प्रहरीका पूर्व महानिरीक्षक सनत कुमार बस्नेतलाई ९ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनत कुमार बस्नेत विरुद्ध ९ करोड १५ लाख ८१ हजार बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।  २०६६ वैशाख देखि २०६८ सम्म महानिरीक्षकको हैसियतमा रहँदा मातहतका युनिटहरुमा सामान ढुवानी गर्दा झुटा बिल पेश गर्दै भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।  'सार्वजनिक खरिद ऐन, नियम विपरित विभिन्न कर्मचारीहरुको नाममा ढुवानी प्रयोजनको लागि भनी पेश्की लिएको देखाई सामान नै ढुवानी नगरी, संचालन मै नभएका/नरहेका ट्रान्सपोर्टहरुको झुटा बिलहरु पेश गर्न लगाउनुका साथै बुद्ध तथा यति एयरलाइन्सबाट कार्गो गरी मातहत युनिटहरुमा जिन्सी सामानहरु ढुवानी गराएको भनि एयरलाइन्सहरुको समेत झुटा कार्गो बिल तयार गर्न लगाएको', अख्तियारले आफ्नो अनुसन्धानका विषयमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  साथै अख्तियारले सरकारलाई गैरकानूनी हानि पुर्यापउने अन्य ६ जना विरुद्ध समेत मुद्दा दायर गरेको थियो। - See more at: http://www.pahilopost.com/cont...

cybernepali · Feb 29, 2016 10:46 AM · 7,005 views

2 Replies

Good news or bad news: This bastard mr Karki is protecting Prachande and his gang member. We can recover I've 200 millions dollars. Keep you hand on bigger fishes. One Karod???????? What a great job?

magorkhe1 · Feb 29, 2016 4:03 PM

what is going on with the investigation of Nepal Tourism Board's ex CEO Subash Niraula? He had also scammed a lot of money I think.

kaji sahab · Feb 29, 2016 4:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all