अमेरिकी जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई दुई करोड क्षतिपूर्ति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई दुई करोड क्षतिपूर्ति २०७२ फागुन ३ गते १९:०८ मा प्रकाशित Dr-Shiva-Lal-Acharya डा. शिवलाल आचार्यले जसले सन् २००८ मा पेन्सलभेनिया जेलमा आत्महत्या गरेका थिए । ३ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले जेलमा आत्महत्या गरेका नेपाली डाक्टरको परिवारलाई २ लाख डलर (झण्डै दुई करोड रुपैयाँ) क्षतिपूर्ति दिन आदेश दिएको छ । ३३ वर्षका डाक्टर शिवलाल आचार्यले अमेरिकी जेलमा १३ डिसेम्बर २००८ मा आत्महत्या गरेका थिए । उनले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको थियो । उनलाई अदालत पेश गर्ने तयारी थियो । आचार्यको परिवारले उनी ‘सुसाइडल’ अर्थात आत्महत्या गर्न सक्ने थाहा हुँदा हुँदै पनि राम्रो ध्यान नदिएको आरोप लगाउँदै क्षतिपूर्तिका लागि मुद्दा दायर गरेको थियो । उनीसँगै रहेका कैदीले आत्महत्या गरेका थिए भने आचार्यले आत्महत्या गर्न एक भन्दा बढी तन्ना प्रयोग गरेर झुण्डिएका थिए । त्यसअघि पनि उनले आत्महत्याका लागि केही औषधिको अत्यधिक प्रयोग गरेको भेटिएको थियो । उनले आत्महत्या गर्न सक्ने सम्भावना हुँदाहुँदा उनलाई पर्याप्त निगरानीमा नराखेर लार्पवाही गरिएको दावी गर्दै परिवारले दायर गरेको मुद्दामा क्षतिपूर्तिको आदेश भएको पिटर्सवर्ग पोष्ट गजेट पत्रिकाले जनाएको छ । डा. आचार्य सिकागो कार्यरत थिए । २००८ सेप्टेम्बरमा पेन्सिलभेनियाको हाइवेमा भएको सवारी दुर्घटनामा उनको कारको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो । त्यसअघि ओभर स्पीडमा उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले प्रति घण्टा २१० किलोमिटरको गतिमा गाडी चलाएका थिए । दुर्घटनापछि डा. आचार्य जंगलतिर भागेर चार घण्टासम्म लुकेका थिए । उनलाई पक्राउ गर्न प्रहरीले हेलिकोप्टर नै प्रयोग गर्नु परेको थियो । उनीमाथि दुर्घटनाका क्रममा मृत्यु हुँदै गरेका वा मृत्यु भएका पीडितलाई छाडेको आरोप समेत लागेको छ । त्रिवि शिक्षण अस्पतालबाट छात्रवृत्तिमा अध्ययन गरेका डा. आचार्य २००५ मा न्यूयोर्क गएका थिए । - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · Feb 15, 2016 11:04 AM · 7,418 views

3 Replies

Why does nosy Cybernapali puts these kinds of posts in here, especially highlighting two carods with his picture ? Does late Mr. Acharya's family want this post to be posted? Stop at these kinds of posting.

ramas · Feb 15, 2016 11:17 AM

This is news that would be of interest to Nepalis so its OK to be posted. Regarding posting of the picture may be it could be small and personally not important from the news angle. May his soul rest in peace.

Biruwa · Feb 15, 2016 11:50 AM

waste of american tax dollars for a coward criminal like this.. what a looser

sole · Feb 17, 2016 5:35 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all