गत बर्ष भूकम्पको कारण ढलेको काठमाडौँको ऐतिहासिक धरहरा बनाउने कार्यको शिलान्यास भएको छ | प्रधान मन्त्रि ओलीले आफ्नो एक महिनाको तलब ६१ हजार उक्त कोषमा जम्मा गरिसकेका छन् | यसै बीच भर्खर प्राप्त समाचार अनुसार भारतले पनि धरहरा निर्माण कार्यमा बिशेष चासो देखाएका छन् | स्रोतका अनुसार धरहराको वरिपरि चना चटपट आदि बेच्नेहरुलाइ कडा घामबाट राहत पुराउन भारतका बैज्ञानिक र सामाजिक सास्त्रीहरुले एउटा एस्तो क्षप्यास्त्र तयार गरेका छन् जुन हेर्दाखेरी ठ्याकै धरहरा जस्तो देखिन्छ र उक्त क्षप्यास्त्र प्रहार गर्दा बायुमंडलमा उडेर सुन्धाराको पुरानो धरहरा भएको स्थानमा आरोपण हुनेछ | उक्त धरहराको मुख्य बिशेषता भने दिउसो घाम र गर्मीको चाप ३५ दशमलब भन्दा बढेमा स्वचालित रुपमा माथिको तल्लाबाट एउटा बिशेष छाता रूपी टहरा निक्लेर धरहरा मुनि बस्ने चना चटपट ब्यापारी हरु एवं आगन्तुकहरुलाई दिउसोको कडा गर्मि बाट राहत पुराउने छ | यस प्रस्तावलाई घुसखोर समर्थन आयोगका अध्यक्ष्य पुष्प कमल दाहालले फूलमाला र खाता सहित स्वागत गरेका छन् | यसै धरहरा क्षप्यास्त्रलाइ प्रहार गर्ने बटन थिच्न सम्माननीय प्रधान मन्त्रि ओली अर्को हप्ता भारतमा पुग्ने तयारि हुदैछ |
sajha onion · Feb 17, 2016 11:29 AM · 7,318 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion