प्रधानमन्त्रीलाई फेसबुकमा गाली गर्ने मधेसी नेता यसरी पुगे प्रहरी खोरमा फागुन १८ । फेसबुकमा अपशब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गरेको आरोपमा संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका सचिव रामऔतार यादवलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाउने युवाहरुलाई पक्राउ गरेको विरोधमा गाली गलौज गर्दै फेसबुकमा स्टाटस लेख्ने यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समातेको छ । रुपन्देहीबाट पक्राउ गरेर यादवलाई काठमाडौं ल्याइएको हो । यादवलाई साइबर अपराधमा मुद्दा चलाउन काठमाडौं परिसर पठाइएको छ । यसैबीच मधेसी मोर्चा रुपन्देहीले मंगलबार प्रेस विज्ञप्ति निकालेर यादवलाई प्रक्राउ गरेर प्रहरीले वेपत्ता पारेको आरोप लगाएको छ । मोर्चाका नेता महेन्द्र यादवले निकालेको विज्ञप्तिमा यादवको अवस्था सार्बजनिक गर्न र रिहा गर्न माग गरेको छ । यादवलाई रिहा नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ । http://vishwanews.com/MenuPage...
cybernepali · Mar 1, 2016 10:10 AM · 1,424 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion