यसरी ऊ पागल भई।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसरी ऊ पागल भई। दुःखसंग साइनो तेरो खास भयो अब जति गरेँ प्रयास मैले नास भयो अब। मेरै भनि जतन गरि सिन्चि राखेकिथें मेरो किन? दिल्कै सुन्, त्यो पास भयो अब। मन्ले गर्यो राज यहाँ दिन रात रुवाउंदै मेरो औचित्य नभएको आभाष भयो अब। रुवाउनेले नै हसांउछ भनि कन मुस्काई मैले बुझें ऊ हांस्ने शुन्य आश भयो अब। बस्नु त्यहि पीरसंगै म जान्छु छोडी भनी म हिंडे ऊ सास सहितको लास भयो अब। -मृगतृष्णा Last edited: 19-Feb-16 04:46 AM

Mrigtrishna · Feb 19, 2016 12:14 AM · 14,951 views

4 Replies

हुन्थ्यो संचार आशाको मात्र उसको सम्झनाले उसको नामको अर्को अर्थ त्रास भयो अब

Altijdgoede · Feb 19, 2016 7:37 AM

बस्नु त्यहि पीरसंगै म जान्छु छोडी भनी म हिंडे ऊ सास सहितको लास भयो अब। वाह ! मिठो गज़ल आयो . धन्यावाद मृगतृष्णा जी

ThahaChaena · Feb 19, 2016 11:21 AM

सक्दिन नि छोड्न एक पल भन्दै छांद हाल्ने रोदन उसको मेरा लागि केवल बकवास भयो अब

Altijdgoede · Feb 19, 2016 1:12 PM

मनपराइ दिनुहुने सबैमा आभार |

Mrigtrishna · Feb 20, 2016 12:57 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all