इजरायलमा फेरि खुल्यो ‘केयर गिभर’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 कोरिया जान नसक्ने अनि गल्फ र मलेसिया सुरक्षित नठान्ने नेपाली महिला कामलदारका लागि अब इजरायल राम्रो बिकल्प बन्दैछ। बुझेर उपयुक्त तालिम र भाषाको तयारी गरे कम शुल्कमा नै जान सकिने गरी सरकारले इजरायल रोजगारीको तयारी गरिरहेको छ। त्यसमा पनि इजरायल सरकारले मागेको ८० प्रतिशत महिला हुनुपर्ने शर्त महिला हुनु पर्ने शर्त राख्नु नेपाली महिलाका लागि अझ ठूलो अवसर अाएको छ। अधिकांश मागमा महिलालाई प्राथमिकता दिने बताएपछि त झन् इजरायल जाने होड नै चल्न थालेको छ अचेल। इजरायल सरकारले हालै नेपालबाट ‘केयर गिभर’का रुपमा नेपाली महिला कामदार छनोट गरी माग प्रक्रिया अघि बढाइसकेको छ। यसमा पुरुष भने थोरै छन्। अब इजरायल जान पाउने नेपाली महिलाले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेछन्। नेपाली महिलाका लागि रोजगारमैत्री र सुरक्षित मानिएको इजरायल कोरियजस्तै अाकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको छ। कारोबार दैनिकमा समाचार छ।

taraniraula · Feb 11, 2016 10:53 AM · 10,933 views

2 Replies

Yeah : there is good income to be a surrogate mother , one day Nepal government will faculate to increase GDP as well remittance .

magorkhe1 · Feb 11, 2016 11:04 AM

Yo lallu rahecha yo Jantu:

gone12 · Feb 11, 2016 4:15 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all