OMG this is terrible..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Very interesting and gyan mulak i did not know about this... हुन्डीको बिगबिगी कोरियाका सबैजसो नेपाली व्यवसायी यही धन्दा गर्छन् - अखण्ड भण्डारी, देवेन्द्र सम्बाहाम्फे , सोल (दक्षिण कोरिया) http://bit.ly/1OK5OTZ फाल्गुन १८, २०७२- कोरियाबाट नेपाल पैसा पठाउँदै हुनुहुन्छ ? कसरी पठाउनुहुन्छ ? पक्कै भन्नुहुनेछ– हुन्डीबाट । आकर्षक रोजगारदाता मुलुक कोरियाबाट सबैजसो रेमिट्यान्स हुन्डीबाटै नेपाल पठाइन्छ । यहाँ रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, ट्राभल एजेन्सी, मनी ट्रान्सफरजस्ता व्यवसाय सञ्चालन गर्ने सबैजसो नेपालीको अर्को पाटो हुन्डी हो । बाहिर बोर्डमा विभिन्न व्यवसायको नाम उल्लेख गरे पनि उनीहरूको भित्री धन्दा अवैध रूपमा पैसा खेलाउनु हो । उनीहरूले नेपाली कामदार भएका क्षेत्रमा एजेन्टै राखेर पैसा संकलन गर्छन् । बैंकले भन्दा बढी सुविधा दिन्छन् । ढोका–ढोकामा पुगेर पैसा लिन्छन्, चाहे ढोका–ढोकामै पुर्‍याइदिन्छन् । बैंकको भन्दा सटही दर पनि आकर्षक हुन्छ । आखिर के गर्छन् त्यो पैसा ? किन जुटाउँछन् महँगोमा अरूको रकम ? कालो व्यापार मानौं तपाईं कोरियामा हुनुहुन्छ । तपाईंले नेपालमा पैसा पठाउनु छ । हुन्डीवालाले नेपालको एजेन्टलाई खबर गर्छ । तपाईंको आफन्तले तत्काल भुक्तानी पाउँछ । तपाईंलाई लाग्ला– त्यो पैसा आफ्नो घरमा त पुग्यो, यताको एजेन्टले उताको एजेन्टलाई चाहिँ कति दिनमा, कसरी नेपाल पठाउला ? त्यसबापत उसलाई के फाइदा होला ? ‘पैसा पुग्दैन,’ विज्ञहरू भन्छन्, ‘त्यो पैसा चीन, हङकङ, थाइल्यान्ड, भारतजस्ता देशमा पुग्छ । त्यहाँबाट नगद होइन, सामान नेपाल जान्छ ।’ उदाहरणका लागि कोरियाको एउटा हुन्डीवालाले केही व्यक्तिबाट एक लाख अमेरिकी डलर जम्मा गर्‍यो । त्यो पैसा चीनको गोन्जाउ पुग्यो । नेपालमा सम्बन्धित व्यक्तिका आफन्तलाई उताको व्यापारीले त्यति नै रकम भुक्तानी दिन्छ । ऊ १० हजार डलरको आयात अनुमतिपत्र लिएर गोन्जाउ पुग्छ । त्यहाँ एक लाख डलरको सामान किन्छ । त्यसलाई कम मूल्यांकन गराई जम्मा १० हजारको बनाएर नेपाल पुर्‍याउँछ । स्रोतका अनुसार सरकारी अधिकारीहरूसँग ‘सेटिङ’ हुन्छ । भन्सार १० हजार डलरका सामानको तिर्छ । त्यति नै मूल्यांकनका आधारमा भ्याट बुझाउँछ । हुँदाहुँदा आयकरमा पनि राज्य ठगिन्छ । त्यति मात्र होइन, देशका लागि त्यो अत्यन्त घातक हुन्छ । अपराधबाट अपराधसम्म कालोधन प्रयोग गरी राज्यलाई छलेर भएको व्यापारको कमाइ देशमा देखाउन मिल्दैन । त्यसको स्रोत खुल्दैन । ‘थोरै वैधानिक पैसाले धेरै अवैधानिक पैसा तान्छ,’ कोरियास्थित नेपाली राजदूत कमानसिंह लामाले हुन्डीबारे भने, ‘त्यसबाट नेपालमा भएको आर्जन कालोधन बन्छ । सार्वजनिक गरौं, स्रोत हुँदैन । त्यसैले कालोबजारमा घुम्छ । अपराधका काममा प्रयोग हुन्छ । रेमिट्यान्स ओइरियो भनिने तर देश विकासमा त्यसको उपस्थिति नदेखिने मुख्य कारण यही हो ।’ कुनै उद्योग–कारखानामा लगानी गर्न स्रोत खुलाउनुपर्छ । विज्ञहरू भन्छन्, ‘अनि, हतियार किन्न, अपहरणको फिरौती दिन, अन्य आपराधिक काममा लगाउन हुन्डीको कमाइ प्रयोग गरिन्छ ।’ झट्ट हेर्दा हुन्डीबाट राजस्व छलिएको मात्र देखिए पनि अन्तत: यसका कारण अपराध बढेको प्रहरी अनुसन्धानले देखाएको छ । काठमाडौंमा यति नै बेला प्रहरीले १३ हुन्डी व्यवसायीलाई पक्राउ गरेको छ । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले आर्थिक अपराध र अपचलन मौलाउँदै गएकाले उनीहरूलाई पक्राउ गरिएको बताए । ‘आर्थिक अपराधसँगै समाजमा अवैध पैसा बढ्ने र त्यसले विभिन्न खाले अपराध बढाउने भएकाले नियन्त्रण जरुरी थियो,’ उनले टेलिफोनमा कान्तिपुरसँग भने, ‘यो पेसा अपराधबाट सुरु हुन्छ, झन् ठूलो अपराधमा टुंगिन्छ ।’ उनको अनुमानमा हुन्डीबाट दैनिक करोडौंको कारोबार हुन्छ । ‘एक लटमा एकै जनाबाट दुई करोड रुपैयाँसम्म बरामद गरियो,’ उनले थपे, ‘दिनभरिमा एकै व्यक्तिले केही करोडको काम गर्ने देखियो । त्यस्तो व्यवसाय गर्नेको संख्या ठूलो छ ।’ एसएसपी खनालले मनी एक्सचेन्ज र ट्राभल एजेन्सीका नाममा समेत हुन्डी कारोबार भइरहेको जानकारी दिए । त्यस्ता केही कारोबारी पक्राउ परेका छन् । स्रोतका अनुसार कतिपय मनी एक्सचेन्जले सेतो देखाएर कालोधन कारोबार गर्छन् । ‘नाम कहलिएका रेमिट कम्पनी यसमा अगाडि छन्,’ स्रोतले भन्यो, ‘ठूला–ठूला व्यापारीसँग सेटिङ गरेर सामान आयात–निर्यातमा सघाउनु तिनको काम हो । प्रहरीले भने ठूलालाई छुन सकेको छैन ।’   शृंखला लामै व्यापारमा हुन्डीको पैसा प्रयोग गरी राजस्व मार्ने प्रचलन सुरु भएको वर्षौं भइसक्यो । २०६५/६६ मा कोरियन हुन्डाईको टुसान गाडी आधाभन्दा कम मूल्यांकन गरेर नेपाल ल्याउने क्रममा थियो । २ सय ५० वटाभन्दा बढीको कन्साइन्मेटमा वीरगन्ज भन्सारले अनुसन्धान गर्‍यो । एक्को इन्टरनेसनलले ल्याउँदै गरेका गाडी रोकाइदियो । ‘हुन्डीबाट आधा र बैंकबाट आधा पैसा पठाएर गाडी ल्याइएको रहेछ,’ वीरगन्ज भन्सारका तत्कालीन प्रमुख केवल भण्डारीले भने । कोरियाको अध्यागमन विभागको तथ्यांकअनुसार सन् २००८ देखि २०१५ डिसेम्बरसम्म रोजगार अनुमति प्रणाली (ईपीएस) बाट मजदुरी गर्न कोरिया आउने नेपाली कामदारको संख्या ३४ हजार ३ सय १९ छ । यीमध्ये ५ हजार कार्यकाल पूरा गरेर फर्केका छन् । अन्य माध्यमबाट आएकासमेत गर्दा यहाँ ४० हजारको हाराहारीमा नेपाली भएको अनुमान छ । उनीहरूको कमाइ औसत प्रतिमहिना १५ सय अमेरिकी डलर (एक लाख ५० हजार रुपैयाँ) हुन्छ । उनीहरूले पकेट खर्च राखेर वार्षिक सरदर ५४ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँभन्दा बढी) नेपाल पठाउने अनुमान छ । ‘त्यसको ९० प्रतिशतभन्दा बढी हुन्डीमार्फत जान्छ,’ राजदूत लामाले भने, ‘त्यो सबै कालोधन बनेर कालोबजारमा हराउँछ ।’ वैदेशिक रोजगारमा नेपाली गएका अन्य मुलुकबाट हुने हुन्डी कारोबारसमेत जोडदा खर्बौं रकम अपराध–बजारमा छिर्ने गर्छ । अर्को स्रोतका अनुसार अचेल कोरियामै चिनियाँ व्यापारी हुन्डीको पैसा बटुल्न आउन थालेका छन् । तिनले कोरियन मुद्रा (वन) मा पैसा बुझ्छन् । त्यसको सामान किन्छन् र चीन लान्छन् । नेपालबाट आएका व्यापारीलाई बदलामा सामानै दिन्छन् । जसका कारण हुन्डी कारोबारीले बैंकलाई दिनुपर्ने कमिसन जोगिन्छ । विदेशी मुद्रा अपचलन अलि ठूला हुन्डीवालाको नेपालमा पनि मनी एक्सचेन्ज, रेमिटजस्ता देखावटी व्यवसाय हुन्छन् । कतिपय ट्राभल एजेन्सीले पनि यसको काम गर्छन् । खुलेआम विदेशी मुद्रा विनिमयको काम गर्ने तिनले किन्दा बैंकभन्दा केही बढी र बेच्दा सयमा १० रुपैयाँसम्म बढ्ता लिने गर्छन् । ‘तीमध्ये कतिपयको काम महँगोमा डलर बेच्नु र बाहिर धन्दा गर्नेलाई उपलब्ध गराउनु हो’, स्रोतले भन्यो, ‘अनि, सरकारले सीमा तोकेभन्दा बढी डलर विदेश पुग्छ । उताउतै कारोबार हुन्छ ।’ सामान निर्यातकर्ताले कमाएको डलर पनि स्वदेश कमै ल्याउँछन् । विदेशमै डलरमा खाता खोल्ने, उतै महँगोमा बेच्ने गर्छन् । स्रोत भन्छ, ‘सँगसँगै दुइटा व्यापार हुन्छ, एउटा सामानको, अर्को विदेशी मुद्राको । त्यसलाई सजिलो पारिदिएको छ हुन्डीले ।’ अनि, गाडधन पनि भ्रष्टाचार र हुन्डीको गहिरो सम्बन्ध छ । यो राष्ट्र र अर्थतन्त्र दुवैका लागि घातक छ भन्ने जान्दाजान्दै नेताहरूले रोक्न चाहँदैनन् । सरकार र सरकारी अधिकारी यसैमा भुलिन्छन् । स्रोत भन्छ, अख्तियारले कारबाही गर्ने डरले अचेल घूस पनि हुन्डीबाटै लेनदेन गर्न थालिएको छ । भ्रष्टाचार गरेको कालोधनलाई सेतो बनाउने राम्रो उपाय हुन्डी नै हो । अवैध पैसा हुन्डीबाट विदेश पठाउने, उताबाट वैदेशिक लगानीका नाममा नेपालमै ल्याउने ‘घरानियाँ’ पारा निकै बढेको छ । कहलिएका व्यापारी यसमा संलग्न छन् । नेपालमा बेलाबेला अनेक नाममा शंकास्पद वैदेशिक लगानी भित्रिन्छ । ब्रिटिस भर्जिन आइल्यान्ड, साइप्रस, वेस्ट इन्डिजलगायत ‘ट्याक्स हेभन’ देशमा यताको पैसा पुग्छ । त्यहाँ कम्पनी दर्ता गर्न सजिलो छ । करको विवरण बुझाउनु पर्दैन । त्यही सुविधा उपयोग गर्दै नेपालमा वैदेशिक लगानीका नाममा यतैको कालोधन सेतो बनेर आइपुग्ने हो । ‘त्यहाँ कमिएको रकम फेरि थप अवैध रकमसँग मिसिएर विदेशमै हुन्डीको सहारामा पुग्छ,’ विज्ञहरू भन्छन्, ‘ती सबै काममा उच्च राजनीतिकदेखि प्रशासनिकसम्म सहयोग र सेटिङ हुन्छ । त्यसले यसलाई गाडधन निकाल्ने उपायसमेत मानिन्छ ।’ सरकारले चाहने हो भने रोक्न गाह्रो छैन । उपाय अनेक छन् । तीमध्ये राजदूत लामाको उपाय यस्तो छ, ‘दिनमा एक–दुई जना व्यापारीका सामान उनीहरूले देखाएको मूल्यमा सरकारले किनिदिनुपर्छ । अनि, आफैं कम मूल्यांकन गराउन बन्द गर्छन् । त्यसपछि हुन्डीको पैसा बिक्न छोडछ । यो धन्दा आफैं रोकिन्छ ।’   प्रकाशित: फाल्गुन १८, २०७२ http://bit.ly/1OK5OTZ

theDim · Feb 29, 2016 9:46 PM · 746 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion