हरियो पर्दा भित्रको वास: र अमेरिकामा सपना बेच्नेहरुको पस:

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हरियो पर्दा भित्रको वास:  र  अमेरिकामा  सपना बेच्नेहरुको पस: वसन्तपुर् वरिपरिका पुरानो हाल बिरानो भएको वस्तीका गल्लीहरुमा हरियो पर्दा लगाएका छिंडीहरु असंख्य छन्, देख्नु भएकै होला| सानो छंदा बुबा  बिरामी हुँदा बखत  बीर अस्पतालका कक्षहरुमा हरियो पर्दा देखेको थिएँ र तिनै गल्ली भएर बाटो नाप्दा लाग्थ्यो  सानो तिनो अस्पताल नै  होलान् हरियो  पर्दाहरु |  गल्ली गल्लीमा खुलेका यी भट्टीहरुको पहिचान हरियो पर्दा कहिले देखि र किन हुन गयो त्यसको प्रामाणिक इतिहास भेटिन्न | भट्टी अर्थात खाजाघर अर्थात चमेनागृह | खाजा बेचेर मुनाफा कमाउछु  भनेर पसल थाप्नु र कामाउनु ब्यबसायिक  धर्म नै हो यसमा बिमति न रहला | तर अधिकांश भट्टीमा दिन दहाडै वास: बेचिन्छ, सस्तो मुल्यमा | एक गिलास वास:को २० देखि ५० रुपैयामा बेचिने यी वास:हरुले असंख्य  ज्यान सुस्त सुस्त लाश हुँदै छ |वास: अर्थात शाब्दिक अर्थमा औषधि भट्टी भाषामा लोकल  रक्सी | युरिया लगायत घातक रासायनिक एवं बिष मिसाएर बनाइएका सस्तो रक्सी पिउनेहरुलाई म बिष पिउंदै छु, लिभर खियाउन्दै  छु भन्ने पक्कै थाहा हुँदो हो तर नशा र बजेटको सयुक्त प्रतिफल  वास: पिउँछन् | यहाँ  पिउने को दोष छैन भन्दिन | तर मेरो यो लेखको मुख्य आशय बिष बेच्नहरुको मन हुन्छ कि हुँदैन  भन्ने बारे हो | कानून सानून दैब  जानुन, तर एक सचेत मान्छे भएर  आफ्नै टोल , वास्तिवारिपरिकालाई  पिउन अयोग्य  मदिरा बेच्न आत्माले दिन्छ कि दिदैन ? बेच्नै परे स्वास्थलाई  सिधै हानी नोक्सानी नहुने, घरेलु प्रयोजनको लागि  बनाइने  शुद्ध आयला बेचे पाप लाग्दैन  होला नै | हरियो पर्दाको  अमेरिकामा सपना बेच्नेहरुको  संजालको अनुनियाश्रीत सम्बन्ध म देखि रहे छु | अमेरिकाको विभिन्न सहरहरु जहाँ नेपाली र नेपाली मूलका भुटानीहरुको बाक्लो  उपस्थिति  छन् त्यहाँ  बिगत केही बर्ष देखि सपना बेच्ने गन्यमान्यहरुको  चर्तिकला  बिस्तारै छताछुल हुँदै छ | जीवन बिमाको एउटा प्रडक्ट मीठो सपनाको लेपन  लगाएर  बेचिदै छन् | नेटवर्किंग जीवन बिमा मात्र  हैन  अरु कुनै बिमाको  चक्रब्युह  मै हुँ भन्ने शिक्षित  व्यक्तिलाई त बुझ्न गाह्रो हुन्छ भने  भर्खर  अमेरिकी सपना बोकेर  अमेरिकी धर्तीमा  पदार्पण गरेका  नेपाली र नेपाल भाषी भुटानीहरुले  शायदै बुझ्लान बिमाका जटिल अवयवहरु |  जीवन बिमाको मूल उद्देश्य भनेको कथंकदाचित भबितब्यबमा जीवन  गुमाए भने परिवारजन वा आश्रितजनले पाउने आकर्षक  धनराशी नै हो | तर अमेरिकामा सोझा सिधा र केही छट्टुहरुलाई यसका अनेकन अतिसयुक्तिका  गुलियो चटाएर  बेचिदैछन् र घण्टा हानेर  कमाएका हरियो डलरको महत्वपूर्ण अंश बुझाउदै छन् | पिरामिड शैलीका  नेटवर्किंग  ब्यबसाय जो संसारका  धेरै देशमा  गैरकानूनी  मानिन्छन्, जीवन बिमा भित्र त्यो नेटवर्किंगबाट  हुन सक्ने  अप्रत्याशित लाभको ठुलो अंक देखाएर  बेचिदैछन्, किनिदैछन् | एकजना सदस्य भएर अर्को ५-७ जना सदस्य  बनाउन सकियो भने नयाँ सदस्यले तिरेको प्रिमियमको झन्डै आधा अंश पाउने प्रलोभनले जो सुकै आकर्षित नहुने कुरै छैन | आफुले तिरेको पैसा भन्दा बढी पैसा फिर्ता हुने आशाले उ अरुलाई मुर्गा बनाउन खोज्छन् र  आफु ठुलो मुर्गा भैसकेको  हेक्का राख्दैनन्| जति सदस्य बढ्यो त्यति नै बनाउने एजेन्ट मोटाउने कुरामा  पहिलो चरणमा ठगिएका ग्राहकलाई वास्ता  हुँदैन र अरुलाई नाता, सम्बन्ध, जातीको अचुक अस्त्र प्रयोग गरी रातारात धनी बन्ने सपना देख्छन् | जब यस ठगी काण्डमा ठगिएको महशुश गर्ने अमेरिका मै सामाजिक र आर्थिक हैसियत  बनाइसकेका , तुलानात्कम रुपमा पढे लेखेकाहरुले  आफ्नो हर हिसाब गरे तिनीहरु सपनाको गल्छीमा खसे| जुन सुकै समयमा आफुले तिरेको प्रिमियम फिर्ता माग्न पाउने र ब्याज सहित रकम फिर्ता गर्ने भनी लेखिएको बिमा सम्झौताको अर्को पाटोमा  ससाना अक्षरले लेखिएका शर्तहरु धेरैले पढ्दैनन् | आफुले तिरेको जम्मा रकम फिर्ता लिंदा  अनेक धारा उपधारा बमोजिमको खर्च  र शुल्क काटेर दिने रहेछ | बर्षौं पछी ब्याज  सहित पाउने रकम आफ्नो पसिनाको डलर  भन्दा उल्लेख्य कम पाउने रहेछ | उदाहरणको लागि, (यु ट्युबमा भिडियो उपलब्ध छ), महिनाको ४ सय ( पुरै परिवारको बिमा प्रिमियम) तिरेर  १२ बर्ष पछी  फिर्ता माग्दा झन्डै ६० हजार बुझाएको रकम ५० हजारमा ब्याज सहित अबमुल्यन  हुने रहेछ | सामान्य हिसाबमा  पनि न्यूनतम ब्याज दरमा बैंकमा जम्मा गरे पनि त्यो ६० हजार  घटीमा ७५-८० हजार हुन जान्छ | हो बिक्रीको राखिएको माल हो, नाफाको मार्जिन नराखी कसैले ब्यापार  गर्दैनन्, सत्य हो | कुन माल किन्ने हो वा अर्को माल किन्ने हो  ग्राहकको व्यक्तिगत निर्णय र इच्छा हो – यो पनि सत्य हो | सामान किन्दा बुझेर  जानेर किन्नु पर्छ – यो पनि सत्य हो | ब्यापारी वा बिक्रेताले  खस्रो माललाई पनि खाग्सी र वाक्स्  दलेर  चिल्लाएर  बेच्छन् – यो पनि सत्य हो | तर ठुलो “तर “ छ | पांच रुपैयाको सुन्तला २५ मा बेच्नुस् तपाइँ को खुसी  तर सुन्तलाको नाम मा बिष  बेच्न  पाइन्छ  कि पाइदैन ? यो सुन्तला  भित्र बिष  छ भन्दा भन्दै  किन्छ  भने ग्राहक मुर्ख  हो तर यस भित्र अमृत छ भन्दै बिष  बेच्न पाइन्छ  कि पाइदैन | यी त भए सामान्य ठगीका कुरा | ठग्नेहरुको जमात बाक्लै भएको देशका जनता हौँ , ठग्नेहरु जतासुकै हुनु अनौठो हैन | नैतिकपतनको सीमा सम्म देखेको र भोगेको देशको नागरिक हुँ, धेरैबाट  नैतिकता प्रदर्शन  गर्ला  भन्ने आश पनि छैन | भ्याट छल्ने ब्यापारी देखि नक्कल्ली एड्स जाच्ने किट्स बेच्ने गिरोह देखेका नै हौ | छोरीलाई मुम्बई लगायतका  कोठीमा बेचेर घरमा जस्तापाताको छाना लाउने बस्तीका बस्ती नै देखेको छु | फकाएर फुलाएर मृगौला बेच्न लगाउने फताह देखि लिएर कौडीको दाममा घर खेत बेच्न लगाउने आफन्त धेरै देखेको छु | तर ठुलै  तर छ यहाँ निर |  मलाई के लाग्थ्यो भने नैतिकता अलिकति भए पनि बचाएका समुदाय कुनै छ  भने त्यो साहित्यकार र कलाकार समुदाय हुन् | साहित्यकार, कबिको मन संबेदनशील हुन्छन्, अरुको पीडामा रुने आँखा हुन्छन्, अरुको ब्यथा धुने हात हुन्छन् – मलाई जस्तै धेरै लाग्थ्यो होला | अझै पनि साहित्यकार र कलाकारहरुको मुटु आम नागरिकको भन्दा  बढी धड्किन्छ भन्ने कुरामा बिश्वास गर्छु र गरिरहन्छु | यो सपना बेच्ने एजेन्टहरु प्राय जसो नेपाली समुदायमा  चर्चित साहित्यकार र कलाकारहरु छन् | प्रतिष्ठित साहित्यकार महोदयले बाबु यो यस्तो राम्रो कुरा हो किन्दा फरक पर्दैन भने पछी न पत्याउने को हुन्छ ? कुनै पनि समारोह  वाह वाह लुट्ने गजलकार र संगीत सुनाउने संगीतकारज्यूले  तपाइँ सदस्य  बन्नुस् मा जस्तै मालामाल हुनुहोस् भनेर भन्यो भने नफस्ने को होला र ? “अहिले म यस ब्यबसायमा लागेर धेरै फाइदा भएको छ , हफ्ता मा ७-८ घण्टा  ब्यस्त भएर पुग्ने आम्दानी  गरेको छु , बाँकी समय  समाजसेवा मा अर्पण गरेको छु “ भन्दा कुन चाहि मान्छे नापग्लिएला ? समाज कै चर्चित- प्रतिष्ठितहरु लप लहलहैमा सपना किन्नेहरु हजारौंमा पुगिसके | मुश्किलले  बाच्ने जोहो गर्नेहरुको पसिनामा पौडी खेलेर बैभवी जिन्दगी बिताइरहने  यी साहित्यकार-कलाकारहरु र त्यो हरियो पर्दा भित्रका युरियाको झोललाई रक्सी भनेर  बेच्नेमा के फरक भो ?? रक्सी बेच्नेले जस्तै यिनले पनि  जिउंदै मार्दै छन् |  समाजमा भट्टीवाल मात्र बदनाम  हुने तर उस्तै ब्यबसाय  गर्नेहरु फूलमाला र खादा ओढेर  गरिबको पसिना चुसेर  ढ्याउउ  गर्दैछन् | र पनि नेपालीहरु  अनेकन भय र संस्कारको डरले बोल्ने हिम्मत गर्दैनन् |   अस्तु !    

rahulvai · Feb 29, 2016 12:16 PM · 17,799 views

6 Replies

Once we went to see a financial adviser : after hours of exchanging ideas and data , we were advised to get life insurance , sounded a good plan for securing future. Later we knew that there is a good commission for recommending a broker . We did not buy it. As you mentioned it , people working in financial sector would not understand life insurance policy. The other weekend I heard on redio that the insurance company he was with is sold , it is not giving any income to new company , are asking to discontinue it and buy new , even though it was and a legit business. Caller has been paying premium for last 15-16 years , Who can afford to buy a 500 dollars per month premium is it not too high ? You must have 80k + yearly income. No job is secured, at my work people are getting laid off left and right. Who knows? It remind me my college friend jha's joke, you can replace the skin and make different thing but the habit and nature remains the same, as changing demography coming to USA does not change who they are.

magorkhe1 · Feb 29, 2016 1:23 PM

Had faintly heard about the scam in Nepali community, sad to hear that it is a much pronounced problem now. Thanks to Rahulvai for bringing this to the forefront. Anytime a pyramid scheme, Multi-level-marketing scheme is discussed a red flag should go up. I don't care if it's to sell legal services, health products, insurance or any industry - if they tell you you earn money to bring in more people then get out of that meeting, specially if the product costs your initial payment up front and the product you are getting is not something you would've bought if this service wasn't available. Unless you are the top 3 layers in the absolute chain, you will hardly make any money and lose a lot of friends. Life Insurance still is not utterly a bad thing, as long as it is done with proper understanding and from a reputable company. Be aware. Shame on these leeches who are stuck in this hole and want to drag more people with them.

Kiddo · Feb 29, 2016 2:42 PM

सहि कुरो गर्नु भो, राहुल मित्र/ यो ठगि को अन्त्य कहिले होला ? On a lighter note: हरियो पर्दा को कुरा गर्दा धर्मपथ को झरना रेस्टुरा को खूब याद आयो, जिब्रो तारेको, पंच क्व़ा, सपू म्हिचा इत्यादि इत्यादि. Thank you.

adhikari_bandhu · Feb 29, 2016 8:16 PM

राहुल दाई पनि येस्सो डी सि तिर अको बेलामा यी फताह हरू को मुर्गा हुनु भयो कि क्या हो

himalaya178 · Mar 1, 2016 11:02 AM

अधिकारी बन्धु, झरनाको कुरै नगरौं | सम्झी सम्झी मरिन्छ कि क्या हो ? एक पल्ट मैले गनेको , त्यो सानो पसलमा ३३ थरि मासुको परिकार पाउने रहेछ | खसीको टाउको फ्राई र पन्च क्व़ामा किमा फ्राई हालेर चाहि बिशेष मन पर्ने | हाल त्यो पसल बन्द छ , परार नेपाल जाँदा साहुजी संग भेट भाथ्यो, अनेक गुनासो गर्दै थिए |

rahulvai · Mar 1, 2016 11:08 AM

magorkhe1, kiddo , Himalaya मा आभार | म आफै पीडित चाहि हैन तर नाई भन्न नमिल्ने वरिष्ठ साहित्यकारज्यू ले धेरै पल्ट मुर्गा , हाँस , बनाउन खोज्नु भएको चाहि सत्य हो | अझ प्रख्यात हास्य कलाकार की छोरी त घर मै आएर भेट्छु भन्दै थिई ... अनेक बहानामा पन्छिएर बचेको | तर ठगिने प्रायजसो अल्पज्ञानी , भर्खर अमेरिका आएका र निम्न आय भएका हुन् | गरीबलाई ठगेर हफ्तामा २८ हजार कमाएँ भनेर फेसबुकमा पोस्ट गर्नेलाई लाज लागेन यो दुनियामा |

rahulvai · Mar 1, 2016 11:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all