 PM

Home is where one starts from bhanthyo euta le.. Sahi ho.. Anita Yadav le ta kehi bhannu parne ho ni.. Aafno Ang Ko Bhaisi Nadekhney, Arkako Ang Ko Jumra Pani Dhekne..

Jahbless · Mar 2, 2016 6:00 PM

पैसा राष्ट्रपति कार्यालयका सहसचिवले कुमल्याए होलान् नी, कर्मचारीका के भर

Khaobaadi · Mar 2, 2016 6:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all