फेब्रुअरी ७ (अमेरिका) - सन् १९९८ मा अमेरिका आउँदा पासाङ लामासंग केही गरौंला भन्ने सपनामात्र थियो तर, पैसा थिएन। तर अमेरिका आएपछि सामान्य घण्टाका दरले पाउने स्टोरबाट काम सुरु गरे। अहिले पासाङसंग आफ्नै ब्राण्ड क्विक ट्रयाक ग्यास स्टेशनहरु छन्। अमेरिकामा घरजग्गा व्यवसायमा पनि लगानी छ। उनको व्यवसायमा अमेरिकामा मात्र अहिले १ सय ४० भन्दा वढीले रोजगारी पाएका छन्। ‘म जव अमेरिका आएँ त्यो बेला दैनिक १५÷१६ घण्टासम्म काम गरें। चार वर्ष यसरी काम गरेपछि जम्मा भएको पैसा लगानी गरेर २००३ मा आफ्नै स्टोर खलेको हुँ, उनी भन्छन्, अहिले नेपालमापनि घरजग्गामा लगानी सुरु गरेको छु, त्यहाँ पनि एक दर्जन कर्मचारी छन्।’ अमेरिकाका कयौं सहरमा पासाङजस्तै नेपाली व्यवसायीहरु भेटिन्छन्। ती व्यवसायीहरुका अनुसार अमेरिकामा नेपाली समुदायले कम्तिमा पनि सय अर्ब रुपैंया भन्दा बढी लगानी गरिसकेको छ। विशेष गरी पट्रोल पम्प (ग्यास स्टेशन र स्टोर), रेष्टुरेण्ट, आईब्रो थ्रेडिङ र ब्युटी सैलुन, विभिन्न उपभोग्य वस्तुको खुद्रा पसल लगायतमा लगानी बढी छ। होटल, मोटल, स्वास्थ्य सेवा, सुचना प्रविधि (आईटी), घरजग्गा किनवेच अर्थात रियल स्टेट, लिकर सप लगायतमा नेपालीले लगानी गरेका छन्। कोलोराडोको मुख्य सहर डेनभरवाट झण्डै एकसय किलोमिटर टाढा पर्ने स्टेटपार्क सहरको जनसंख्या करिव ६ हजार मात्र छ। एक शताव्दी अघि खुलेको प्रसिद्ध रक्की माउण्टेन प्रवेश गर्ने वाटो पनि भएकाले त्यहाँ गर्मी याममा पर्यटकको घुइँचो लाग्छ। त्यो सानो ठाउँमा पनि नेपालका साढे एक दर्जन व्यवसाय छन्। रेष्टुरेष्ट र गिफ्ट सपहरु नेपालीले सञ्चालन गरिरहेका छन्। ‘हामीलाई यो स्थान नेपाल जस्तै लाग्यो व्यवसाय पनि गर्न सकिने देख्यौँ। त्यसैले यहाँ आएका हौँ–व्यवसायीहरु भन्छन्।’ सुरेश कट्टेल, ग्यास स्टेशन र केन्ट मोटल व्यवसायी टेक्सास राज्यको डलासवाट हाइवे ६६ लिएपछि ओक्लोहामा राज्यको वाइनेउड आउँछ। टेक्सासवाट ओकलोहामा जाने मुख्य मार्ग यहीवाट जाने भएपनि यो पातलो वस्ती भएको सहर हो। यहाँ स्थानीय कृषकहरु बढी छन्। चितवनका सुरेश कट्टेलले दुईवटा ग्यास स्टेशन र केन्ट मोटल चलाउँछन्। व्यवसाय भएको जमिन लगायत सम्पत्ति उनकै हो स्थानीय तहमा राम्रो पहिचान वनाएका सुरेश रेष्टुरेण्ट चलाउने सहयोगी खोजिरहेका छन्। ‘सानो सहर भएपनि यहाँ तेल कुवाहरु छन्,सुरेश भन्छन्–मेरो मोटलका ग्राहक त्यही काम गर्नेहरु हुन्।’ ‘अहिले मलाई यो ठाउँ आफ्नै गाउँ घरजस्तो लाग्छ, सुरेशले भने–विहान हाम्रो स्टोरमा स्थानीयहरु कफी खाँदै गफ गर्न आउँछन् घण्टौ बस्छन्। हाम्रो सुख दुःखकावारेमा पनि सोध्छन्।’ ड्यालस नजिकै स्टेभनभिलमा एक जना नेपालका आधा दर्जन ग्यास स्टेशनसहितका स्टोर छन्। बाटो वारी पनि पारी पनि नेपालीकै स्टोर समेत भएको ठाउँ पनि भेटिन्छ। बाला घिमिरेको सिकागो मुख्य स्थानमा तीन वटा रेष्टुरेण्ट छन्। उनले ४० जना भन्दा बढीलाई रोजगार दिएको वताए। कोलोराडो डेनभर भन्दा सय किलोमिटर टाढा कोलोराडो स्प्रिङ पर्यटकीय सहर पनि हो, त्यहाँ पनि चल्तिको रेष्टुरेष्टका मालिक पुरुषोत्तम पाण्डे हुन्। उनको रेष्टुरेण्टमा पाइने नेपाली परिकारमा ग्राहक झुम्मिन थालेका छन्। नेपाली संघ संस्थालाई सहयोग गर्न पछि नहट्न स्याङ्जाका पाण्डेको त्यही अर्को रेष्टुरेष्ट पनि छ। न्युयोर्क ज्याक्सन हाइट त सुन्धारा जस्तो लाग्छ। सेलदेखि ढिडो छोयला र मःमसम्म खान पाइने रेष्टुरेण्टहरु छन्। चारवटा रेष्टुरेष्टमा त साँझमा नेपालका चर्चित गायकलाई सुन्न पाइन्छ। क्यालिफोर्निया राज्यको ठूलो सहर लस एन्जलसमा नेपालीका दुई सयजति आईब्रो थ्रेडिङ र ब्युटी सैलुन छन्। अमेरिकाका अन्य सहरमा पनि थुप्रै नेपालीले व्युटी सैलुनमा लगानी गरेका छन्। आई ब्रो थे्रडिङ र व्युटी सैलुनमा करिव ५० हजार डलरदेखि माथि लगानी हुन्छ। त्यहाँका केही व्यवसायीले लगानी रिजोना लगायत अन्य राज्यमा पनि विस्तार गरिरहेका छन्। लस एन्जलस र वरपर नेपालीले यहाँ एक दर्जन बढी रेष्टुरेण्ट खुलिसकेका छन्। स्यानडियोगो लगायत सानफान्स्सिको वरपरिपनि नेपालीका केही रेष्टुरेण्टहरु छन्। अमेरिकाका वाइन र पर्यटनका लागि प्रसिद्ध नापा र सोनामामापनि राम्रा नेपालीका राम्रा रेष्टुरेण्टहरु भेटिन्छन्। स्यानडियोगो क्षेत्रका लागि नेपाली बाणिज्यदूत ऋषि ढकालले तयारी पोशाक व्यवसाय गर्छन्। एक वर्ष अघि हवाईमा दुई रेष्टुरेण्टमा समेत लगानी गरे। एसएजल्समा एमटी ८८४८ रेष्टुरेष्ट भएका बासुदेश घिमिरेको अनुमानमा सववे, पिजा सवै जोड्दा अमेरिका भर नेपालीका झण्डै ५ सय रेष्टुरेष्ट होलान्। नेपालीले केही हजार देखि १० लाख डलरसम्मका एउटा रेष्टुरेण्टमा लगानी गरेका छन्। यस भन्दा बढी लगानी गर्ने पनि छन्। एक वर्ष अघि कोलोराडो बोल्डर सहरमा रेशम गुरुङले एउटै रेष्टुरेण्टमा ४० लाख डलर लगानी गरेकी थिइन्। अमेरिकी बजारका कारणले नेपालमा करोडौँको सिसा पाइप वनाइन्छ। सिसा पाइप बेच्ने मात्र लसएञ्जल्स डाउन टाउनमा मात्र नेपालीका झण्डै दर्जन होलसेल व्यवसाय छन्। करोडाैं रुपैयाँको सिसा पाइप नेपालवाट हस्तकलाका रुपमा आउँछ। बाटो वारी पनि पारी पनि नेपालीकै स्टोर नेपालको बढी लगानी देखिने राज्य टेक्सास हो। नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने भन्छन्–टेक्सासमा जमिन र सम्पत्ति सहित ग्यास स्टेशन र स्टोर किन्ने नेपालीको संख्या बढीरहेको छ। उनका अनुसार नेपाल जस्तै हावापानी, फराकिलो ठाउँ र व्यवसाय किन्न केही सस्तो भएकाले यहाँ ग्यास स्टेशनमा लगानी बढेको हो। टेक्सासमा झण्डै ४ सय ग्यास स्टेशन र स्टोरका मालिक नेपाली होलान् कृष्ण भन्छन्–अमेरिकाभरी एक हजार ग्यास स्टेशन नेपाली हो हुनुपर्छ। उनका अनुसार टेक्सासमा एउटा ग्यास स्टेशनमा लगानी गर्न ५ देखि १० लाख डलरसम्म पर्छ। ‘सुरुमा एउटा व्यवसाय (ग्यास स्टेशनमा) लगानी गरेर राम्रोसंग बैंकको पैसा तिर्ने हो भने बैंकले पत्याउन थाल्छ, कृष्ण भन्छन्–त्यसपछि बढाउँदै लैजान खासै कठिन हुँदैन।’ एउटै नेपालीका दर्जन भन्दा बढी ग्यास स्टेशन हुने पनि त्यहाँ छन्। यही कमाई यही लगानी नेपालीले अमेरिकामा अरबाैं लगानी गरेपनि नेपालवाट पैसा ल्याएका होइनन्। नेपालमा ट्राभल एजेन्सी व्यवसायमा संलग्न कृष्ण भन्छन्–म १५ वर्ष अघि अमेरिका आउँदा जम्मा २ हजार डलर थियो शुरुमा स्टोरमा काम थाले पछि त्यो पनि परिवारलाई पठाई दिए। ‘यही कमाएर म पनि व्यवसायी बनेको हुँ, कृष्ण भन्छन्–तर, अमेरिकामा सुरुका दिनमा निकै दुख्ख गरेर लगानीका लागि पैसा जोडेको थिएँ।’ प्राय सवै नेपाली अमेरिकामा आउंँला सुरुका दिनमा कठिन परिश्रम गरेर कमाएको पैसा नै लगानी गरि व्यवसायी भएका हुन् । म नेपालमा पनि होटलमा थिए। अमेरिका आए यहांँ पढ्ने रहर थियो, पैसा थिएन, बाला भन्छन्–अर्कोको रेष्टुरेण्टमा काम थाले यहीवाट आफ्नो व्यवसाय सुरु गरे। अहिले सिकागोमा बालाका आफ्नै तिन वटा रेष्टुरेष्ट छन्। कोलोराडोको गोल्डेनमा चिटिक्क परेको हिमाली क्षेत्रको परम्परा झल्कने शेर्पा हाउस रेष्टुरेष्ट छ। दुई साता अघि दिउँसो शेर्पा हाउस रेष्टुरेण्ट पुग्दा त्यहाँ खान खानका लागि पर्खिनेको लाइन थियो। शेर्पा हाउसका लाक्पा शेर्पा नेपालमा भेटिएका अमेरिकी पर्यटकका साथ कोलोराडो आएका थिए। ‘यहाँ पढ्न कलेज भर्ना भए खर्च जुटाउन सधै धाँै धाँै पर्ने गरेको थियो। वस्ने कोठाको भाडा तिर्ने पैसा पनि नभएपछि घरवाट निस्कनु समेत पर्यो उनी भन्छन्–‘यो दिन देखेपनि पैसा कमाउन पर्ने रहेछ भन्ने लाग्यो र ल्याण्ड स्केपिङ व्यवसायमा सुरु गरें। त्यहाँवाट आएको पैसाले रेष्टुरेण्ट खोले। अहिले उनी नेपालमा उत्पादन हुने शेर्पा वियरका मालिक पनि हुन्। यो वियर नेपाल र अमेरिकामा विक्री हुन्छ। पासाङले पनि व्यवसाय गर्न नेपालवाट पैसा ल्याएका होइनन्। सुरुका ४ बर्ष १६, १७ घण्टा काम गरें उनले भने केही पैसा जम्मा भयो स्टारेमा लगानी गरें। ‘परिवार मिलेर काम गर्ने, अरुलाई विश्वास गर्न सक्नेको व्यवसाय वढ्दै गएको छ, पासाङ भन्छन्–अरुलाई विश्वास गर्न नसक्ने एउटा दुईटामै सीमित छन्।’ पहिले काम गरेर अनुभव लिने र त्यही क्षेत्रमा लगानी गर्ने भएकाले नेपाली व्यवसायमा सफल भएका छन् कृष्ण भन्छन्–नेपालवाट पैसा ल्याएर यहाँं व्यवसाय गर्ने छैनन् भने पनि हुन्छ तर, एकादुई होलान उनीहरु पनि सफल छैनन्। कडा मेहिनेत सफलताको मुख्य कारण नेपालीको व्यवसाय सफल हुनुमा कडा मेहेनत मुख्य कारण हो। म यहाँ भएको वेला अहिलेपनि १४, १५ घण्टाकाम गर्छु, शेर्पा हाउसका लाक्पा भन्छन्– आफुले मेहेनतच गरेर नै व्यवसाय बढ्ने हो। वोल्डरमा ४० करोड रुपैंयाँ एउटै रेष्टुरेण्टमा लगानी गर्ने रेशम आफैं टेवुल टेवुलमा पुगेर काम गरिरहेको भेटिन्छिन्। उनका अरु चल्तिका रेष्टुरेष्ट पनि छन्। उनका श्रीमानले रेष्टुरेण्टको किचनमा सघाउँछन्। मेहेनत, इमान्दारिता र अनुशासनले गर्दा नेपाली व्यवसायमा सफल भएका हुन् कृष्ण भन्छन्–ग्यास स्टेशनमा लगानी गर्ने व्यवसायी २४ सै घण्टा कुनै पनि बेला स्टोरमा जान तयार बस्नु पर्छ। ‘यहाँ मेहेनत गर्यो भने व्यवसाय चल्छ–बाला भन्छन्।’ मेहेनत र परिवारको पनि सहयोग हुने नेपालीले व्यवसायमा प्रगति गरेका छन्–पासाङ भन्छन्। ‘प्राय सवै नेपालीका व्यवसायमा आफैं काम गरिरहेको भेटिन्छ। प्राय सवै नेपाली सानो व्यवसायमा छन्, त्यहाँ उनीहरुले आफ्नो मेहिनेत, योग्यता र क्षमता प्रयोग गरेका छन्, एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल भन्छन्–त्यही भएर धेरै सफल छन्।’ नेपालसम्म लगानी विस्तार अमेरिकामा कमाएको पैसा नेपालमा समेत लगानी गर्ने प्रवृत्ति बढेको छ। तिन व्यवसायी: गौरी जोशी, पासाङ लामा, हरिबोल भण्डारी पासाङको काठमाडौंमा अफिसका लागि भवन र होटल बन्दै छ। उनले नेपालमा घरजग्गामा समेत लगानी गरिरहेको छन् । यहाँ जस्तै घरजग्गामा नेपालमा पनि लगानी विस्तार गरेको छु पासांगले भने यहांको केही एकाउन्ट सम्वन्धि कार्य गर्न नेपाल कार्यालयवाट हुन्छ । पासांगको व्यवसायमा काठमाडौंमा झण्डै एक दर्जन नेपाली कार्यरत छन्। लाक्पाले चितवनको सौराहामा शर्पा वियर उत्पादन गर्न झण्डै २५ करोड रुपैयाँ लगानी गरेका छन्। वियरले नेपालमा राम्रो गर्दै छ–लाम्पा भन्छन्। बालापनि नेपालमा व्यवसायका लागि इच्छुक रहेको वताउँछन्। म गत दशैंताका व्यवसाय विस्तार गर्न सकिन्छ कि भनेर पनि नेपाल गएको थिएं बाला भन्छन्–तर, अझै उपयुक्त वातावरण भेटिन्। यहाँ व्यवसाय गर्ने अधिकांश नेपालमा आफ्नो मातृभुमीमा पनि व्यवसाय गरौं रोजगार सृजना होस भन्ने छ, एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल भन्छन्–नेपालमा राजनीतिक स्थायित्व भईदिए अझ राम्रो हुन्थ्यो भन्दै पर्खिने पनि छन् । पोखरेलको पनि टेक्सासमा व्यवसाय छ। उनले नेपालमा पनि लगानी सुरु गरेका छन्। गौरी जोशी टेक्सासका डलासका सफल व्यवसायी हुन्। शिक्षा र आईटी क्षेत्रमा काम गर्ने भास्तिका कम्पनीका मालिक गौरीले नेपालको शिक्षा र स्वास्थ्यमा पनि लगानी छ। ‘म यस वाहेक मसँग अहिले जलविद्युत, होटल लगायतका प्रोजेक्ट छन्, नाकावन्दीले अघि वढ्न सकिएको छैन, गौरीले भने–नेपाल र अमेरिकावीच दोहोरो कर मुक्ति सम्झौता हुने हो भने अझ सजिलो पर्छ।’ बढ्दो समृद्धि र समाजिक क्षेत्रमा संलग्नता नेपालीको व्यवसाय विस्तारसंगै सम्पन्नता वढेको समाजिक गतिविधिमा पनि देखिन्छ । टेक्सास डलास स्थित नेपाली मन्दिरमा आयोजित एक कार्यक्रममा मर्सिडिज बेञ्च, बिएमडव्लु, लेक्सेस जस्तो महंगाकारहरु पार्किगं गरेको देखिनु समान्य वनेको छ । नेपाल जाने छुट्टी मनाउने नेपाली परिवारको संख्या पनि बढ्दो छ । नेपालीहरु यहां पनि सम्मान पुर्वक वसेका छन्–कृष्ण भन्छन्। बढदो सम्पन्नतासंग समाजिक कार्यमा नेपालीको संलग्नता पनि बढेको छ। गत बैशाखमा महाभुकम्प जाँदा डलासमा मात्र २ लाख डलर भन्दा बढी सहयोग संकलन भएको थियो। त्यसवेला गौरीले १५ हजार डलर सहयोग गरेका थिए । अहिले पनि न्यानो लुगा र ब्लांकेट किन्न गौरीले झण्डै १५ हजार डलर दिए। लस एञ्जल्समा केही वर्ष अघि पशुपति मन्दिर वनाउन आयोजित महायज्ञमा झण्डै १० लाख डलर संकलन भएको थियो। त्यहाँ नेपाली व्यवसायीले १ लाख १० हजार डलरसम्म चन्दा दिएका थिए। डेनभरमा नेपाली घर वनाउन पहल भइरहेको छ। बोल्डरमा रेष्टुरेण्ट चलाउने पेम्वा शेर्पाको पाइटल पनि हुन्। मौसमले र समय मिलेमा उनी आफ्नो चार सिटको जहाजमा नेपालीलाई घुमाउन पनि पछि पर्दैनन्। महाभूकम्पका बेला उनले १ करोड ५० लाख रुपैयाँ नगद र करिव ५० लाख रुपैयाँ बरावरको समान सहयोग दिन नेपाल गएका थिए। नेपालीहरुले यहाँ व्यवसाय गरेर पैसा कमाएपनि अधिकांशमा घमण्ड भने देखिँदैन बासुदेव भन्छन्–निकै मेहेनत गरेर आर्जन गरेकाले पनि घमण्ड नभएको हो। आफ्नो पैसा जहाँं हालेपनि सही उपयोग होस भन्ने चाहन्छन्। बोल्डरका सुरेन्द्र श्रेष्ठ व्यवसाय मात्र गर्दैनन्,उनले स्थानिय राजनीतिमा पनि संलग्नता बढाइरहेका छन्। अलिहे बोल्डर काउण्टीको डोमोक्र्याट पार्टीमा उनको राम्रो स्थान बनिसकेको छ।तस्वीर: विकासराज न्यौपाने - See more at: http://www.himalayakhabar.com/...
cybernepali · Feb 7, 2016 4:42 PM · 11,980 views
How much he invested in Nepal?
magorkhe1 · Feb 7, 2016 7:48 PM
This thread reminds me of the some of the most low life Nepalese girl I have known/heard of. Last edited: 07-Feb-16 08:20 PM
Saaney Gurung · Feb 7, 2016 8:06 PM
yehi time ma indian haru kaha pugi sake, hamra gorkhe haru gas station kinyo bhanera k k na walmart ko boss nai bha jasto garchan . and it doesnt matter how much they earn ther, how much they invest in terms of finance, expertise, and marketing of nepal and nepali products is more important
shiva_linga · Feb 9, 2016 8:58 AM
As soon as I saw the headline, my first thought was "chha re, kina advertise garnu paryo ta, tyo sanga chha re, ke bhayo ta"
mancini · Feb 9, 2016 9:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion